प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भन्सार छलीका अवैध सामग्री बरामद

२०८३-०६-२१

  • A
  • A-
  • A+
Share

झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानमा प्रहरीले चेकजाँचको क्रममा भन्सारछली गरी अवैधरुपमा लुकाई छिपाई ल्याउदै गरेको करिव ९ लाख ३ हजार ४७० रुपैया बरावरको बिभिन्न प्रकारको सामग्रीहरु बरामद गरेको छ । असोज २० गते सुनसरीको इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा यात्रुवहाक बसमा भन्सार छली लुकाई छिपाई ल्याउदै गरेको करिव १ लाख ६२ हजार ६१० रुपैया मुल्य वरावरको रजनीगन्धा, चकलेट, नरिवल, काजु लगायतका बिभिन्न किसिमको खाध्यान्न सामग्री बरामद गरेको छ । यसै गरी जिल्ला प्रहरी कार्यालय मोरङले बुढीगंगा गाउँपालिका-५ स्थितबाट भन्सार छलीका कुर्था सुरुवाल, बच्चाको जामा, भेष्ट र मोजा सहित करिव ४ लाख ९ हजार ४६० रुपैया मुल्य बरावरको कपडा बरामद गरेको छ भने विराटनगर-९ स्थितबाट करिव २ लाख ७० हजार मुल्यबरावरको बिल बिजक नभएको सुपाडी ५४० किलोग्राम सुपारी बरामद गरेको छ । चेकजाँचकै क्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट (PIT) खटिएको प्रहरी टोलीले विराटनगर-६ स्थितबाट भन्सारछलीका करिव ५० हजार मुल्य बरावरको कुर्थासुरुवाल र झापाको इलाका प्रहरी कार्यालय शिवगंजले करिव ११ हजार ४ सय बरावरको खाद्यान्नका सामग्री बरामद गरेको छ ।


सम्बन्धित समाचार
बिभिन्न मुद्दाका १६ जना फरार प्रतिवादीहरु पक्राउ
२०८३-०६-२२

विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका १६ जना प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले खोजतलासको क्रममा असोज २१ गते मोरङबाट १० जना, झापाबाट ४ जना, सुनसरी १ जना र ओखलढुङ्गाबाट १ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट ५ वर्ष ३ महिना ११ दिन कैद सजाय र ३ लाख ३४ हजार ५ सय रुपैँया जरिवाना वापतको रकम असुल उपर भएको छ भने उनीहरुलाई कैद भुक्तानको लागी कारागार पठाईएको छ ।

१०१ ग्राम ५३० मिलिग्राम ब्राउन सुगर सहित ३ जना पक्राउ
२०८३-०६-२२

मोरङको विराटनगर महानगरपालिका-११ अल्का मार्ग स्थितबाट १०१ ग्राम ५३० मिलिग्राम ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज २१ गते दिउँसो लागू औषध बेचबिखन भईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्यूरो विराटनगर र CRV केसलियाबाट खटिएको प्रहरी टोलीले भारत अररिया नरपथगंजका २३ बर्षीय मनोहर यादव, सुनसरी देवानगंज गाउँपालिका-२ का २२ बर्षीय अर्बिन्द्र कुमार यादव र २३ बर्षीय अनिल कुमार यादवलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा प्लाष्टिक भित्र लुकाई छिपाई राखेको १०१ ग्राम ५३० मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको आवश्यक थप अनुसन्धान तथा कानुनि कारवाही भईरहेको छ ।

लागू औषध सहित १० जना पक्राउ
२०८३-०६-२२

झापा, मोरङ र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट लागु औषध सहित १० जनालाई पक्राउ गरिएको छ । असोज २१ गते झापाको इलाका प्रहरी कार्यालय दमकले दमक-८ का दिपक कुमार साह, दमक-२ का निक्सल देवान, दमक-५ का राहुल गुरूङ र कमल गाउँपालिका-४ का अरुङ राईलाई ३ ग्राम ५६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । सुनसरीको इटहरी उप-महानगरपालिका-१९ स्थितबाट प्रदेशीक अनुसन्धान समुह र प्रहरी चौकी तरहराबाट खटिएको प्रहरी टोलीले इटहरी-१९ का अमन चौधरीलाई ५०० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बराहक्षेत्र नगरपालिका-३ का पुजन राजधामी, रमित राजधामी र समिर राजधामीलाई ८२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी मोरङको इलाका प्रहरी कार्यालय रानीले विराटनगर-१८ स्थितबाट भारत अररियाका प्रवेश कुमार साह र सुरेश कुमार साहलाई २४ किलो ४०० ग्राम लागू औषध गाँजा सहित पक्राउ गरेको छ । पक्राउ परेको सबैजना को थप अनुसन्धान भई रहेको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण भ्रमण
२०८३-०६-२१

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले असोज २१ गते जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा उहाँले कार्यालय भवन, सम्पुर्ण शाखाहरु लगायत हिरासत कक्षको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनुभएको छ ।  आम नागरिकलाई प्रहरी सेवा सहज, सरल, पहुँचयोग्य र प्रभावकारी रूपमा उपलब्ध गराउन विशेष ध्यान दिन तथा नागरिकका समस्या, पीरमर्का र गुनासाहरूको तत्काल सुनुवाइ गर्दै प्रहरी र नागरिकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन, नियमित प्रहरी गस्ती परिचालन गर्न तथा समुदायसँग निरन्तर समन्वय र सहकार्य गर्दै नागरिकमा सचेतना अभिबृद्धि गर्न निर्देशन दिनु भएको छ । यसै गरी धनकुटाको डाँडा पाखामा आफै उम्रिएका तथा लगाईएका गाँजाको बोटबिरुवाहरु फडानी गरी नष्ट गर्न सक्रियरुपमा प्रहरी परिचालन गर्न साथै लागू औषधको प्रयोग र ओसार पसारलाई निरुत्साहित गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरुले आफ्नो जिम्मेवारीप्रति थप उत्तरदायी भएर काम गर्न निर्देशन दिनुभयो । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै जिल्लाको शान्ति सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन आवश्यकताअनुसार प्रहरी जनशक्ति परिचालन गर्न, मुख्य बजार, बसपार्क, सार्वजनिक स्थल तथा बढी भीडभाड हुने क्षेत्रमा प्रहरीको उपस्थिति बढाउन निर्देशन दिनुभएको छ । यसै गरी यात्रुलाई सुरक्षित, सहज र व्यवस्थित रूपमा गन्तव्यसम्म पुग्ने वातावरण निर्माण गर्न बसपार्क तथा यात्रुहरुको बढी भिड हुने स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गर्न, सवारी साधनको नियमित अनुगमन गर्न तथा सम्भावित दुर्घटना र आपराधिक गतिविधि नियन्त्रणका लागि प्रभावकारी सुरक्षा योजना बनाई कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ ।

लागू औषध सहित ११ जना पक्राउ
२०८३-०६-२१

झापा,मोरङ, सुनसरी, धनकुटा, उदयपुर,भोजपुर र ताप्लेजुङ जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित ११ जनालाई पक्राउ गरिएको छ। असोज २० गते झापाको इलाका प्रहरी कार्यालय धुलाबारीले मेचीनगर नगरपालिका-१० का अभिषेक चौधरीलाई ५ग्राम १३० मिलिग्राम ब्राउन सुगर सहित, मोरङको लागू औषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीले केराबारी नगरपालिका-९ का नविन राई र केराबारी-१ का मणिराज गुरुङलाई ४ ग्राम ५८० मिलिग्राम ब्राउन सुगर सहित  पक्राउ गरेको छ । यसै गरी जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले फुङलिङ नगरपालिका-५ का रोहित श्रेष्ठलाई २ ग्राम ८९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । चेकजाँचकै क्रममा  सुनसरीको इलाका प्रहरी कार्यालय धरानले धरान उप-महानगरपालिका-१७ का राजन राई र इच्छा परियारलाई १७० मिलिग्राम ब्राउन सुगर सहित र प्रदेशीक अनुसन्धान समुह, विराटनगरले धरान- ४ का अर्जुन श्रेष्ठ, धरान-७ का दिपक मगर र धरान-१५ का  बाबुराम बयलकोटीलाई ट्रामोल ८०० क्याप्सुल र डिकोलिक ८०० ट्रयाब्लेट सहित र उदयपुरको इलाका प्रहरी कार्यालय ठोक्सिल्लाले बेलका नगरपालिका-४ का सबिन राईलाई ट्रामाडो-९०० क्याप्सुल सहित पक्राउ गरेको छ । र भोजपुरको इलाका प्रहरी कार्यालय घोडेटारले आमचोक नगरपालिका ७का १९ वर्षिय एकराज मगरलाई २ सय ४४ किलो ७७० ग्राम गाँजा सहित पक्राउ गरेको छ।

बिभिन्न मुद्दाका २२ जना फरार प्रतिवादीहरु पक्राउ
२०८३-०६-२१

विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका २२ जना प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले खोजतलासको क्रममा असोज २० गते मोरङबाट १७ जना,  झापाबाट २ जना र धनकुटाबाट २ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट ५ वर्ष ७ महिना २ दिन कैद सजाय र १ लाख ५७ हजार ४ सय रुपैँया जरिवाना वापतको रकम असुल उपर भएको छ भने उनीहरुलाई कैद भुक्तानको लागी कारागार पठाईएको छ ।