भरुवा बन्दुक र लागू औषध गाँजा सहित १ जना पक्राउ
२०८३-०४-१४
- A
- A-
- A+
मोरङको सुन्दरहरैचा नगरपालिका-१० स्थितबाट १ थान भरुवा बन्दुक र गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन १३ गते बिशेष सुचनाको आधारमा मोरङको इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैचा नगरपालिका-१० का ५६ बर्षीय बल बहादुर राईको घरकोठा खानतलासी गर्ने क्रममा भान्साकोठामा लुकाई छिपाई राखेको भरुवा बन्दुक १ थान र गोठमा लुकाई राखेको अवस्थामा १ किलो ५०० ग्राम गाँजा बरामद गरे सगै राईलाई नियन्त्रणमा लिएको हो । भरुवा बन्दुक र गाँजा सहित पक्राउ परेका राईको थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाही भईरहेको छ ।