अवैध गाँजाको बोट तथा बेर्ना फडानी गरी नष्ट
२०८३-०४-०९
- A
- A-
- A+
भोजपुर जिल्लाका बिभिन्न स्थानहरुमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोट तथा बेर्नाहरु प्रहरीले फडानी गरी नष्ट गर्दै गरेको छ । साउन ०८ गते इलाका प्रहरी कार्यालय घोडेटार, बोयाङ र प्रहरी चौकी हसनपुरबाट खटिएको प्रहरी टोलीले हतुवागढी र आमचोक गाउँपालिकाको बिभिन्न एरियाहरुको डाँडा पाखामा करिव ३ रोपनी क्षेत्रफलमा रहेका ७ सय वटा गाँजाको बेर्ना तथा नाभो बोटहरु फडानी गरी जलाई नष्ट गरेको छ ।