प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बिभिन्न मुद्दाका १२ जना फरार प्रतिवादीहरु पक्राउ

२०८३-०६-१३

  • A
  • A-
  • A+
Share

विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका १२ जना प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले खोज तलासको क्रममा असोज १२ गते मोरङबाट ४ जना, झापाबाट ३ जना, सुनसरीबाट १ जना र ताप्लेजुङबाट ४ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट ३ वर्ष ११ महिना २५ दिन कैद सजाय र ४५ हजार जरिवाना वापतको रकम असुल उपर भएको छ भने उनीहरुलाई कैद भुक्तानको लागी कारागार पठाएको छ ।

सम्बन्धित समाचार
२१ बुङ्ग तास सहित १२ जना पक्राउ
२०८३-०६-१४

धनकुटाको चौबिसे गाउँपालिका-२ स्थितबाट २१ बुङ्ग तास र नगद २ लाख ३६ हजार २५० रुपैयाँ सहित तास खेल्ने ६ जना र खेल हेर्ने ६ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ । असोज १३ गते इलाका प्रहरी कार्यालय राजारानी धनकुटाबाट खटिएको प्रहरी टोलीले चौबिसे-२ डाँडागाउ स्थित दिपक सारु मगरको घरमा तास खेलिरहेको अवस्थामा सोही स्थानका इमा मगर, राजेन्द्र मगर, चौबिसे-६ का गुणराज राई, लेख बहादुर लिम्बु, योगेन लिम्बु र चौबिसे-७ का राम चेम्जोङलाई पक्राउ गरेको छ भने तास खेल हेर्ने चौबिसे-२ का सुमन मगर, समिर मगर, प्रजल मगर, प्रदिप मगर, बिशाल मगर र चौबिसे-६ का धिरेन चेम्जोङलाई पक्राउ गरेको छ । तास सहित पक्राउ परेका उनीहरूको आवश्यक कानूनी कारबाही भइरहेको छ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८३-०६-१४

झापा र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित ५ जनालाई पक्राउ गरिएको छ । असोज १३ गते झापाको इलाका प्रहरी कार्यालय दमकले दमक नगरपालिका-५ स्थितबाट दमक-८ का २५ वर्षिय सुधिर शर्मालाई ३७० मिलिग्राम ब्राउन सुगर सहित, दमक-४ का ३३ वर्षिय अनित राईलाई १ ग्राम २९० मिलिग्राम ब्राउन सुगर सहित र अस्थायी प्रहरी चौकी गरामनिले विर्तामोड नगरपालिका-८ का २९ वर्षिय यादन बि.क र सिन्धुपाल्चोक बागमती नगरपालिका-१० का ३३ वर्षिय सविन गोलेलाई ७५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने सुनसरीको धरान उप-महानगरपालिका-१६ का ३५ वर्षिय निकेश रितेश तामाङलाई ट्रामोडोल- १०० क्याप्सुल प्रतिबन्धित औषधि सहित इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ । पक्राउ परेको सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

बिभिन्न मुद्दाका ७ जना फरार प्रतिवादीहरु पक्राउ
२०८३-०६-१४

विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ७ जना प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले खोज तलासको क्रममा असोज १२ गते झापाबाट ३ जना, मोरङबाट २ जना र सुनसरीबाट २ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट १० वर्ष ५ महिना २६ दिन कैद सजाय र ३ लाख ३० हजार ५ सय जरिवाना वापतको रकम असुल उपर भएको छ भने उनीहरुलाई कैद भुक्तानको लागी कारागार पठाईएको छ ।

लागू औषध ब्राउन सुगर सहित ५ जना पक्राउ
२०८३-०६-१३

मोरङ र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरिएको छ । असोज १२ गते चेकजाँचको क्रममा मोरङको प्रहरी चौकी डाम्राभिट्टाले रतुवामाई नगरपालिका-५ का मो. साकिम र २० वर्षिय मो. साहिललाई १९५ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसै गरी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले धरान-१९ का मनिष योगीलाइ ५ ग्राम २७० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय इटहरीले इटहरी -११का सुमित गुरुङ र इटहरी-१२ का अजय कुमार चौधरीलाई ३२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

तास सहित ८ जना पक्राउ
२०८३-०६-१३

मोरङको विराटनगर महानगरपालिका-६ स्थितबाट १ बुङ्ग तास र नगद ४८ हजार ३९५ रुपैयाँ सहित तास खेल्ने ८ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ ।  असोज १३ गते जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर-६ सरौचिया स्थित लालु पासवानको घरमा तास खेलिरहेको अवस्थामा सोही स्थानका राजेश कामत, गंगाराम मण्डल, विष्णु कामत, विराटनगर-४ का सत्य नारायण राजवंशी, तोरण यादव,  विराटनगर-८ का चन्दन मुखिया, विराटनगर-१४ का बलराम कोईराला र धनपालथान -६ का साजन राजवंशीलाई पक्राउ गरेको छ । तास सहित पक्राउ परेका उनीहरूको आवश्यक कानूनी कारवाही भइरहेको छ ।

लागू औषधसहित १० जना पक्राउ
२०८३-०६-१२

झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट लागू औषधसहित १० जनालाई पक्राउ गरिएको छ । असोज ११ गते  चेकजाँचको क्रममा लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले  अर्जुनधारा नगरपालिका-८ का प्रमोद साह र राज बिष्टलाई १० ग्राम २०० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित र इलाका प्रहरी कार्यालय काँकडभिट्टाले मेचीनगर नगरपालिका-६ का सुरेश उराउलाई ४ ग्राम २०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । त्यसैगरी, सुनसरीको इलाका प्रहरी कार्यालय धरानले धरान-१९ का पुजन श्रेष्ठलाई १ ग्राम १३० मिलिग्राम ब्राउन सुगरसहित र अस्थायी प्रहरी चौकी इनरुवाले इटहरी-१ का सुरज माझी, तोरण माझी र मनिष माझीलाई ५ ग्राम ४९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । चेकजाँचकै क्रममा मोरङको इलाका प्रहरी कार्यालय रानीले विराटनगर-१६ बाट भारत, दरभंगाका राकेश कुमार साहलाई ३० ग्राम ३० मिलिग्राम गाँजासहित, धरान-१३ का राजु बिश्वकर्मालाई ६ ग्राम ५१० मिलिग्राम ब्राउन सुगर र नाइट्राभेट–६० ट्याब्लेट प्रतिबन्धित औषधिसहित र कोशी प्रदेश प्रहरी कार्यलय बिराटनगरको प्रादेशीक अनुसन्धान समुह र प्रहरी चौकी डाँगीहाटको संयुक्त प्रहरी टोलीले बेलबारी-४ का योगेश लिम्बूलाई ३७७ ट्याब्लेट प्रतिवन्धित औषधी सहित पक्राउ गरेको छ ।