अवैध गाँजाको बोट तथा बेर्ना फडानी गरी नष्ट
२०८३-०४-११
- A
- A-
- A+
भोजपुर जिल्लाका बिभिन्न स्थानहरुमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोट तथा बेर्नाहरु प्रहरीले फडानी गरी नष्ट गर्दै गरेको छ । साउन ०९ गते इलाका प्रहरी कार्यालय घोडेटार, बोयाङ, बालंखा, प्रहरी चौकी हसनपुर, अस्थायी प्रहरी चौकी दुम्माना र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प युँ भोजपुरबाट खटिएको संयुक्त टोलीले हतुवागढी र आमचोक गाउँपालिकाको बिभिन्न एरियाहरुको डाँडा पाखामा करिव ३ रोपनी क्षेत्रफलमा रहेका ४ हजार ५ सय वटा गाँजाको बेर्ना तथा नाभो बोटहरु फडानी गरी जलाई नष्ट गरेको छ ।