प्रदेश प्रहरी प्रमुखबाट उदयपुर जिल्लाका स्थानीय बासिन्दाहरुसंग भेटघाट तथा अन्तरक्रिया
२०८३-०६-१६
- A
- A-
- A+
निरीक्षण भ्रमणको क्रममा असोज १६ गते जिल्ला प्रहरी कार्यालय उदयपुर पुग्नु भएका कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले उदयपुर जिल्लाका स्थानीय बासिन्दाहरुसँग भेटघाट तथा अन्तरक्रिया गर्नु भएको छ । भेटघाट तथा अन्तरक्रियाका क्रममा प्रदेश प्रहरी प्रमुख खनाल समक्ष स्थानीय बासीहरुले जिल्लाको शान्ति-सुरक्षा, ट्राफिक व्यवस्थापन, अपराध नियन्त्रण, प्रहरीको सेवा प्रवाह तथा समुदायसँग प्रहरीको सम्बन्ध लगायतका विषयमा आफ्ना धारणा, सुझाव तथा अपेक्षाहरू राख्नुभएको थियो । कार्यक्रममा प्रदेश प्रहरी प्रमुख खनालले प्रहरी र समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन यस्ता भेटघाट तथा अन्तरक्रिया महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले नागरिकका वास्तविक समस्या तथा गुनासोको सुनुवाइ गर्दै जिल्लामा नागरिकमैत्री प्रहरी सेवा प्रवाह र प्रभावकारी शान्ति–सुरक्षा कायम गर्न स्थानीयवासी तथा पूर्व प्रहरी कर्मचारीहरुसँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।