प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मर्यादापालकको दक्षता अभिवृद्धि अनुशिक्षण” तालिममको समापन

२०८३-०४-२९

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा संचालित ५ कार्य दिन आवधिको “मर्यादापालकको दक्षता अभिवृद्धि अनुशिक्षण” तालिम प्रथम समूहको कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालको प्रमुख आतिथ्यतामा साउन २९ गते समापन भएको छ । तालिम समापन कार्यक्रमलाई सम्बोधनको क्रममा प्रमुख आतिथि खनालले संसदीय बैठकलाई सुरक्षित, व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गराउन मर्यादापालकको भूमिका महत्वपूर्ण हुने हुँदा बैठकमा सुरक्षा व्यवस्थापन, प्रवेश नियन्त्रण तथा आकस्मिक अवस्थामा प्रभावकारी रूपमा परिचालन भई परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । उहाँले तालिमका क्रममा प्राप्त ज्ञान, सीप र अनुभवलाई कार्यक्षेत्रमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न, आफ्नो जिम्मेवारी निर्वाह गर्दा अनुशासन, संयमता, व्यावसायिकता र समन्वयलाई विशेष प्राथमिकता दिन जोड दिनुभयो । उहाँले तालिमरत प्रशिक्षार्थीहरूबाट उठेका जिज्ञासाहरूको समेत सम्बोधन गर्नुका साथै आवश्यक स्पष्टता समेत प्रदान गर्नु भएको थियो ।
तालिम समापन कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक गजेन्द्र रायाले तालिम सम्बन्धी प्रतिवेदन पेश गर्नु भएको थियो । कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा, कोशी प्रदेश सभा सचिवालयका उप-सचिव अर्जुन घिमिरे, प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीया सहित प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो । कोशी प्रदेश सरकार मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रदेश सहयोग कार्यक्रम अन्तरगत साउन २५ गतेबाट संचालन भएको ५ कार्य दिनको उक्त तालिममा २५ जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार
प्रहरी कार्यक्रम प्रसारणका लागि सम्झौता नवीकरण
२०८३-०५-०३

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र सार्वजनिक सेवा प्रसारण नेपाल NTV इटहरी च्यानल बीच प्रहरी  कार्यक्रम  प्रसारणका लागी सम्झौता नवीकरण भएको छ । भदौ ०३ गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आयोजित कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनाल र सार्वजनिक सेवा प्रसारण नेपाल NTV इटहरी च्यानलका प्रमुख  वसन्त रुपाखेती बीच सम्झौता नविकरण भएको हो । सम्झौता नवीकरण कार्यक्रमलाई सम्वोधनको क्रममा प्रदेश प्रहरी प्रमुख खनालले प्रहरी र नागरिकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउदै प्रहरीका गतिविधि र नागरिकलाई आवश्यक पर्ने सुरक्षा सचेतना प्रवाह गर्न सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने बताउँदै अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम राख्ने कार्यमा कोशी प्रदेश प्रहरी कार्यालयद्वारा निर्मित प्रहरी कार्यक्रमलाई नेपाल टेलिभिजन मार्फत निःशुल्करुपमा प्रसारण गरी आम नागरिकमा सचेतना अभिवृद्दि गर्ने कार्यमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएकोमा सार्वजनिक सेवा प्रसारण नेपाल NTV इटहरी च्यानललाई हार्दिक आभार व्यक्त गर्नु भयो । साथै सार्वजनिक सेवा प्रसारण नेपाल NTV इटहरी च्यानलका प्रमुख वसन्त रुपाखेतीले प्रहरी कार्यक्रमले नागरिकमा सचेना अभिवृद्धि गरी अपराध नियन्त्रण गर्न ठुलो सहयोग पुगेको बताउनु हुदै प्रहरी कार्यक्रमलाई अझ प्रभावकारी बनाई टेलिभिजनबाट प्रसारण गर्न संस्थाको तर्फबाट निरन्तर आवश्यक सहयोग र सहकार्य रहने धारणा व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीया लगायत सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुका साथै सार्वजनिक सेवा प्रसारण नेपाल NTV च्यानल इटहरीका उत्पादन प्रमुख अमित कुमार बर्मा सहितका पदाधिकारीहरुको उपस्थित रहेको थियो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले आम नागरिकमा सचेतना अभिवृद्धि गरी समाजमा शान्ति, सुरक्षा र सु-व्यवस्था कायम राख्ने उद्देश्यका साथ सार्वजनिक सेवा प्रसारण नेपाल (NTV) इटहरी च्यानल लगायत स्थानीय टेलिभिजनहरूसँग सहकार्य गरी प्रहरी कार्यक्रमलाई प्रभावकारी रूपमा निरन्तर प्रसारण गर्दै आईरहेको छ ।  

लागू औषध बेचबिखन तथा ओसारपसारमा संलग्न ३ महिला सहित ९ जना पक्राउ
२०८३-०५-०३

झापा र सुनसरीबाट लागू औषध बेचबिखन तथा ओसारपसार संलग्न ३ महिला सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ ०२ गते विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले झापाको कमल गाउँपालिका-५ स्थितबाट इलाम चुलाचुली गाउँपालिका-३ का निराज तामाङ, दिवान आङथुपो र कमल तामाङलाई ११ ग्राम १५० मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु १ थान र मे. ११ प ८१७७ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो । त्यस्तै बिर्तामोड नगरपालिका-२ बाट इलाका प्रहरी कार्यालय अनारमनीले सोहि स्थानका श्यामलाल ताजपुरियालाई २ ग्राम १४० मिलिग्राम सहित र बिर्तामोड-६ की गिता महतोलाई उनकै घरबाट ५२८ ग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ भने लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाले मेचीनगर-६ स्थितबाट शिवसताक्षी नगरपालिका-७ की सर्मिला सावालाई १ ग्राम १० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । सुनसरीको इटहरी-१ बाट कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर PIT र इलाका प्रहरी कार्यालय इटहरीले सोहि स्थानका रोजेश श्रेष्ठ, ज्ञानी चौधरी र मुकेश चौधरीलाई ८६० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।               

जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय सितागञ्जको निरीक्षण भ्रमण
२०८३-०५-०२

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले भदौ ०२ गते जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय सितागञ्जको निरीक्षण भ्रमण तथा अनुगमन गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा उहाँले कार्यालय, सम्पुर्ण शाखाहरु, हिरासत कक्ष तथा मेसको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आम नागरिक प्रति समान व्यवहार गर्दै प्रहरीको छवि सदैव उच्च राख्ने कार्यमा सवैले आ-आफ्नो पदिय दायित्व जिम्वेवारी पुर्वक निर्वाह गर्न निर्देशन दिनु भएको छ । • प्रहरी नायव महानिरीक्षक खनालले सुनसरी जिल्लामा खुल्ला सीमानाको कारण हुने भन्सार छली, चोरी तस्करी लगायत बिभिन्न अपराधिक घटना नियन्त्रण गर्न सीमा नाकाहरुमा प्रहरीको सक्रियता बढाउन,• सङ्गठित अपराध, गुण्डागर्दी, साईबर अपराध लगायतका अपराधिक गतिविधिमा संलग्न ब्यक्तिहरुलाई पहिचान गरी कानूनी दायरामा ल्याउन, • धार्मिक द्वन्द्व, साम्प्रदायीक सद्‍भाव भट्काउन खोज्ने, सामाजिक सञ्जालमार्फत अफवाह फैल्याउन खोज्नेहरूमाथि कडा निगरानी राखी पक्राउ गरी कानुन बमोजिम कारवाही गर्न,• नजिकिदै गरेको चाडपर्वहरुलाई लक्षित गरी सुरक्षा योजना बनाई प्रभावकारीरुपामा प्रहरी परिचालन गर्न,• बढ्दो सवारी दुर्घटनालाई न्यूनिकरणको लागी ट्राफिक चेकजाँच तथा सचेतनामुलक कार्यक्रमलाई निरन्तरता दिन निर्देशन दिनु भयो ।निरीक्षण भ्रमणको क्रममा प्रदेश प्रहरी प्रमुख खनाललाइ जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक पुष्पराज मल्लले जिल्लाको समग्र शान्ति सुरक्षा, र प्रहरी परिचालनको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।

कोशी प्रदेश प्रहरी प्रमुखबाट कोशी प्रदेश प्रहरी अस्पताल सुनसरीको निरीक्षण अनुगमन
२०८३-०५-०२

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले भदौ ०२ गते कोशी प्रदेश प्रहरी अस्पताल सुनसरीको निरीक्षण भ्रमण तथा अनुगमन गर्नु भएको छ । निरीक्षणको क्रममा उहाँले अस्पतालमा रहेका बिभिन्न ल्याव तथा आकस्मिक कक्षहरुको निरीक्षण गर्नु भएको छ । निरीक्षण पश्चात कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशनको क्रममा प्रहरी नायव महानिरीक्षक खनालले अस्पतालमा उपचारका लागि आउने प्रहरी कर्मचारी, प्रहरी परिवार तथा सर्वसाधरणहरुलाई अस्पतालले प्रदान गर्ने सेवा सुबिधा सहज वातावरणमा उपलव्ध गराई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न, उपचार प्रक्रियालाई व्यवस्थित बनाउन तथा सेवाग्राहीको गुनासो र समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्न निर्देशन दिनुभयो । निर्देशनकै क्रममा उहाँले अस्पतालमा आवश्यक पर्ने औषधी, अक्सिजन र मेडिकल उपकरणहरूको अभाव हुन नदिन, समय-समयमा नागरिक समक्ष सचेतनामुलक कार्यक्रम तथा स्वास्थ्य शिविरहरू सञ्चालन गर्न तथा प्रहरी अस्पतालबाट प्रदान गरिने सेवा सुविधालाई गुणस्तरीय बनाउन निर्देशन दिनुभयो ।

कोशी प्रदेश प्रहरी प्रमुखद्वारा नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीको निरीक्षण
२०८३-०५-०२

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी सुनसरीको निरीक्षण भ्रमण गर्नु भएको छ । भदौ ०२ गते निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय भवन, सम्पूर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा उहाँले प्रहरी कर्मचारीहरू शारीरिक तथा मानसिकरूपमा स्वास्थ्य र तन्दुरुस्त भए मात्र आम नागरिकलाई प्रभावकारी सुरक्षा प्रदान गर्न सकिने भएको हुँदा कार्यरत प्रहरी कर्मचारीहरूलाई दैनिकरूपमा व्यायाम र पोषणयुक्त खानाको प्रबन्ध मिलाउन निर्देशन दिनुभयो । विशेष सुरक्षा गणमा कार्यरत प्रहरी कर्मचारीहरू विशेष गरी विपद उद्धार, भिड, हुलदङ्गा नियन्त्रण र जस्तो सुकै विषम परिस्थितिमा तत्काल परिचालन भई स्थितिलाई नियन्त्रणमा लिई नागरिकको सुरक्षा गर्नु पर्ने भएको हुँदा प्रहरी परिचालन हुनु अगावै कमाण्डरहरूले आवश्यक ब्रिफिङ गर्न, स्थितिलाई नियन्त्रणमा लिँदा कमाण्डरको निर्देशन बमोजिम सिलसिलेबार बल प्रयोगका सिद्धान्त अवलम्बन गरी प्रहरी कारवाही गर्न निर्देशन दिनु भएको छ । साथै उहाँले आफू बस्ने कार्यालय लगायत विपद उद्धार तथा भिड नियन्त्रणमा प्रयोग हुने सामाग्रीहरूको नियमित सरसफाइमा विशेष ध्यान दिन र विपदका घटनाहरूमा उद्धारको निम्ति आवश्यक सामाग्रीहरू सहित तत्काल परिचालन हुन सक्ने गरी तयारी अवस्थामा रहन निर्देशन दिनु भएको छ । निरीक्षण भ्रमणको क्रममा प्रदेश प्रहरी प्रमुख खनाललाई नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीका प्रमुख प्रहरी उपरीक्षक केशव भट्टराईले प्रहरी जनशक्ति व्यवस्थापन, विपद् व्यवस्थापन लगायतका आकस्मिक तथा विशेष परिस्थितिमा प्रहरी परिचालनको अवस्था, कार्य योजनाको बारेमा अवगत गराउनु भएको थियो । निरीक्षण भ्रमणको क्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीया सहित प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।