प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बिभिन्न मुद्दाका ८ जना फरार प्रतिवादीहरु पक्राउ

२०८३-०६-१६

  • A
  • A-
  • A+
Share

विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ८ जना प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले खोज तलासको क्रममा असोज १५ गते झापाबाट ४ जना, मोरङबाट १ जना र सुनसरीबाट ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुबाट ५ वर्ष ११ महिना ५ दिन कैद सजाय र १२ हजार जरिवाना वापतको रकम असुल उपर भएको छ भने उनीहरुलाई कैद भुक्तानको लागी कारागार पठाईएको छ ।


सम्बन्धित समाचार
कोशी प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी कार्यालय उदयपुरको निरीक्षण
२०८३-०६-१६

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले असोज १६ गते जिल्ला प्रहरी कार्यालय उदयपुरको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा उहाँले कार्यालय भवन, सम्पुर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनुभएको छ । निर्देशनको क्रममा उहाँले नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउन समयमै कार्य योजना बमोजिम आवश्यक जनशक्ति परिचालन गर्न तथा चाडपर्वको समयमा यात्रालाई सुरक्षित, सहज र व्यवस्थित बनाउन बसपार्कहरुमा यात्रु सहायता कक्ष सञ्चालन गर्न र सार्वजनिक यातायातमा हुने भीडभाड, यात्रुको चाप, चोरी तथा अन्य आपराधिक गतिविधिलाई नियन्त्रण गर्न संवेदनशील तथा बढी भीडभाड हुने क्षेत्रमा प्रहरीको उपस्थिति बढाउन निर्देशन दिनु भएको छ । यसै गरी उहाँले समुदाय स्तरमा सचेतनामुलक कार्यक्रमहरु संचालन गरी नागरिकमा सचेतना अभिबृद्धि गर्न तथा ग्रामिण बस्तीहरुमा लामो तथा छोटो दुरीको प्रहरी गस्ती परिचालन गरी नागरिकको पिरमार्का तथा गुनासाहरुलाई सुनुवाई गर्न समेत निर्देशन दिनु भएको छ । यसै गरी उहाँले प्रहरी कर्मचारीलाई आफ्नो जिम्मेवारीप्रति थप उत्तरदायी, अनुशासित र सेवामुखी भएर कार्यसम्पादन गर्न, प्रहरी संगठनप्रतिको नागरिकको विश्वास कायम राख्न, व्यावसायिक आचरण र पारदर्शी सेवा प्रवाहमा विशेष ध्यान दिन जोड दिनुभएको छ ।

प्रदेश प्रहरी प्रमुखबाट उदयपुर जिल्लाका स्थानीय बासिन्दाहरुसंग भेटघाट तथा अन्तरक्रिया
२०८३-०६-१६

निरीक्षण भ्रमणको क्रममा असोज १६ गते जिल्ला प्रहरी कार्यालय उदयपुर पुग्नु भएका कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले उदयपुर जिल्लाका स्थानीय बासिन्दाहरुसँग भेटघाट तथा अन्तरक्रिया गर्नु भएको छ । भेटघाट तथा अन्तरक्रियाका क्रममा प्रदेश प्रहरी प्रमुख खनाल समक्ष स्थानीय बासीहरुले जिल्लाको शान्ति-सुरक्षा, ट्राफिक व्यवस्थापन, अपराध नियन्त्रण, प्रहरीको सेवा प्रवाह तथा समुदायसँग प्रहरीको सम्बन्ध लगायतका विषयमा आफ्ना धारणा, सुझाव तथा अपेक्षाहरू राख्नुभएको थियो । कार्यक्रममा प्रदेश प्रहरी प्रमुख खनालले प्रहरी र समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन यस्ता भेटघाट तथा अन्तरक्रिया महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले नागरिकका वास्तविक समस्या तथा गुनासोको सुनुवाइ गर्दै जिल्लामा नागरिकमैत्री प्रहरी सेवा प्रवाह र प्रभावकारी शान्ति–सुरक्षा कायम गर्न स्थानीयवासी तथा पूर्व प्रहरी कर्मचारीहरुसँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।

लागू औषध सहित ७ जना पक्राउ
२०८३-०६-१६

झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित ७ जनालाई पक्राउ गरिएको छ । असोज १५ गते झापाको प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी नगरपालिका-११ का राजु बि.क.लाई १ ग्राम ३३ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी लागू औषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीको प्रहरी टोलीले विराटनगर-१३ बाट प्र.१-०२-०५० प ६०७६ नम्बरको स्कुटर चालक केराबारी गाउँपालिका- ७ का बिश्वास चेम्जोङलाई ८ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर सहित र विराटनगर- १६ बाट काभ्रेपलान्चोक पाँचखाल नगरपालिका- ६ का सरोज तिवारीलाई २३ ग्राम २६० मिलिग्राम ब्राउन सुगर सहित र विराटनगर- १५ बाट सुन्दरहरैंचा नगरपालिका-८ का सरोज आचार्यलाई ६ ग्राम २१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । चेकजाँचकै क्रममा सुनसरीको वडा प्रहरी कार्यालय इटहरी र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको PIT ले इटहरी- ५ का अञ्जन कुमार चौधरीलाई ३ ग्राम २६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने उदयपुरका जितेन मरिक र गणेश मलिकलाई प्रतिबन्धित औषधी नाईट्राजेपाम ७८ ट्याब्लेट सहित पक्राउ गरिएको छ ।

बिभिन्न मुद्दाका ७ जना फरार प्रतिवादीहरु पक्राउ
२०८३-०६-१४

विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ७ जना प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले खोज तलासको क्रममा असोज १२ गते झापाबाट ३ जना, मोरङबाट २ जना र सुनसरीबाट २ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट १० वर्ष ५ महिना २६ दिन कैद सजाय र ३ लाख ३० हजार ५ सय जरिवाना वापतको रकम असुल उपर भएको छ भने उनीहरुलाई कैद भुक्तानको लागी कारागार पठाईएको छ ।

२१ बुङ्ग तास सहित १२ जना पक्राउ
२०८३-०६-१४

धनकुटाको चौबिसे गाउँपालिका-२ स्थितबाट २१ बुङ्ग तास र नगद २ लाख ३६ हजार २५० रुपैयाँ सहित तास खेल्ने ६ जना र खेल हेर्ने ६ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ । असोज १३ गते इलाका प्रहरी कार्यालय राजारानी धनकुटाबाट खटिएको प्रहरी टोलीले चौबिसे-२ डाँडागाउ स्थित दिपक सारु मगरको घरमा तास खेलिरहेको अवस्थामा सोही स्थानका इमा मगर, राजेन्द्र मगर, चौबिसे-६ का गुणराज राई, लेख बहादुर लिम्बु, योगेन लिम्बु र चौबिसे-७ का राम चेम्जोङलाई पक्राउ गरेको छ भने तास खेल हेर्ने चौबिसे-२ का सुमन मगर, समिर मगर, प्रजल मगर, प्रदिप मगर, बिशाल मगर र चौबिसे-६ का धिरेन चेम्जोङलाई पक्राउ गरेको छ । तास सहित पक्राउ परेका उनीहरूको आवश्यक कानूनी कारबाही भइरहेको छ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८३-०६-१४

झापा र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित ५ जनालाई पक्राउ गरिएको छ । असोज १३ गते झापाको इलाका प्रहरी कार्यालय दमकले दमक नगरपालिका-५ स्थितबाट दमक-८ का २५ वर्षिय सुधिर शर्मालाई ३७० मिलिग्राम ब्राउन सुगर सहित, दमक-४ का ३३ वर्षिय अनित राईलाई १ ग्राम २९० मिलिग्राम ब्राउन सुगर सहित र अस्थायी प्रहरी चौकी गरामनिले विर्तामोड नगरपालिका-८ का २९ वर्षिय यादन बि.क र सिन्धुपाल्चोक बागमती नगरपालिका-१० का ३३ वर्षिय सविन गोलेलाई ७५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने सुनसरीको धरान उप-महानगरपालिका-१६ का ३५ वर्षिय निकेश रितेश तामाङलाई ट्रामोडोल- १०० क्याप्सुल प्रतिबन्धित औषधि सहित इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ । पक्राउ परेको सबैजनाको थप अनुसन्धान भई रहेको छ ।