प्रहरी कार्यालय
फरार प्रतिवादि पक्राउबिराटनगर, पुस १० गते ।कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर PIT समुहबाट खटिएको प्रहरी टोलीले डाका कसुर सम्बन्धी मुद्दाका एक जना फरार प्रतिबादिलाई पक्राउ गरेको छ । डाका कसुर सम्बन्धी मुद्दामा सम्मानित मोरङ जिल्ला अदालतको मिति २०८०।११।२४ गतेको सजाय निर्धारण फैसला आदेशले ४ वर्ष ११ महिना १ दिन कैद र २१ हजार रुपैँया जरिवाना बेरुजु रहि फरार रहेका बिराटनगर महानगरपालिका -८ का २९ बर्षीय हरकित साहलाई मोरङ इटहरी उपमहानगरपालिका-२ पिपल चोकमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।पक्राउ परेका साहलाई सम्मानित मोरङ जिल्ला अदालतमा दाखिला गरेकोमा कैद भुक्तानको लागि जिल्ला कारागार मोरङ पठाएको छ ।
मोरङको बुढीगंगा-३ स्थितबाट मुर्ती चोरी गर्ने १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलवार राती सवा ८ बजे इलाका प्रहरी कार्यालय नेमुवाबाट गस्तीमा खटिएको प्रहरीको टोलीले गोकुवा चोक स्थित दुर्गा मन्दिर भित्र स्थानीय २२ बर्षीय आशिस राजवंशीलाई मार्बलले बनेको भगवान गणेश र हनुमानको मुर्ती चोरी गर्दै गरेको अवस्थामा फेला पारेको थियो । मुर्ती सहित पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
मोरङको बिराटनगर महानगरपालिका-७ स्थितबाट मोटरसाईकल चोरीमा संलग्न रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवान्गजन गाउँपालिका-३ सुनसरीका १८ बर्षीय राजकुमार यादव, भारत अररिया लक्ष्मीपुरका २५ बर्षीय सुशिल कुमार यादन र भारत पोसदाह पंचायतका २५ बर्षीय शौरभ कुमार यादव रहेका छन ।गत फाल्गुन १० गते बिराटनगर-७ स्थित सडक साईडमा पार्किङ गरी राखेको बेलबारी-४ का बम बहादुर खवासको नाममा रहेको को.२५ प १९४५ नम्वरको मोटरसाईकल चोरी गरी भारतीय नम्बर BR35802 लेखी चलाउदै गरेको अवस्थामा साथै आवश्यक कागजात नभएका BR38Q8656 र BR38T0021 नम्बरको भारतीय नम्बर प्लेट भएका मोटरसाईकल सहित उनिहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो । चोरीको मोटरसाईकल सहित पक्राउ परेका तीनै जनाको सम्मानित मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा म्याद थप गरी थप अनुसन्धान भईरहेको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका-३ स्थितबाट मोटरसाईकल चोरीमा सम्लग्न तीन जनालाई चोरी गरेको मोटरसाईकल सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र-१ का ३४ बर्षीय सजन श्रेष्ठ, धरान-४ का २८ बर्षीय विश्वराज राई र धरान-१३ का २३ बर्षीय रतिस श्रेष्ठ रहेका छन । अस्थायी प्रहरी चौकी नहडाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा गत माघ ६ धरान-११ का सुरज तामाङको घरमा पार्किङ गरी राखेको अवस्थामा चोरी भएको प्रदेश १-०२-०४०प २८१८ नम्बरको मोटरसाईकलको नम्वर प्लेटलाई को. ३८ प ८०६५ लेखि चलाई रहेको अवस्थामा उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।
झापाको बिर्तामोड नगरपालिका-४ स्थितबाट मोटरसाईकल चोरीमा समलग्न रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रतुवामाई नगरपालिका-५ मोरङका २४ बर्षीय प्रकाश थापा रहेका छन । हिजो साँझ पौने ६ बजे झापाको बिर्तामोड नगरपलिका-४ स्थितमा अर्जुनधारा-५ का एकराज बुढाथोकीले पार्किङ गरी राखेको लु.८२ प १३४६ नम्वरको पल्सर मोटरसाईकल चोरी गरी लादै गरेको अवस्थामा इलाका प्रहरी कार्यलय अनारमनीबाट खटिएको प्रहरी टोलीले थापालाई मोटरसाईकल सहित पक्राउ गरेको हो । चोरीको मोटरसाईकल सहित पक्राउ परेका थापाको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।
सुनसरीको इटहरी उपमहानगर पालिका-२० स्थितबाट प्रहरीले चोरीको समान सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी-२० का आशिष चौधरी र किरण क्षेत्री रहेका छन । इटहरी-२० स्थितमा रहेको किरण क्षेत्रीले संचालन गरेको कवाडी पसलमा चोरी गरेको सामग्री बेच बिखन भईरहेको छ भन्ने बिशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले चौधरीलाई राठी कम्पनीको वाईरिङका तार ८ पाकेट चोरी गरी बेचीरहेको अवस्थामा पक्राउ गरेको हो । चौधरी पक्राउ परे संगै सोधपुछको क्रममा पहिला समेत चोरी गरेका अन्य सामग्री सोही पसलमा बिग्रि गरेको भनि चौधरीले बयान दिएका आधारमा प्रहरीले कवाडी पसलमा खानतलासी गर्दा चोरी गरी बिक्रि गरेका बिभिन्न कम्पनीका १४ थान ब्याट्री, पानी तान्ने मोटर २ थान समेत कवाडी पसलबाट बरामद भएको हो । चोरीको सामान बरामद भए सगै चौधरी र क्षेत्रीलाई पक्राउ गरी सम्मानित सुनसरी जिल्ला अदालतबाट चोरी मुद्दमा म्याद थप गरी थप अनुन्धान भईरहेको इलाका प्रहरी कार्यालय इटहरी सुनसरीले जनाएको छ ।
मोरङको बिराटनगर महानगरपालिका-१३ का १८ बर्षीय बिबेक कामतलाई चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । बिराटनगर-८ मधुमाराका राजेश साहको घर कोठाबाट असार २९ गते राती सुनका बिभिन्न गर-गहना र नगद ४६ हजार समेत चोरी भएको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले कामतलाई चोरीका गहना र नगद सहित पक्राउ गरेको हो । पक्राउ परेका कामतको सम्मानित मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा म्याद थप गरी थप अनुसन्धान भई रहेको छ ।
झापाको मेचिनगर नगरपालिका १० धुलाबारी बजारमा घाटीमा लगाएको सुनको सिक्री थुती भाग्ने एक जनालाई प्रहरीले तुरुन्त पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जितपुर नगरपालिका ९ बस्ने २० बर्षीय निरज राय रहेका छन् । रायले हिजो बेलुका साढे ६ बजे बजारमा किनमेल गरिरहेकी धुलाबारी नगरपालिका ९ बस्ने ५० बर्षीया गिता अधिकारीले घाटीमा लगाएको डेढ तोलाको सुनको सिक्री थुतेर भागेका थिए । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले तत्कालै सिक्री सहित रायलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका रायलाई ईलाका प्रहरी कार्यालय धुलाबारीले थप अनुसन्धान गरिरहेको छ ।
सुनसरीको इटहरी उप-महानगर पालिका-६ स्थितबाट मोटरसाईकल चोरीमा संलग्न २ जनालाई मोटरसाईकल सहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र नगरपालिका-५ का२२ बर्षीय मनिष वस्नेत र संखुवासभा सभापोखरी गाउँपालिका-४ का २० बर्षीय सन्तोष सुनुवार रहेका छन । पौष २९ गते इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा इटहरी-४ स्थितमा रहेको निजहरुको डेरा कोठा खानतालसी गर्दा इटहरी-४ का मान बहादुर तामाङको चोरी भएको प्रदेश १-०२-०४६ प. ८७९० नम्वरको मोटरसाईकल, १ किलो २५० ग्राम लागु औषध गाँजा, डिजिटल तराजु, बिभिन्न कम्पनीका मोबाईल सेट ७ थान, बिभिन्न किसिमको हेलमेटहरु तथा पेचकस, रेती, रिन्ची, हयाक्सो ब्लेड, सिटी सफारीको ब्याट्री सहित बरामद गरेको हो । गाँजा र चोरीको समान सहित पक्राउ परेका दुवैजनाको लागु औषध नियन्त्रण ऐन २०३३ र चोरी सम्बन्धि कसुरमा सम्मानित सुनसरी जिल्ला अदालतवाट म्याद थप भई थप अनुनसन्धान भई रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
सुनसरीको भोक्राहानर्सिङ गाउँपालिका-४ स्थित मोडल पव्लिक स्कुलको कम्प्युटर चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी भोक्राहानर्सिङ-५ का १८ बर्षिय प्रवेज आलम र २१ बर्षिय सुरज भुजेल रहेका छन । पव्लिक स्कुलको कोठाबाट कम्प्युटरको CPU थान ३, LCD थान ३, प्रोजेटर मिसिन थान १ र पानी तान्ने मोटर थान २ चोरी भएको थियो । चोरी भएको सुचना प्राप्तहुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले अनुसन्धानको क्रममा निजहरुको घर नजिकै रहेको परालको टालीमा लुकाई राखेको अवस्थामा उक्त समानहरु बरामद गरिएको हो । दुवै जनाले राती २ बजे हयाक्सो ब्लेडले स्कुलको ढोकाको चाभी काटी उक्त समानहरु चोरी गरका थिए । बरामद भएको समान सहित चोरीमा समलग्न २ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।
मोरङको बिराटनगर महानगरपालिका-१२ पटुवारी टोल स्थितबाट स्कुटर चोरीमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर-१२ का २२ बर्षिय गणेश कुमार राम रहेका छन् । मंसिर २९ गते राती साढे ७ बजे सृजना पन्तको को २९ प ६६०० नम्बरको स्कुटर चोरी गरी लाँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले स्कुटर सहित पक्राउ गरेको हो । पक्राउ परेका रामलाई हिजो सम्मानित जिल्ला अदालत मोरङबाट चोरी कसूरमा म्याद थप गरी अनुसन्धान भईरहेको छ ।
मोरङको बिराटनगर महानगरपालिका-१७ मटेरुवा स्थितबाट मोटरसाईकल चोरीमा संलग्न १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी रामधुनी नगरपालिका-३ घर भई बिराटनगर महानगरपालिका-११ मा डेरा गरी बस्ने २८ बर्षिय उमेश दाहाल रहेका छन् । मिति २०७८ मंसिर २६ गते राती साढे ८ बजे बिराटनगर स्थित कोशी अस्पतालको परिसरमा पर्किङ गरी राखेको को. २५ प ५०२४ नम्बरको बुलेट मोटरसाईकल चोरी भई खोजतलास गर्ने क्रममा प्रहरी चौकी मटेरूवाबाट खटिएको प्रहरी टोलीले भारतको जोगवनी तर्फ लादै गरेको अबस्थामा मोटरसाईकल सहित दाहाललाई पक्राउ गरिएको हो । पक्राउ परेका दहाललाई सम्मानित मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा म्याद थप गरी अनुसन्धान भईरहेको छ ।
मोरङको पथरीशनिश्चरे नगरपालिका-१ स्थित पथरी बजारमा श्रृंखलावद्ध चोरीमा संलग्न २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा पथरी-१ का १९ बर्षिय निमा तामाङ र १९ बर्षिय सन्तोष सुब्बा रहेका छन् । उनीहरु विभिन्न मिति र समयमा मोबाईल चोरी, सवारी साधन चोरी, पसल फोडी नगद र सामान चोरी, गरगहना चोरी लगायतमा संलग्न रहदै आएका थिए । उनीहरुको साथबाट मोवाईल-३ थान, ट्यावलेट-१ थान, चाँदीको सिक्री-१ थान, गाडीको चावी-१ थान समेत बरामद गरिएको छ । यसअघि निमा तामाङलाई पथरी शनिश्चरेबाट डाका मुद्धामा सम्मानित जिल्ला अदालतको मिति २०७७ साउन १३ गतेको आदेशानुसार बाल सुधार केन्द्र समेत पठाईएको थियो । पक्राउ परेका उनीहरुलाई ईलाका प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।
मोबाईल तथा गरगहना चोरीमा संलग्न २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा विर्तामोड नगरपालिका-५ का १८ बर्षिय कल्याण श्रेष्ठ र धरान उप-महानगरपालिका-२२ का २८ बर्षिय मन कुमार बि.क. रहेका छन् । २०७८ मंसिर २४ गते झापाको मेचिनगर नगरपालिका-९ का माधव प्रसाद घिमिरेको घरबाट नोकीया मोबाइल १ थान, संगीता लिम्बुको घरबाट आईटेल कम्पनिको मोबाइल १ थान र शोभा देवी ढुंगानाको सुनका गरगहना चोरी भएको जानकारी प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय धुलाबारीबाट तत्काल प्रहरी टोली खटी खोजतलास गर्ने क्रममा मेचीनगर नगरपालिका-१० बाट चोरी भएको गरगहना र मोबाईल सहित उनिहरूलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीद्वारा थप अनुसन्धान भईरहेको छ ।