लागू औषध सहित ७ जना पक्राउ
२०८३-०६-१६
- A
- A-
- A+
झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित ७ जनालाई पक्राउ गरिएको छ । असोज १५ गते झापाको प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी नगरपालिका-११ का राजु बि.क.लाई १ ग्राम ३३ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी लागू औषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीको प्रहरी टोलीले विराटनगर-१३ बाट प्र.१-०२-०५० प ६०७६ नम्बरको स्कुटर चालक केराबारी गाउँपालिका- ७ का बिश्वास चेम्जोङलाई ८ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर सहित र विराटनगर- १६ बाट काभ्रेपलान्चोक पाँचखाल नगरपालिका- ६ का सरोज तिवारीलाई २३ ग्राम २६० मिलिग्राम ब्राउन सुगर सहित र विराटनगर- १५ बाट सुन्दरहरैंचा नगरपालिका-८ का सरोज आचार्यलाई ६ ग्राम २१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । चेकजाँचकै क्रममा सुनसरीको वडा प्रहरी कार्यालय इटहरी र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको PIT ले इटहरी- ५ का अञ्जन कुमार चौधरीलाई ३ ग्राम २६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने उदयपुरका जितेन मरिक र गणेश मलिकलाई प्रतिबन्धित औषधी नाईट्राजेपाम ७८ ट्याब्लेट सहित पक्राउ गरिएको छ ।