अवैध गाँजाको बोट तथा बेर्ना फडानी गरी नष्ट
२०८३-०४-१२
- A
- A-
- A+
भोजपुरको इलाका प्रहरी कार्यालय घोडेटार, बोयाङ, बालंखा, प्रहरी चौकी हसनपुर, अस्थायी प्रहरी चौकी दुम्मानाबाट साउन ११ गते गाँजा फडानी गर्न खटिएको प्रहरी टोलीले हतुवागढी र आमचोक गाउँपालिकाको बिभिन्न एरियाहरुको डाँडा पाखामा करिव ७ रोपनी क्षेत्रफलमा रहेका ८ हजार ९ सय वटा गाँजाको बेर्ना तथा नाभो बोटहरु फडानी गरी जलाई नष्ट गरेको छ ।