प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
श्रावण २०८२
कोशी प्रदेशमा आर्थिक बर्ष २०८१/०८२ मा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत २२ हजार भन्दा बढी सचेतनामुलक कार्यक्रम संचालन, २ लाख ३८ हजार भन्दा बढी लाभान्वित ।
२०८२-०४-१२

समुदाय-प्रहरी साझेदारी कति राम्रो हाम्रो जिम्मेवारी, नागरिक प्रहरी मिली समाजलाई बनाऔं हितकारी भन्ने नाराका साथ कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न सक्षम र सवल रहदै आईरहेको छ । समाजमा शान्ति सुरक्षा कायम राख्न गस्ती, पेट्रोलिङ, सुचना संकलन, शंकास्पद गतिविधिमा निगरानी तथा आपराधिक घटनामा तत्काल कारवाही गर्दै नागरिकलाई जनमैत्री प्रहरी सेवा प्रदान गर्न अरोरात्र परिचालित छ । प्रहरी र आम नागरिक बीचको सम्बन्ध सुदृढ बनाई समाजमा शान्ति सुरक्षा अमन चयन कायम राख्ने उदेश्यका साथ आम नागरिकहरुमा जनचेतना अभिवृद्धि गरी सचेतनाको कामीबाट हुने बिभिन्न घटना, दुर्घटना तथा अपराधहरुलाई नियन्त्रण तथा न्यूनिकरण गरी अपराधिक गतिबिधि लगायत अन्य अप्रिय घटनाहरुमा कमि ल्याउन कोशी प्रदेशको सुगम देखि अति दुर्गम स्थलहरुमा समेत समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत विभिन्न सचेतनामुलक कार्यक्रमहरु निरन्तर रुपमा संचालन गरी समाजमा शान्ती सुरक्षा स्थापना गर्दै आईरहेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत स्थानिय पालिका, विभिन्न संघ संस्था, बिद्यालयहरुसंगको समन्वय र सहकार्यमा महिला हिंसा न्यूनिकरण, लागू औषध विरुद्ध जनचेतना, ट्राफिक नियम तथा सडक सुरक्षा, साईवर अपराध/ बिद्युतिय अपराध, आत्महत्या न्यूनीकरण, मानव वेचविखन तथा ओसारसार, घरेलु हिंसा, लैङ्गिक हिंसा, जातिय छुवाछुत, बहुविवाह, बाल बिवाह, बालबालिका उपर गरिने शरीरिक तथा मानसिक यातना, प्राकृतिक प्रकोप लगायत बिभिन्न विषयहरुमा जनचेतना फैल्याउनुको साथै कानूनी प्रावधानहरुको बारेमा समेत जानकारी गराउदै आईरहेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत आर्थिक वर्ष २०८१/०८२ मा जिल्ला प्रहरी कार्यलय खोटाङले ४ हजार १५५ वटा विभिन्न सचेतनामुलक कार्यक्रमहरु संचालन गरेको छ । यसै गरी इलामले ३ हजार ५७९ वटा, सुनसरीले २ हजार १३५ वटा, सोलुखुम्बुले २ हजार १११ वटा, भोजपुरले १ हजार ९१७ वटा, झापाले १ हजार ५९८ वटा, धनकुटाले १ हजार २६० वटा, ओखलढुंगाले १ हजार १०७ वटा, उदयपुरले ८२४ वटा, संखुवासभाले ७७२ वटा, ताप्लेजुंङले ७३६ वटा, मोरङले ७०५ वटा, तेह्रथुमले ६०६ वटा र पाचँथरले ६०१ वटा सचेतनामुलक कार्यक्रमहरु संचालन गरेका छ्न् । जसबाट २ लाख ३८ हजार भन्दा बढी सर्वसाधारणहरु लाभान्वित भएका छन् । कोशी प्रदेश प्रहरी समुदाय र प्रहरी बीचको सम्बन्धलाई मजबुत बनाई ग्रामीण तथा दुर्गम क्षेत्रमा बसोवास गर्ने नागरिकहरुमा सुरक्षा चेतना, कानूनी ज्ञान दिलाई अपराध मुक्त समाज निर्माणको निम्ति सक्रियताका साथ निरन्तररुमा परिचालित छ ।                    समुदाय-प्रहरी मिली गरौं हातेमालो, जनता र प्रहरी मिले हुन्छ देशको भलो ।।

लागू औषध सहित जना ८ पक्राउ
२०८२-०४-१२

सुनसरी जिल्लाको दुई छुट्टा छुट्टै स्थानबाट लागू औषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ११ गते बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरी टोलीले धरान-१५ का ३७ बर्षीय योजन राईले सञ्चालन गरेको ट्याटु हाउसबाट प्रतिवन्धित औषधी २ हजार ७३ चक्की र ब्राउन सुगर ६८० मिलिग्राम सहित २७ बर्षीय दिपेन मगर, २१ बर्षीय जगत मगर, ३३ बर्षीय कृष्ण राई, ३२ बर्षीय सुरज कार्की, २४ बर्षीय सोमत राई र १९ बर्षीय असिम राईलाई पक्राउ गरेको छ । त्यसै गरी जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका-४ स्थितबाट धनकुटा साँगुरीगढीका गाउँपालिका- २ का २० बर्षीय करण राईलाई ४ ग्राम ७० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।  

बोलेरो गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु
२०८२-०४-१२

ताप्लेजुङको फुङलिङ नगरपालिका- ११ स्थितमा बोलेरो गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । साउन ११ गते बिहान पौने १० बजे फुङलिङबाट फावाखोला तर्फ जादै गरेको मे. १ ज ३२९६ नम्बरको बोलेरो गाडीको ब्रेक फेल भई सडकबाट करिब ६० मिटर तल खसी दुर्घटना हुँदा घाईते भएकी सोहि स्थानकी २८ बर्षीया भावना विश्वकर्मालाई  उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो भने चालक ३३ बर्षीय सविन बिष्टको बिर्ता सिटि अस्पताल झापामा उपचार भईरहेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान भईरहेको छ ।  

कोशी प्रदेश प्रहरी भन्सार छली तथा चोरी तस्करी नियन्त्रणमा सक्रिय,आर्थिक बर्ष २०८१/०८२ मा २० करोड ४२ लाख भन्दा बढी राजश्व संकलन ।
२०८२-०४-११

कोशी प्रदेश प्रहरीले भन्सार छली तथा चोरी तस्करी नियन्त्रणमा विशेष सक्रियताका साथ प्रहरी परिचालन गरेको कारण आर्थिक बर्ष २०८१/०८२ मा २० करोड ४२ लाख भन्दा बढीको भन्सार छलीको सामग्री बरामद गरेको छ । विशेष गरी खुल्ला सिमाना भएको कारण हुने चोरी तस्करीका घटनाहरु नियन्त्रण गर्न सिमा क्षेत्र तथा आसपासका नाकाहरूमा चेकजाँचमा कडाई तथा सुरक्षा व्यवस्था मजबुद बनाएको कारण जिल्ला प्रहरी कार्यालय झापाले भन्सार छलीका सामग्री बरामद गरी ७ करोड ३ लाख भन्दा बढी राजश्व संकलन गरेको छ भने मोरङले ५ करोड ५६ लाख भन्दा बढी, सुनसरीले ४ करोड २३ लाख भन्दा बढी, ताप्लेजुङले १ करोड ४ लाख भन्दा वढी, उदयपुरले ९६ लाख भन्दा बढी, इलामले ७० लाख भन्दा बढीको भन्सार छली तथा चोरी निकासीको सामाग्रीहरु बरामद गरी राजश्व संकलन गरेको  छ । प्रदेशका अन्य विभिन्न जिल्लाहरुबाट समेत भन्सार छली गरी हुने अवैध सामानको ओसारपसार नियन्त्रण गर्न कडाईका साथ प्रहरी परिचालन हुँदा आर्थिक बर्ष २०८१/०८२ मा २० करोड ४२ लाख भन्दा बढी राजश्व संकलन तथा ओसार पसारमामा  प्रयोग गरिएका ८९ वटा सवारी साधन र संलग्न ८५ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगर भन्सारछली तथा चोरी, तस्करी नियन्त्रण गर्न  र चोरी तस्करीमा संलग्नहरूलाई कानूनी दायरामा ल्याउन चेकजाँचमा कडाई, प्रविधिको प्रयोग र निग्रानी सहित सक्रियरुपमा काम गर्दै आईरहेको छ ।

गोली प्रहार गरी लागू औषध कारोवारीमा संलग्न भारतीय नागरिक पक्राउ
२०८२-०४-११

झापाको भद्रपुर नगरपालिका-५ स्थितबाट गोली प्रहार गरी लागू औषध कारोवारीमा संलग्न भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत किसनगंज कोल्लिकोटका ३६ बर्षीय मोहमद इस्लाम रहेका छन । साउन १० गते दिउँसो बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा इस्लामको साथबाट १०७ ग्राम १०० मिलिग्राम ब्राउन सुगर बरामद गरे संगै नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई नै हातपात गरे पश्चात प्रहरीले २ राउण्ड गोली प्रहार गरी नियन्त्रणमा लिएको हो । वायाँ खुट्टाको घुँडा मुनि गोली लागी घाईते भएका इस्लामको प्रहरीको निग्रानीमा वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचार भईरहेको छ ।    

बसको ठक्करबाट साईकल यात्रीको मृत्यु
२०८२-०४-११

झापाको दमक नगरपालिका- ४ स्थित पुर्व पश्चिम राजमार्गमा बसको ठक्करबाट १ जना साईकल यात्रीको मृत्यु भएको छ । साउन १० गते बिहान पौने ७ बजे उर्लाबारीबाट दमकतर्फ आउदै गरेको प्रदेश न.१-०१-००१ ख ४३६३ नम्बरको यात्रु बाहक बसले दमकबाट ताराबारीतर्फ जादै गरेको साईकल यात्रीलाई ठक्कर दिँदा घाईते भएका दमक नगरपालिका- ४ का ६० बर्षीय सोम बहादुर विश्वकर्माको दमक अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो । घटनामा संलग्न ठक्कर दिने बस र चालक मकवानपुर हेटौडाका ४७ बर्षीय राजेन्द्र गौतमलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

लागू औषध सहित ४ जना पक्राउ
२०८२-०४-१०

उदयपुर, झापा र सुनसरीबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ०९ गते झापाको कचनकवल गाउँपालिका- ४ स्थितमा लागू औषध बेचबिखान भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागू औषध नियन्त्रण ब्युरो काकँडभिट्टाबाट खटिएको प्रहरी टोलीले पैदल यात्री भारत विहार किशनगंजका २५ बर्षीय सोहेल, निजकै श्रीमती २९ बर्षीया तबसुम आरा र २४ बर्षीय कचालु अन्सारीलाई फेला पारी चेकजाँच गर्दा तबसुम आराको साथबाट ब्राउन सुगर ५८ ग्राम ४ सय मिलिग्राम फेला पारी नियन्त्रणमा लिएको हो । त्यस्तै उदयपुरको त्रियुगा नगरपालिक- ९ बाट जिल्ला प्रहरी कार्यालय उदयपुरले त्रियुगा- १० का २३ बर्षीय सुजन राउतलाई प्रतिबन्धित लागू औषध ४ एम्पुल सहित र इलाका प्रहरी कार्यालय देवानगंज सुनसरीले देवानगंज- ३ बाट ६० किलो ६ सय ग्राम गाँजा बरामद गरेको हो । लागू औषध र पक्राउ परेका चारै जनाको थप अनुसन्धान भइरहेको छ ।

फैसला कार्यान्वयनमा कोशी प्रदेश प्रहरीको सक्रियता आर्थिक बर्ष २०८१/०८२ मा ३ हजार ५ सय १३ जना फरार प्रतिवादी पक्राउ ।
२०८२-०४-०९

अपराध गर्ने छुट कसैलाई छैन, अपराध गरेर लुकेर, भागेर धर पाईदैन, ढिलो होस या चाँडो जसरी जहिले भएपनि प्रहरीले अपराध गर्ने व्यक्तिलाई पक्राउ गरेरै छाड्छ भन्ने विश्वास कोशी प्रदेश प्रहरीले आम नागरिकहरुलाई दिलाउदै आईरहेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले कानूनी राज्यको स्थापना  गर्न र न्याय प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले फरार रहेका प्रतिवादीहरूलाई नियन्त्रणमा लिन विशेष अभियान सञ्चालन गर्दै आईरहेकोमा विगत केही महिनादेखि विशेष रणनीति, सूचना प्रविधिको प्रयोग र समुदायसंगको समन्वय र सहकार्य मार्फत उल्लेखनीय सफलता हाँसिल गरेको छ । अदालतबाट दोषी ठहर भई कैद सजाय तोकिएका र लामो समयदेखि फरार रहदै आएका अभियुक्तहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन  तथा कानून र फैसलालाई जीवन्तता प्रदान गरी न्यायलाई साकार बनाउन यो अभियानलाई तीव्रता दिदै आईरहेको छ । अदालतबाट कैद तथा जिरवाना तोकिएका व्यक्तिहरु समाजमा रहदा बस्दा शान्ति सुरक्षामा चुनौती आउने, अपराध गरेपछि पनि समाजमा खुलेआम हिडडुल गर्दा समाजमा नकारात्मक असर पर्ने र अपराधीको मनोवल बढेर थप अपराध गर्न उत्तेजित हुने हुँदा फरार प्रतिवादीलाई कानूनी दायरामा ल्याउन निरन्तर लागिरहेको कोशी प्रदेश प्रहरीले सक्रियताका साथ प्रहरी परिचालन गरी फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिँदा दिने क्रममा यस आर्थिक वर्षको असार मसान्त सम्ममा जिल्ला प्रहरी कार्यालय मोरङले ११५६ जना, सुनसरीले १००२ जना, झापाले ५३४ जना, इलामले १४६ जना, पाँचथरले ४२ जना, ताप्लेजुङले ४८ जना, धनकुटाले ५७  जना, तेह्रथुमले ४५ जना, भोजपुरले ४४ जना, संखुवासभाले २८ जना, उदयपुरले २६० जना, ओखलढुंगाले ६९ जना, सोलुखुम्वुले १४ जना,  खोटाङले ५३ जना र प्रादेशिक अनुन्धान समुहले १५ जना समेत गरी जम्मा  ३५१३ जना लाई पक्राउ गरिएको छ । पक्राउ परेका उनिहरुबाट  जम्मा १ हजार ४ सय १६ बर्ष भन्दा बढी कैद सजाय तथा  जरिवाना बापत १४ करोड ७७ लाख भन्दा बढी राजश्व संकलन भएको छ । फरार प्रतिवादी पक्राउ अभियानमा नागरिकको साथ र सहयोग अपरिहार्य भएको हुँदा गाँउ, घर, छिमेकमा लुकी छिपी बस्दै आएका फरार व्यक्तिहरुको बारेमा नजिकको प्रहरीलाई सूचना उपलव्ध गराई सहयोग गरी दिन हुन सम्पुर्ण महानुभावहरुमा कोशी प्रदेश प्रहरी बिनम्र अनुरोध गर्दछ । प्रहरीलाई सूचना उपलव्ध गराउनु हुने व्यक्तिको गोपनीयता पूर्ण रूपमा सुरक्षित राखिने समेत याँहाहरुलाई विश्वास दिलाईन्छ । तपाईहरु प्रहरीलाई सुचना दिनुहोस प्रहरी तपाईहरुलाई सुरक्षा दिन्छ ।  

हार्दिक बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
२०८२-०४-०९

तालुक नेपाल प्रहरी प्रधान कार्यालयको मिति २०८२ साउन ५ गतेको पत्रद्वारा जनपद समुह तर्फ प्रहरी निरीक्षक पदबाट प्रहरी नायव उपरीक्षक पदमा बढुवा सिफारिस सूचीमा पर्नु भएका प्रहरी निरीक्षक शेखर जंग मल्ललाई कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा एक कार्यक्रमका बिच प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भएको छ । कार्यक्रममा प्रदेश प्रहरी प्रमुख कार्कीले बिदाई भई जान लाग्नु भएका प्रहरी निरीक्षक शेखर जंग मल्ललाई यस कार्यालयमा रहदा बस्दा पुर्‍याउनु भएको योग्दानको उच्च प्रशंसा गर्नुका साथै थप जिम्मेवारी प्राप्त भए सगै आगामी कार्यकालको शुभकामाना व्यक्त गर्नु भएको छ । कार्यक्रममा बिदाई भई जान लाग्नु भएका प्रहरी निरीक्षक शेखर जंग मल्लले आफ्नो अनुभव सहितको मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा सिनियर तथा जुनियर प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

लागू औषध सहित ६ जना पक्राउ
२०८२-०४-०९

मोरङ र सुनसरीबाट साउन ०८ गते लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको ईनरुवा नगरपालिका- ४ बसपार्क स्थितमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को .१ ह ८९८८ नम्बरको अटोमा सवार धरान-६ का एक बालको साथबाट ३ ग्राम ८६ मिलिग्राम  ब्राउन सुगर फेला पारे संगै २४ बर्षीय युवराज लिम्बु र अटो चालक धरान- ८ का २८ बर्षीय निलन लिम्बुलाई नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय धरानले धरान-१४ का ५२ बर्षीय कुमार बस्नेतलाई स्पास्मो प्रोक्सिवन ५ सय ७६ ट्याबलेट सहित उनकै कोठाबाट नियन्त्रणमा लिएको हो । यसैगरी इलाका प्रहरी कार्यालय उर्लावारी मोरङले रतुवामाई नगरपालिका-६ का २९ बर्षीय मनोज कार्कीलाई ३ सय ८० मिलिग्राम ब्राउन सुगर सहित र  वडा प्रहरी कार्यालय विराटनगरले ३७ मिलिग्राम ब्राउन सुगर सहित विराटनगर महानगरपालिका-९ का ३३ बर्षीय बिकास कुमार साहलाई नियन्त्रणमा लिएको हो । लागू औषध सहित पक्राउ परेका सबैको थप अनुसन्धान भई रहेको छ ।

छुरा प्रहार गरी बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
२०८२-०४-०८

छुरा प्रहार गरी आफ्नै बुबाको हत्या गरेको आरोपमा सुनसरीको देवानगंज गाउँपालिका-३ का ४० बर्षीय मोहम्मद रियाज अंसारीलाई प्रहरीले पक्राउ गरेको छ । साउन ०७ गते बिहान जग्गाको विषयलाई लिएर आपसी वाद विवादको क्रममा आफ्नै बुबा ६० बर्षीय सबिब अंसारीलाई छोरा मोहम्मद रियाज अंसारीले शरिरको बिभिन्न भागमा छुरा प्रहार गर्दा घाईते भएकोमा तत्काल उपचारको लागी गोल्डेन अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटनामा संलग्न अंसारीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरी घटना सम्वन्धमा थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाही गरिरहेको छ ।

करेन्ट लागेर २ जनाको मृत्यु
२०८२-०४-०८

झापा र सुनसरीमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । साउन ०७ गते सुनसरीको इनरुवा नगरपालिका-३ स्थित  निर्माणाधिन पक्की घरमा छत ढलान गर्न फलामको डण्डी मिलाउने क्रममा उक्त डण्डी विधुतको नाङ्गो तारमा छुन पुग्दा कामदार बर्जु गाउँपालिका- ६ का ३५ बर्षीय नन्द कुमार चौधरी र गढी गाउँपालिका-३ का ३२ बर्षीय श्रवण चौधरीलाई करेन्ट लाग्दा घाईते भएकोमा तत्काल उपचारको लागी इनरुवा अस्पताल लगिएकोमा उपचारको क्रममा नन्द कुमार चौधरीको मृत्यु भएको हो भने  श्रवण चौधरीलाई थप उपचारको लागी नोवेल अस्पताल बिराटनगर पठाईएको छ । सोही दिन साँझ झापाको गौरादह नगपालिका- ७ की ७७ बर्षीया तेज कुमारी उप्रेतीलाई आफ्नै गाई गुवालीमा कुटी काट्ने क्रममा अचानक बिधुत सट भई करेन्ट लाग्दा उनको घटना स्थलमानै मृत्यु भएको हो ।  

लागू औषध सहित ४ जना पक्राउ
२०८२-०४-०८

सुनसरी, झापा र उदयपुरबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ०७ गते विशेष सुचनाको आधारमा उदयपुरको इलाका प्रहरी कार्यालय कटहरीबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका-८ की ४५ बर्षीय देव कुमारी थापा मगरलाई उनकै घरबाट ३० किलो ३६० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ । त्यसै गरी झापाको मेचीनगर-६ स्थितबाट लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाको प्रहरी टोलीले इलाम नगरपालिका-११ का ईछिङ एक्तेनलाई ७ ग्राम १३० मिलिग्राम ब्राउन सुगर सहित र सुनसरीको ईनरुवा-४ स्थितबाट जिल्ला प्रहरी कार्यालय सुनसरीले इटहरी-१ का २२ बर्षीय साजन श्रेष्ठ र २३ बर्षीय कृष्ण मगरलाई ३ ग्राम ६ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।  

कार्य सम्पादन सम्झौता (२०८१/८२) को वर्षिक कार्य प्रगति विवरणको समिक्षा, जिल्ला प्रहरी कार्यालय पाचँथर उत्कृष्ट ।
२०८२-०४-०७

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक र मातहत कार्यालय प्रमुख बिच आर्थिक बर्ष २०८१/०८२ को लागि बार्षिक कार्य सम्पादन सम्झौता भए अनुसार एक आर्थिक बर्षको कार्य प्रगति विवरण समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।  समिक्षामा जिल्ला प्रहरी कार्यालय पाँचथर कार्य सम्पादन सम्झौता बमोजिम कार्य गर्नेमा उत्कृष्ट जिल्ला प्रहरी भएको छ । साउन ७ गते प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा भर्चुअल माध्यमद्धारा भएको वर्षिक कार्य सम्पादन प्रगति विवरण समिक्षा कार्यक्रममा प्रदेश अन्तरगतका प्रहरी कार्यालयका प्रमुखहरुले आ-आफ्नो कार्यालयले श्रावण महिना देखि असार मसान्त सम्ममा सम्पादन गरेका कार्यहरुको प्रगति बिवरण प्रदेश प्रहरी प्रमुख समक्ष प्रस्तुतिकरण गर्नु भएको थियो  । कार्यसम्पादन सम्झौता बमोजिम मातहत कार्यालयहरूबाट प्राप्त तथ्याङ्कको आधारमा विश्लेषण गर्दा जिल्ला प्रहरी कार्यालय पाँचथरले शतप्रतिशत लक्ष्य हासिल गरेको हुँदा सर्वोत्कृष्ट जिल्लाको रुपमा घोषणा गरिएको छ । प्रदेश प्रहरी प्रमुखले उत्कृष्ट हुन सफल भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख कौशल कुमार बुढाथोकीलाई  हार्दिक बधाई सहित आगामि दिनमा समेत प्रशंसनीय कार्यको निरन्तरताका लागि शुभकामना दिनु हुदै प्रशंसा- पत्र प्रदान गर्नु भएको छ ।  कार्य सम्पादन सम्झौता अनुसार आफ्नो लक्ष्य अनुसार पुरा गर्नु पर्ने कार्यहरुमा गम्भिरतापूर्वक लागि पर्न तथा थप रचनात्मक कार्यहरुका साथ आम नागरिकको सेवामा २४ सै घण्टा तल्लिन रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन दिनु भएको छ । कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले कार्यक्रमको सहजिकरण गर्नु भएको थियो भने उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।  

कोशी प्रदेश प्रहरी लागू औषध बिरुद्धमा आक्रमकरुपमा प्रस्तुत
२०८२-०४-०७

(आर्थिक बर्ष २०८१/०८२ मा चरेश, अफिम, ब्राउनसुगर र बिभिन्न मनोदिपक औषधी सहित बेचबिखन तथा ओसार पसारमा संलग्न १ हजार ९ सय ८५ जना पक्राउ) कोशी प्रदेश प्रहरी लागूऔषधको प्रयोग तथा ओसार पसारलाई नियन्त्रण तथा निरुत्साहित गर्न बिभिन्न किसिमको रणनिति सहित आक्रमक रुपमा अगाडि बढेको छ । लागू औषधको प्रयोगले मानविय जीवनमा नकारात्मक असर पुग्नुका साथै समाज र राष्ट्रलाई समेत यसले दिर्घकालिन रुपमा ठूलो क्षेति पुर्‍याउदछ । लागूऔषधको प्रयोगका कारण समाजमा हत्या, लुटपाट, चोरी लगायतका बिभिन्न प्रकारका अपराधिक घटना घट्ने सम्भावना ज्यादै हुने भएकोले यसको प्रयोग तथा ओसार पसारलाई नियन्त्रण तथा निरुत्साहित गरी सामाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन कोशी प्रदेश प्रहरी सवल र सक्षम रहेको छ । लागू औषधको प्रयोग तथा ओसार पसार कानूनद्वारा बर्जित कार्य हो भन्ने जानकारी हुँदा हुँदै पनि यसको प्रयोग, बेचबिखन तथा ओसार पसारमा संलग्न व्यक्ति वा समुहलाई निर्ममता पुर्वक कानूनी दायरामा ल्याउन कोशी प्रदेश प्रहरीले प्रभावकारीरुपमा प्रहरी परिचालन गरेको छ । अज्ञानताको कारण, उत्सुकता जागेर, साथी भाईको लहलहैमा, पारिवारिक तनाव लगायत बिभिन्न कारणको बाहना बनाई आफ्नो मनलाई स्थिर राख्न नसकि लागू पदार्थ सेवनको कुलतमा लागेका युवालाई त्यसबाट उन्मुक्ति दिलाउन कोशी प्रदेश प्रहरीले प्रदेश सरकार, स्थानिय तह, बिभिन्न संघ संस्थाहरुसंगको समन्वय र सहकार्यमा दुर्व्यसन विरुद्ध आमा, FAN (Fight Against Narcotics) कार्यक्रम मार्फत समुदायमा बिभिन्न सचेतनामुलक तथा संदेशमुलक कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ । यसै गरी लागूऔषध बिरुद्ध सचेतनामुलक श्रव्यदृश्य भिडियो तथा अडियो सामग्री निर्माण गरी नेपाल टेलिभिजन,स्थानिय टेलिभिजन लगायत एफ.एम रेडियोहरुसंगको सहकार्यमा प्रसार गर्दैआईरहेको छ । कोशी प्रदेशमा बढ्दो लागू औषधको प्रयोग, वेचविखन तथा ओसार पसारलाई नियन्त्रण तथा निरुत्साहित गर्न प्रहरीले लोकमार्ग तथा भित्रि सडक खण्डहरुमा चेकजाँज, सिमा नाका तथा संकित स्थानहरुमा प्रहरी कुकुर सहितको चेकजाँच, संकित व्यक्ति, यात्रुवाहक तथा मालवाहक सवारी साधनको चेकजाँच, सिमावर्ती भारतिय नाकाहरुमा कडाईका साथ प्रहरी परिचालन गरी लागूऔषधको ओसार पसार, बिक्रि वितरण तथा भण्डारण गर्ने व्यक्तिहरुलाई पक्राउ गरी कडाईका साथ कनूनी दायरामा ल्याउदै आएको छ । लागूऔषधको प्रयोग, बेचबिखन तथा ओसार पसारमा संलग्न रहेका व्यक्ति कि जेलमा कि सुधार गृहमा भन्ने उद्धेश्यका साथ कोशी प्रदेशमा बढ्दो लागू औषधको प्रयोग, वेचबिखन तथा ओसारपसारलाई नियन्त्रण गर्न आक्रमकरुपमा परिचालन भएको जिल्ला प्रहरी कार्यालय झापाले चरेश १ ग्राम ५६० मिलिग्राम, ब्राउन सुगर २ किलो ८८२ ग्राम ४६८ मिलिग्राम, विभिन्न मनोदिपक औषधी ६३ हजार ५६० वटा चक्की/ क्यापसुल, एम्पुल ३९ वटा, जिल्ला प्रहरी कार्यालय मोरङले १ किलो ७७० ग्राम ८३ मिलिग्राम ब्राउन सुगर, विभिन्न मनोदिपक औषधी ८० हजार ९२३ वटा चक्की/ क्यापसुल, एम्पुल १ हजार ४८५ वटा, जिल्ला प्रहरी कार्यालय सुनसरीले चरेश २ ग्राम २८ मिलिग्राम,  ७२८ ग्राम ५३९ मिलिग्राम ब्राउन सुगर, विभिन्न मनोदिपक औषधी ४ लाख २८ हजार ६८३ वटा चक्की/ क्यापसुल, एम्पुल ३१८ वटा बरामद गरेको छ । यसै गरी यस आर्थिक वर्षमा कोशी प्रदेश अन्तरगत रहेका जिल्ला प्रहरी कार्यालयहरुबाट परिचालन भएको प्रहरी टोलीले चरेश ३ ग्राम ५ सय ८८ मिलिग्राम, अफिम १५ ग्राम ७ सय ७० मिलिग्राम, ब्राउन सुगर ५ किलो ४ सय ८९ ग्राम, बिभिन्न  मनोदिपक चक्की/ क्यापसुल  ६ लाख १५ हजार ७९ वटा, मनोदिपक एम्पुल २ हजार ६ सय ५४ वटा र अन्य विभिन्न मनोदिपक औषधी १ सय ९ वटा बरामद गरेको छ भने ओसार पसार तथा वेचबिखनमा संलग्न १ हजार ८ सय ८८ जना पुरुष र ९७ जना महिलालाई पक्राउ गरी कानूनी दायरामा ल्याएको छ । चेकजाँचमा कडाई भएकै कारण मलद्वार तथा शरिरको बिभिन्न भागमा लुकाएर लागू औषध ओसार पसार गर्ने व्यक्तिलाई पक्राउ गर्न तथा ठुलो परिमाणमा लागू औषधको कारोवारी गर्ने गिरोहलाई गोली प्रहार गरेर नियन्त्रणमा लिन कोशी प्रदेश प्रहरी  सफल भएको छ । लागू औषधको प्रयोग, वेचविखन तथा ओसार पसार नियन्त्रणको लागी प्रहरीको बिभिन्न प्रयासहरुमा साथ र सहयोग प्रदान गर्न हुन तथा त्यस्ता गतिविधि भए गरेको थाहा पाउनासाथ नजिकको प्रहरी तथा प्रहरी कन्टोलको नम्वर १०० मा फोन गरी सुचना प्रदान गरी दिन हुन आम नागरिकहरुमा कोशी प्रदेश प्रहरी हार्दिक अनुरोध गर्दछ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८२-०४-०७

झापा र सुनसरीबाट लागू औषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ६ गते वडा प्रहरी कार्यालय भद्रपुरबाट बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले झापाको भद्रपुर नगरपालिका- ७ स्थितबाट ३० बर्षीय सुनिल चापागाई, नुवाकोट तादीका ३० बर्षीय मन कुमार दर्जी र निजको श्रीमती २६ बर्षीया शशी खत्रीलाई ब्राउन सुगर ३७ ग्राम ४९० मिलिग्राम सहित नियन्त्रणमा लिएको हो । त्यस्तै अस्थायी प्रहरी चौकी अमरहाटले सुनसरीको धरान-१३ की २८ बर्षीया पुष्पा राईलाई  ५ सय ८० मिलिग्राम ब्राउन सुगर सहित उनकै कोठाबाट र धरान- १७ बाट ट्रामाडोल १ हजार ८ सय ७३ क्याप्सुल र डिकोलिक १ हजार ८ सय ३४ ट्याब्लेट सहित सोहि स्थानका २७ बर्षीय अन्जान विश्चकर्मालाई अस्थायी प्रहरी चौकी रेल्वेले नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।    

सिटि सफारी अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु ३ घाईते
२०८२-०४-०७

मोरङको लेटाङ नगरपालिका-५ स्थित मदनभण्डारी लोक मार्गमा सिटि सफारी अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । साउन ६ गते दिउँसो ON TEST सिटि सफारी आफै अनियन्त्रित भई दुर्घटना हुँदा सिटि चालक लेटाङ-४ का ३९ बर्षीय भिषण राई, सिटिमा सवार ३२ बर्षीय जनम तामाङ, सुनसरी बराहक्षेत्रका २२ बर्षीत संदेश राई र ३० बर्षीय क्षितिज राई घाईते भएकोमा उपचारको क्रममा जनम तामाङको बिराट नर्सिङ होम बिराटनगरमा मृत्यु भएको हो भने सिटि चालकलाई इलाका प्रहरी कार्यालय लेटाङले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

लागू औषध सहित ६ जना पक्राउ
२०८२-०४-०६

झापा, सुनसरी र धनकुटाबाट लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ०६ गते झापाको गौरादह नगरपालिका- १ स्थितमा इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरी टोलीले सोहि स्थानका २५ बर्षीय लुखीराम बास्की र १८ बर्षीय करण यादबलाई १ ग्राम ३१ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । त्यस्तै सुनसरीको धरान- १३ बाट अस्थायी प्रहरी चौकी अमरहाटले ९ किलोग्राम गाँजा सहित ईटहरी- ७ का २४ बर्षीय सुरेश खत्वे र इटहरी- ८ का २० बर्षीय तुलसि पासवानलाई र सामुदायिक प्रहरी बिट हवाईचोकले इटहरी- २ का २३ बर्षीय आकास भण्डारीलाई ट्रामाडोल १ सय क्याप्सुल र स्पासपेन १ सय १० ट्याब्लेट सहित पक्राउ गरेको हो । त्यस्तै धनकुटाको चौबिसे गाउँपालिका- ५ बाट इलाका प्रहरी कार्यालय राजारानीले २५ बर्षीय सौगात मगरलाई प्रतिबन्धित औषधी १ सय ४ ट्याब्लेट सहित उनकै घरबाट पक्राउ गरेको हो ।

करेन्ट लागेर २ जनाको मृत्यु
२०८२-०४-०६

संखुवासभा र मोरङमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । साउन ०५ गते संखुवासभाको चिचिला गाउँपालिका- ३ सोलाखानी स्थित रहेको निर्माणाधिन अरुण तेश्रो जलविद्युत परियोजनाका कामदार कैलाली घोडाघोडिका ४० बर्षीय करण धर पौडेललाई सुरुङ भित्र काम गर्ने क्रममा अचानक करेन्ट लागि घाईते भएकोमा उपचारको क्रममा जिल्ला अस्पताल संखुवासभा खाँदबारीमा मृत्यु भएको हो । त्यस्तै मोरङको केराबारी गाउँपालिका- ८ स्थित माहादेब क्रसरमा वल्डिङ गर्ने क्रममा करेन्ट लागी घाईते भएका गोर्खाका ३५ बर्षीय मंगल चेपाङको उपचारको क्रममा बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । घटना सम्बन्धमा आवश्यक थप अनुसन्धान भईरहेको छ ।  

असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
२०८२-०४-०५

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी निरीक्षक विजय चौहान र इलाका प्रहरी कार्यालय रानी (सिमा) मोरङमा कार्यरत प्रहरी नायव निरीक्षक सुवास अधिकारीलाई असार “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH)  घोषित गरेको छ । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी निरीक्षक विजय चौहानले भद्रपुर नगरपालिका-५ स्थितमा चेकजाँचको क्रममा ४७ ग्राम ६९० मिलिग्राम ब्राउन सुगर सहित कार र एक जना व्यक्तिलाई नियन्त्रणमा लिएको, भद्रपुर नगरपालिका-७ मा ६ राउण्ड गोली फायर गरी २०५ ग्राम ८० मिलिग्राम ब्राउन सुगर सहित २ जना व्यक्तिलाई नियन्त्रणमा लिएको यसै गरी झापा गाउँपालिका-४ स्थितमा चेकजाँचको क्रममा साईकलको चक्का भित्र १६७ ग्राम ब्राउन सुगर सहित एक जनालाई नियन्त्रणमा लिन सफल भएको र प्रहरी नायव निरीक्षक सुवास अधिकारीले मोरङको कटहरी गाँउपालिका-३ स्थितका एक व्यक्तिलाई ज्यान मारी फरार रहेको प्रतिवादीलाई सोहि दिन पक्राउ गरेको साथै कर्तब्य ज्यान मुद्दामा जन्म कैद सजाय भएका तथा अन्य विभिन्न मुद्धामा फरार रहेका २१ जना प्रतिवादीहरुलाई पक्राउ गर्नुका साथै लागू औषध दुर्व्यसन नियन्त्रणमा उल्लेखनीय भूमिका निर्वाह गरेको हुँदा निजहरुले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०८२ असार “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरी पुरस्कृत गरिएको हो  ।

लागू औषध सहित ३ जना पक्राउ
२०८२-०४-०५

झापा जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ०४ गते झापाको दमक नगरपालिका- ५ स्थित लागू औषध बिक्री वितरण भइरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले भारत विहारका २८ बर्षीय सुरज कुमार साहलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट ४२ ग्राम १७ मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ३७ हजार ९०० रुपैया बरामद गरेसगै पक्राउ गरेको हो । त्यस्तै लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाले मेचीनगर नगरपालिका- ६ बाट अर्जुनधारा नगरपालिका- ५ का २५ बर्षीय अजय धिमाललाई २ ग्राम ब्राउन सुगर र मेचीनगर- ३ का ४३ बर्षीय हरिलाल न्यौपानेलाई उनकै घरबाट १ किलो ५२८ ग्राम गाँजा सहित इलाका प्रहरी कार्यालय नकलबन्दाले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

पौडी खेल्ने क्रममा खोलामा डुबेर २ बालकको मृत्यु
२०८२-०४-०५

सुनसरीको इटहरी उप-महानगरपालिका-२ स्थित रहेको ट्याङ्ग्रा खोलामा पौडी खेल्ने क्रममा डुबेर २ जना बालकको मृत्यु भएको छ । साउन ०४ गते अपरान्ह संखुवासभा चैनपुर नगरपालिका-१ घर भई इटहरी स्थित सानी आमाको घरमा बस्दै आएका बिष्णु लिम्बुको ११ बर्षीय छोरा क्रिश्वास लिम्बु र इटहरी-३ का दिपेश चौधरीको ८ बर्षीय छोरा दिप्सन चौधरी ट्याङ्ग्रा खोलामा पौडी खेल्ने क्रममा पानीमा डुवेको अवस्थामा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोली स्थानियको सयोगमा उद्दार गरी तत्काल उपचारको लागि क्रिश्वास लिम्बुलाई बिराट मेडिकल कलेज टिचिङ अस्पताल टंकीसिनवारी र दिप्सन चौधरीलाई नोबेल अस्पताल विराटनगर पठाएकोमा उपचारको क्रममा दुबै जनाको  मृत्यु भएको हो ।

करेन्ट लागेर २ जनाको मृत्यु
२०८२-०४-०५

मोरङ र सुनसरी जिल्लाको दुई छुट्टा छुट्टै स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । साउन ०४ गते  मोरङको बेलबारी- ८ स्थितमा रहेको कान्तिपुर वासिङमा वेल्डिङ काम गर्ने क्रममा अचानक करेन्ट लाग्दा घाईते भएका पर्सा बिरगंञ्जका २५ बर्षीय ईद मोहमद अन्सारीलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर लगिएकोमा उपचारकोको क्रममा मृत्यु भएको हो । त्यस्तै सुनसरीको इटहरी उप-महानगरपालिका-८ का ७२ बर्षीय तिलक चौधरीले आफ्नै घरमा रहेको साउण्ड सिस्टमको चुडिएको तार मर्मत गर्ने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको थियो । घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८२-०४-०४

सुनसरी र झापाबाट लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ०३ गते जिल्ला प्रहरी कार्यालय सुनसरी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका- ६ स्थितमा चेकजाँचको क्रममा ४१ ग्राम ४४ मिलिग्राम ब्राउन सुगर र नियन्त्रित औषधी ३ हजार ६ सय ९४ क्याप्सुल सहित इनरुवा- ८ का ३४ बर्षीय मोहमद सफरुल र कोशी गाउँपालिका- ५ का ४८ बर्षीय अशोक कुमार यादवलाई नियन्त्रणमा लिएको हो । त्यसैगरी अस्थायी प्रहरी चौकी बरगाछीले सोहि स्थानका २१ बर्षीय बिश्व लिम्बुलाई नियन्त्रित औषधी ९ सय ३० चक्की सहित र अस्थायी प्रहरी चौकी अमरहाटले धनकुटा साँगुरीगढी गाउँपालिका- ४ का ३२ बर्षीय मनोज राईलाई ४ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ, भने झापाको बुद्धशान्ति गाउँपालिका- ३ का २२ बर्षीय साजन मगरलाई ६ सय ३० मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय बुधबारेले पक्राउ गरेको छ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८२-०४-०३

 सुनसरीको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ०२ गते सुनसरीको कोशी गाउँपालिका- १ स्थितमा लागू औषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिगएको प्रहरी टोलीले चेकजाँचको क्रममा कोशी गाउँपालिका-२ का ३२ बर्षीय दिनेश कुमार यादव र सप्तरी तिलाठीका २४ बर्षीय रंजित कुमार यादवको साथबाट ३६ ग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो । त्यस्तै ईनरुवा नगरपालिका- ४ बाट बराक्षेत्र नगरपालिका- ९ का १९ बर्षीय प्रबिन बिष्ट र मोरङ बेलवारी नगरपालिका- ९ का अमृत तमाङलाई ट्रामाडोल र एन्टिकफ गरी जम्मा ३०५ पिस सहित जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कले नियन्त्रणमा लिएको हो भने अस्थायी प्रहरी चौकी अमरहाट धरानले धरान- १३ बाट मोरङ रंगेलीका रोशन उप्रेतीलाई १० किलोग्राम गाँजा सहित  पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु
२०८२-०४-०३

सुनसरीको दुई स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । साउन ०२ गते बिहान पौने १० बजे सुनसरीको इटहरी उप-महानगरपालिका- २० स्थित प्रदेश न. २-०१-००३ प २७२८  नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक सिरहा लाहान- ८ का ५० बर्षीय बिमल कुमार साहको उपचारको क्रममा बि.पि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमाट मृत्यु भएको हो । त्यस्तै भोक्राहा नरसिंह गाउँपालिका- ५ स्थितमा प्रदेश १-०२-००२ ख ०२४० नम्बरको टिफरले प्रदेश १-०२-०४३ प १३३८ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक भोक्राहा नरसिंह- ३ का ३५ बर्षीय सुदिन यादवको उपचारको क्रममा जिल्ला अस्पताल सुनसरीमा मृत्यु भएको हो । घटनामा संलग्न टिफर चालक भोक्राहा- २ का २८ बर्षीय जयप्रकाश मेहतालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

धारिलो हतियार छुरा प्रहार गरी हत्या गरेको आरोपमा १ जना पक्राउ
२०८२-०४-०२

इलामको माईजोगमाई गाउँपालिका-२ का २३ बर्षीय प्रकाश चापागाईलाई धारिलो हतियार छुरा प्रहार गरी हत्या गरेको र उनका दाजु ३२ बर्षीय निरोज चापागाईलाई छुरा प्रहार गरी घाईते बनाएको आरोपमा सुर्योदय नगरपालिका-१ का ३३ बर्षीय किरण शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । असार ३२ गते राती सुर्योदय नगरपालिका-१ स्थित ससुसाली घरमा आएका माईजोगमाई गाउँपालिका-२ का निरोज चापागाई र उनका भाई प्रकाश चापागाईलाई सुर्योदय नगरपालिका-१ का किरण शेर्पाले सामान्य वाद विबादको क्रममा छुरा प्रहार गर्दा प्रकाश चापागाईको घटनास्थलमानै मृत्यु भएको थियो भने निरोज चापागाई गम्भिर घाईते भएकोमा झापा स्थित बि एण्ड सि अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ । हत्या पश्चात फरार भएका शेर्पालाई खोजतलासको क्रममा साउन १ गते सुर्योदय नगरपालिका-१ मानेभञ्ज्याङ स्थितमा भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका शेर्पाको कर्तव्य ज्यान कसुरमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट थप अनुन्सधान तथा कानूनी कारवाही भईरहेको छ ।

ठुलो परिमाणको प्रतिवन्धित औषधी सहित १ जना पक्राउ
२०८२-०४-०२

झापाको बिर्तामोड नगरपालिका-५ स्थितबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ । घिमिरेले बिर्तामोड-५ स्थितमा कोठा भाडालिई प्रतिवन्धित औषधीहरु भण्डारण गरी राखेको भन्ने विशेष सुचनाको आधारमा असार १ गते अस्थायी प्रहरी पोष्ट बसपार्क र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनको कोठाबाट ट्रमाडोल  १ लाख ३ हजार ८ सय क्यापसुल, ट्रमाडोल इन्जेक्सन १ हजार ८ सय ७० एम्पुल, ट्रमाडोल ४ हजार ५० ट्यावलेट, डाईक्लोमाईन ९७ हजार ट्याव्लेट, सिल्डेनाफिल ८ हजार ९ सय ट्याव्लेट, मिफिप्रिस्टोन एण्ड माईसोप्रोस्पल ७ हजार ६ सय ५० ट्याव्लेट सहित पक्राउ गरेको छ । प्रतिवन्धित औषधी सहित पक्राउ परेका घिमिरेको अन्य थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाही भईरहेको छ ।

लागू औषध ब्राउन सुगर सहित ४ जना पक्राउ
२०८२-०४-०२

मोरङ, सुनसरी र धनकुटाबाट लागू औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन १ गते मोरङको सुनबर्षी नगरपालिका-९ स्थितमा इलाका प्रहरी कार्यालय रंगेली र लागू औषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारत बिहार सिक्टी ग्राम पंचायतका ३२ बर्षीय सद्दाम हुसेन र भारत अररिया सिक्टी ग्राम पंचायतका ३२ बर्षीय शेर मोहमदलाई ६३ ग्राम १० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । त्यसै गरी सप्तरी हनुमानगर कंकालिनी नगरपालिका-९ की २१ बर्षीया प्रतिक्षा राय लाई १ ग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय लौकहीले कोशी गाउँपालिका-१ स्थितबाट नियन्त्रणमा लिएको छ भने प्रहरी चौकी हिले धनकुटाले शहिदभुमी गाँउपालिका-५ का २३ बर्षीय सुवास राईलाई २ सय ५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

३ सय ७२ किलो ५९० ग्राम लागू औषध गाँजा बरामद
२०८२-०४-०१

मोरङ र सुनसरीको दुई स्थानबाट प्रहरीले ३ सय ७२ किलो ५९० ग्राम लागू औषध गाँजा बरामद गरेको छ । साउन १ गते ०१:०० बजेको समयमा मोरङको धनपालथान गाउँपालिका- १ गदिया खोला किनारामा गाँजा लुकाई छिपाई राखेको छ भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी गडेरियाबाट खटिएको प्रहरी टोलीले खोलाको किनार स्थित खेतमा प्लास्टिकको १० वटा बोरामा बेवारिसे अवस्थामा ३ सय २३ किलो ३ सय ग्राम गाँजा बरामद गरेको हो । त्यसै गरी सुनसरीको इलाका प्रहरी कार्यालय हरिनगराले देवानगंज गाउँपालिका- ७  स्थित सडक किनारबाट ४९ किलो २९० ग्राम गाँजा  बरामद गरेको  हो ।  गाँजा ओसार पसारमा संलग्न व्यक्तिहरुको खोज तलास तथा थप अनुसन्धान भईरहेको छ ।

लागू औषध ओसारपासरमा संलग्न ४ जना महिला सहित ९ जना पक्राउ
२०८२-०४-०१

मोरङ, सुनसरी र उदयपुरबाट लागू औषध ओसारपासरमा संलग्न ४ जना महिला सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार ३२ गते लागू औषध बेचबिखान भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा सुनसरीको अस्थायी प्रहरी चौकी रेल्बे, अहरहाट र बरगाछीबाट खटिएको प्रहरी टोलीले ट्रामाडोल १ हजार ६२ क्याप्सुल, डिकोलिक ८ सय ४२ ट्याब्लेट र डिभोमिन २ सय २० चक्की सहित धरान- १० का २४ बर्षीय अंकित राई र धरान- ६ का २१ बर्षीय भरत मगर, धरान- १३ का २३ बर्षीय सागर राई, धरान- ५ की २१ बर्षीया ज्योती राई, २६ बर्षीया नुमा लिम्बु र धरान- ५ की २३ बर्षीया सुजना राईलाई पक्राउ गरेको हो । त्यसैगरी मोरङको रंगेली नगरपालिका- ६ स्थित इलाका प्रहरी कार्यालय रंगेलीले चेकजाँचको क्रममा दमक नगरपालिका- ९ झापाका ३५ बर्षीय शिव कुमार सोरेन र कमल गाउँपालिका- १ का ३३ बर्षीय आकाश खड्कालाई  नाईट्राजाम १ सय ५५ चक्की सहित नियन्त्रणमा लिएको हो । त्यसै गरी उदयपुरको इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले बेलका नगरपालिका- ८ की २१ बर्षीया रेजिना राईलाई ट्रामाडोल ७६ क्याप्सुल सहित पक्राउ गरेको छ ।

अधिक लोड >>
कम देखाउनुहोस् <<