प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरुवा बन्दुक सहित मानिस पक्राउ

२०८३-०५-१६

  • A
  • A-
  • A+
Share

संखुवासभाको मकालु गाउँपालिका- ५ स्थित दुई छुट्टा छुट्टै स्थानबाट १ नाल भरुवा बन्दुक सहित १ जना र बेवारिसे भरुवा बन्दुक १ नाल प्रहरीले बरामद गरेको छ । भदौ १५ गते मकालु गाउँपालिका- ५ का २९ बर्षीय सिताराम गुरुङले भरुवा बन्दुक लुकाई छिपाई राखेको छ भन्ने बिशेष सूचनाको आधारमा प्रहरी चौकी नुम संखुवासभाबाट प्रहरी टोली खटिगई घर खानतलासी गर्दा घर भित्र लुकाई छिपाई राखेको अवस्थामा १ नाल भरुवा बन्दुक, तयारी बारुद १०० ग्राम र छर्रा २० पिस फेला पारी गुरुङलाई नियन्त्रणमा लिएको हो भने मकालु- ५ मांसिमा स्थित ढुङगाको ओडारमा बेवारीसे अवस्थामा रहेको १ नाल भरुवा बन्दुक, छर्रा, फलामको टुक्रा, बारुद र पटका समेत फेला पारी बरामद गरेको हो ।  


सम्बन्धित समाचार
लागू औषध सहित ७ जना पक्राउ
२०८३-०५-१८

मोरङ, उदयपुर र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट भदौ १७ गते लागू औषध सहित ७ जनालाई पक्राउ गरीएको छ ।   कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समूह (PIT) र इलाका प्रहरी कार्यालय रानी मोरङको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१६ स्थितबाट १ ग्राम ३७० मिलिग्राम लागूऔषध ब्राउनसुगर सहित मोरङको केराबारी गाउँपालिका-७ का ३३ वर्षीय कमल राईलाई पक्राउ गरेको छ । यसैगरी उदयपुरको चौदण्डीगढी नगरपालिका-३ का २६ वर्षीय सावन राईले लागू औषधको कारोबार गर्दै गरेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले राईको घर खानतलाशी गर्दा ट्रामाडोल १ हजार ४ सय ५४ क्याप्सुल र डाइक्लोमाईन १ हजार ४ सय ५४ ट्याब्लेट बरामद गरे संगै राई र चौदण्डीगढी-६ का २७ वर्षीय शुभ राईलाई पक्राउ गरेको हो । यसका साथै इलाका प्रहरी कार्यालय इटहरी सुनसरीले  धादिङका २७ वर्षीय सुवास अर्याल र सिन्दुपाल्चोकका ३७ वर्षीय बिक्रम कार्कीलाई इटहरी उप-महानगरपालिका-४ स्थितबाट १९ ग्राम ३२० मिलिग्राम ब्राउन सुगर सहित र सुनसरीको भोक्राहानर्सिङ गाउँपालिका-२ का गौतम ऋषिदेव र सुन्दरहरैचा नगरपालिका-७ का २८ वर्षीय अमिन चौधरीलाई नियन्त्रणमा लिएको हो ।  पक्राउ परेका सबैजनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।  

लागू औषध गाँजा सहित २ जना पक्राउ
२०८३-०५-१७

सुनसरीबाट लागू औषध गाँजा सहित २ जनालाई पक्राउ गरिएको छ । भदौ १६ गते सुनसरीको दुहबी नगरपालिका ११ नहर चौक स्थित भित्री सडक खण्डमा अस्थाई प्रहरी चौकी तनमुनाबाट खटिएको प्रहरी टोलीले नहर चौक देखि शुक्रबारे तर्फ जादै गरेको को २१ प ७९८० नम्बरको मोटरसाईकलबाट गाँजा २८ के.जी. बरामद गरि मोटरसाईकल चालक सुनसरी देवानगंज गाँउपालिका ३ का २३ बर्षीय एम.डी. जावेद मियालाई पक्राउ गरेको छ । यसै गरी हिजै सुनसरीको कोशी गाँउपालिका १ लौकही स्थितबाट जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले मधुवनबाट लौकही तर्फ आउदै गरेको ना. ६० प. ५३९१ नम्बरको मोटरसाईकलबाट गाँजा १७ किलो १४० ग्राम फेला परे पश्चात मोटरसाईकल चालक भारत सुपौल पञ्चायत फत्तेपुर वडा नं. १ बस्ने २१ बर्षीय दिपक कुमार पोदारलाई पक्राउ गरिएको छ । पक्राउ परेका दुवै जनाको थप अनुसन्धान भईरहेको छ ।

Fire extinguisher को प्रयोग सम्बन्धी १ दिने अनुशिक्षण
२०८३-०५-१७

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी कर्मचारीहरुलाई लक्षित गरी Fire extinguisher को प्रयोग सम्बन्धी १ दिने अनुशिक्षण तालिम प्रदान गरेको छ । भदौ १७ गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा संचालित अनुशिक्षण तालिमको प्रहरी नायव उपरीक्षक प्रकाश जबेगुले समुद्‍घाटन गर्नु भएको थियो । तालिम उद्‍घाटन कार्यक्रमलाई सम्वोधनको क्रममा प्रहरी नायव उपरीक्षक जवेगुले कार्यक्षेत्रमा आइपर्ने आगलागीका घटनामा थप क्षति हुन नदिन र तत्काल नागरिकको जीउधनको रक्षा गर्न यो तालिमले प्रहरी कर्मचारीहरूको व्यावसायिक दक्षता अभिबृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो । तालिममा सहभागी प्रहरी कर्मचारीहरुलाई बिपद ब्यव्स्थापन गुल्म चन्द्रगढीका तालिम प्राप्त प्रशिक्षकहरुले ठोस, तरल, ग्यास, विद्युतीय जस्ता आगलागीका प्रकार र तिनलाई निभाउने उपयुक्त विधिहरू, आगलागी भएको अवस्थामा Fire Extinguisher को सुरक्षित र सही प्रयोग गर्ने विधि र उद्धार कार्यमा खटिँदा अपनाउनुपर्ने सुरक्षा र सावधानीका उपायहरूको वारेमा प्रशिक्षण प्रदान गर्नु भएको थियो । उक्त तालिममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय सुनसरी र मोरङमा कार्यरत प्रहरी वरिष्ट हवल्दार देखी प्रहरी जवान दर्जा सम्मका ३० जना प्रहरी कर्मचारीहरुको सहभागीता रहेको थियो । आगो नियन्त्रणका उपयुक्त विधि र जोखिमयुक्त क्षेत्रबाट नागरिकको उद्धारसम्बन्धी सीपले आकस्मिक अवस्थामा गरिने उद्दारलाई सहयोग पुर्‍याउनेछ । समयमै सही विधि अपनाएर आगो नियन्त्रण गर्न सके थप क्षति  रोक्न सकिने भएकाले प्रहरी कर्मचारीलाई अग्नि नियन्त्रण सम्बन्धी व्यवहारिक तथा सैद्दान्तिक ज्ञान दिलाईएको हो  ।

लागू औषध सहित ६ जना पक्राउ
२०८३-०५-१६

झापा, सुनसरी र धनकुटाले लागू औषध सहित ६ जनालाई पक्राउ गरेको छ । भदौ १५ गते झापाको मेचीनगर नगरपालिका- ६ स्थितबाट लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाले धरान- १७ की २६ बर्षीया लक्ष्मी राईलाई ३ ग्राम ८३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यस्तै सुनसरीको इटहरी- २ बाट कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर PIT ले इटहरी- ४ का २१ बर्षीय सबिन मगर र धनकुटा सहिदभुमी गाउँपालिका- ३ छिङ्ताङ घर भई हाल इटहरी- २ स्थितमा बस्दै आएका २२ बर्षीय उज्वल राईलाई लागू औषध ट्रामाडोल र डिसिक्लोमाईन गरी जम्मा १२२० चक्की र प्रदेश ०१-०३-०४७ प ११०८ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो । यसका साथै प्रहरी चौकी हिले धनकुटाले धनकुटा नगरपालिका- २ बाट प्र.१-०२-०४० प २८१८ नम्बरको मोटरसाईकल चालक सुनसरी धरान- १६ का २१ बर्षीय पृथक लिम्बु र मोटरसाईकल पछाडी सवार धरान- १५ का २४ बर्षीय सुयोग लिम्बुलाई ट्रामोल ३७० क्याप्सुल र डिकोलिक ३७० ट्याब्लेट सहित र पैदल यात्री छथरजोरपाटी गाउँपालिका- ४ का २२ बर्षीय कबिन लिम्बुलाई ट्रामोल ११० क्याप्सुल र डिकोलिक ११० ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ । 

४ नाल भरुवा बन्दुक सहित १ जना पक्राउ
२०८३-०५-१५

मोरङबाट बेवारिसे ३ नाल र इलामबाट १ नाल भरुवा बन्दुक सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ १४ गते इलामको देउमाई नगरपालिका- ५ का ३६ बर्षीय राज कुमार तामाङले घरमा भरुवा बन्दुक लुकाई छिपाई राखेको छ भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको प्रहरी टोलीले घर खानतलासी गर्दा उक्त घरबाट १ थान भरुवा बन्दुक फेला पारी तामाङलाई नियन्त्रणमा लिएको हो । त्यस्तै मोरङको मिक्लाजुङ गाउँपालिका- ६ स्थित मयुर सामुदायिक वन भित्र चोरी शिकारी हुने गरेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उक्त जंगलबाट बोरा भित्र बेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक ३ नाल, फलामको नाल १ थान, बारुद १९ ग्राम २४० मिलिग्राम, ९८ वटा फलामको व्यारिङ, १३ वटा फलामका टुक्राहरु र झुम्रो समेत बरामद गरेको छ ।

१ हजार १ सय २२ किलो गाँजा र बोलेरो सहित ३ जना पक्राउ
२०८३-०५-१५

इलाका प्रहरी कार्यालय कटारी उदयपुरले १ हजार १ सय २२ किलो लागू औषध गाँजा र बोलेरो सहित ३ जनालाई पक्राउ गरेको छ । भदौ १५ गते बिहान कटारी नगरपालिका-६ बाँकेटार शान्तीवन क्षेत्रमा गाँजा ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वन भित्र खोजतलास गर्ने क्रममा बा. १६ च ५२६९ नम्बरको बोलेरो र जंगलको बिभिन्न स्थानहरुमा ५२ वटा प्लास्टिको बोरामा लुकाई राखेको अवस्थामा १ हजार १ सय २२ किलो ग्राम गाँजा बरामद गरेको हो । गाँजा बरामद भए संगै ओसार पसारमा संलग्न ताप्ली गाँउपालिका-१ का ५५ वर्षीय राम बहादुर मगर, २१ वर्षीय नेक बहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई समेत नियन्त्रणमा लिएको हो । गाँजा सहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान तथा  आवश्यक कानूनी कारबाही भईरहेको छ ।