प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

"सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य, आम विनासका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी" सम्बन्धि अपराध अनुसन्धान अनुशिक्षण तालिमको समुद्‍घाटन

२०८३-०२-१९

  • A
  • A-
  • A+
Share

नेपाल राष्ट्र बैंक तथा नेपाल प्रहरी प्रधान कार्यालयको आयोजनामा सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य, आम विनासका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी" सम्बन्धि अपराध अनुसन्धान अनुशिक्षण तालिमको समुद्‍घाटन भएको छ । जेठ १९ गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा  नेपाल राष्ट बैङ्का गभर्नर बिश्वनाथ पौडेलको प्रमुख अतिथ्यता तथा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको विशिष्ट अतिथ्यतामा उक्त तालिमको समुद्‍घाटन भएको हो । तालिम उद्‍घाटन कार्यक्रमलाई सम्वोधनको क्रममा प्रमुख अतिथि नेपाल राष्ट बैङ्का गभर्नर बिश्वनाथ पौडेलले वित्तीय प्रणालीको पारदर्शिता, सुशासन तथा आर्थिक स्थायित्व कायम गर्न सम्पत्ति शुद्धीकरण, आतंकवादी गतिविधिमा वित्तीय लगानी तथा आमविनाशका हातहतियारसँग सम्बन्धित वित्तीय अपराध नियन्त्रण अत्यन्त महत्वपूर्ण रहेको बताउदै यस्ता अपराधको अनुसन्धान तथा निगरानीमा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय, सूचना आदानप्रदान र दक्ष जनशक्ति उत्पादन गरी वित्तीय अपराधका नयाँ प्रवृत्ति र चुनौतीहरूलाई नियन्त्रण गर्ने उद्देश्यले प्रहरी कर्मचारीहरुलाई उक्त तालिम  प्रदान गरिएको बताउनु भयो ।

सम्वोधनकै क्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले वित्तीय अपराधको स्वरूप दिनप्रतिदिन जटिल बन्दै गएको उल्लेख गर्दै यस्ता अपराधको सफल अनुसन्धानका लागि प्राविधिक ज्ञान, अनुसन्धान सीप र अन्तरनिकाय समन्वय अपरिहार्य रहेको बताउनुभयो । प्रहरीले हुण्डी कारोवार, संगठित अपराध, मानव बेचबिखन तथा लागूऔषध ओसार पसार, अपराधिक लाभ, ठगी जस्ता अपराधहरुको सफल अनुसन्धान गर्न प्रमाण संकलन, वितिय विश्लेषण, अन्तर निकायसंगको समन्वय, अन्तराष्ट्रिय सहकार्य गर्दै आएको बताउनु भयो । सम्पत्ति शुद्धीकरण तथा आतंककारी वित्तीय लगानीसँग सम्बन्धित अपराध नियन्त्रण राष्ट्रिय सुरक्षा र आर्थिक सुशासनसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले नेपाल प्रहरीले यस क्षेत्रमा आफ्नो क्षमता अभिवृद्धि गर्दै आएको साथै  तालिमले सहभागी प्रहरी अधिकृतहरूको सैद्धान्तिक, व्यवहारिक ज्ञानमा अभिवृद्धि भई भविष्यमा यस्ता अपराधको प्रभावकारी नियन्त्रण तथा अनुसन्धानमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नु भयो । साथै औपचारिकरुपमा शुभारम्भ भएको उक्त तालिमको शुभकामना समेत व्यक्त गर्नु भयो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले तालिमको महत्वका बारेमा प्रकाश पार्नु भएको थियो भने कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारीले स्वागत मन्तव्य तथा नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी वरीष्ठ उपरीक्षक मुकुन्द मरासिनीले धन्यवाद ज्ञापन सहितको मन्तव्य राख्नु भएको थियो । तालिम समुद्‍घाटन कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र फुयाल, नेपाल राष्ट्रबैङ्कका निर्देशक शरण कुमार अधिकारी लगायतका पदाधिकारीहरु,  नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख, जिल्ला प्रहरी कार्यालय झापा, मोरङ, सुनसरी, उदयपुरका प्रमुखहरु, प्रहरी अधिकृतहरु लगायत प्रशिक्षार्थीहरुका साथै संचार कर्मिहरुको उपस्थिति रहेको थियो ।

तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई सम्पत्ति शुद्धीकरण, आतंककारी वित्तीय लगानी तथा आमविनाशका हातहतियार निर्माण वा विस्तारसँग सम्बन्धित वित्तीय अपराधको अनुसन्धान, कानुनी व्यवस्था, जोखिम पहिचान तथा अनुसन्धान प्रविधिका विषयमा प्रशिक्षण प्रदान गरिने छ । वित्तीय अपराधको बदलिँदो स्वरूपलाई मध्यनजर गर्दै अनुसन्धान अधिकृतहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिमले अपराधको प्रभावकारी अनुसन्धान तथा नियन्त्रणमा सहयोग पुग्ने छ । ५ कार्य दिन अवधिको उक्त तालिममा कोशी प्रदेश अन्तरगत रहेका जिल्ला प्रहरी कार्यालय तथा मुद्दा चल्ने प्रहरी इकाईका अनुसन्धान शाखामा कार्यरत २४ जना जुनियर प्रहरी अधिकृतहरुको सहभागीता रहेको छ ।


सम्बन्धित समाचार
लागू औषध सहित १२ जना पक्राउ
२०८३-०३-३२

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने अभियान अन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न १२ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको साथबाट लागू औषध ब्राउन सुगर ४१ ग्राम १९६ मिलिग्राम र १ थान स्कुटी बरामद भएको छ । ....................... ....................... .................................. ............................... .................................... लागू औषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रंगेली मोरङबाट रंगेली नगरपालिका- ६ र ७ स्थित खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मलद्धवारमा कालो प्लाष्टिकको पोका पारी लुकाई छिपाई राखेको अवस्थामा ३१ ग्राम ५६ मिलिग्राम ब्राउन सुगर फेला पारी बरानद गरेसगै बेचबिखानमा संलग्न पथरी शनिश्चरे नगरपालिका- १ का भुपाल कार्की, इलाम चुलाचुली गाउँपालिका- १ घर भई हाल पथरी शनिश्चरे- १ स्थित बस्दै आएका २३ बर्षीय सम्योक वानेम फागो र सोही स्थानकी २० बर्षीया भुमिका फागोलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै सुनसरीको इटहरी- ४ बाट इलाका प्रहरी कार्यालय इटहरीले ९१० मिलिग्राम र को. २७ प ८७३७ नम्बरको स्कुटि सहित कानेपोकरी गाउँपालिका- ५ का २८ बर्षीय बिनोद बयाँलकोटी, सप्तरी हनुमाननगरका २५ बर्षीय रोशन पाण्डे र लेटाङ नगरपालिका-५ की २९ बर्षीय स्मृती मगरलाई पक्राउ गरेको हो भने धरान- ५ बाट अस्थायी प्रहरी चौकी देउरालीले सोहि स्थानका चोक्मान तामाङलाई १ ग्राम ६४० मिलिग्राम सहित र धरान- १९ बाट वडा प्रहरी कार्यालय धरानले सोहि विजय लिम्बु र पुर्ण श्रेष्ठलाई १ ग्राम ५१० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । झापाको मेचीनगर नगरपालिका- ६ बाट इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाले बिर्तामोड नगरपालिका- १ का ३० बर्षीय मो. सदाम हुसेन र भारत घर भई हाल बिर्तामोड नगरपालिका- ५ स्थित बस्दै आएका १९ बर्षीय मुबारक अली र इलाम फाकफोकथुम गाउँपालिका- ३ का रमेश थेगिमलाई ६ ग्राम ८० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८३-०३-३१

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने अभियान अन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको साथबाट ब्राउन सुगर ७१ ग्राम ९१० मिलिग्राम बरामद भएको छ । चेकजाँचको क्रममा मोरङको अस्थायी प्रहरी चौकी कुशलबजारले प्र.१–०२–०४९ प ५८७८ नम्बरको मोटरसाइकल चालक सुनवर्षी नगरपालिका–१ बस्ने २५ वर्षीय सुनिल पासवानलाई ७५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी इलाका प्रहरी कार्यालय बेलबारीले बेलबारी नगरपालिका–४ का  सुनिल राईलाई ६१ ग्राम ९२० मिलिग्राम ब्राउन सुगर र नगद ७२ हजार सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय दमकले इलामको माङसेबुङ गाउँपालिका–३ का अम्बर साम्बालाई ३२० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । चेकजाँचकै क्रममा अस्थायी प्रहरी चौकी गरामनीले भद्रपुर नगरपालिका-४ का मनिष लिम्बुलाई १ ग्राम ३५० मिलिग्राम ब्राउन सुगर सहित र सुनसरीको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले धरान उपमहानगरपालिका–१८ का सौगात सुनुवारलाई ७ ग्राम ५७० मिलिग्राम ब्राउन सुगर र को २८ प २४३२ नम्बरको स्कुटर सहित नियन्त्रणमा लिएको छ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८३-०३-२९

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने अभियान अन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको साथबाट गाँजा ५ किलो १०५ ग्राम, ब्राउन सुगर १०७ ग्राम ६०५ मिलिग्राम बरामद भएको छ । ....................... ....................... .................................. ...................................... .............................. झापाको दमक नगरपालिका- ६ स्थितबाट इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले गौरादह नगरपालिका- १ का २६ बर्षीय बिशाल राई र उमेश राजवंशीलाई ५६० मिलिग्राम ब्राउन सुगर र प्रदेश न.१-०१-०१८ प ७७०७ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएको छ भने संखुवासभाको खाँदबारी नगरपालिका- ५ का ७० बर्षीय भिम बहादुर तामाङलाई उनकै घरबाट लुकाई छिपाई राखिएको प्लास्टिक सहित ५ किलो १०५ ग्राम गाँजा सहित जिल्ला प्रहरी कार्यालय संखुवासभाले पक्राउ गरेको हो । यसै गरी बिशेष सूचनाको आधारमा लागू औषध  नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले मोरङको धनपालथान गाउँपालिका- १ का २५ बर्षीय जमालउद्दीन मिया र २५ बर्षीय इमदाद मियालाई १०७ ग्राम ४५ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

लागू औषधसहित ८ जना पक्राउ
२०८३-०३-२८

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने अभियानअन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न ८ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको साथबाट गाँजा २ किलो ९५७ ग्राम, ब्राउन सुगर ७ ग्राम ९४० मिलिग्राम बरामद भएको छ ।....................... ....................... .................................. ...................................... .....................संखुवासभाको जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा खाँदबारी नगरपालिका–८ अर्चलेस्थित रत्न बहादुर मगरको घरमा खानतलासी गर्दा घरभित्र बोरामा लुकाईछिपाई राखेको २ किलो ९५७ ग्राम गाँजा बरामद गरी स्थानीय ७० वर्षीय रत्न बहादुर मगरलाई पक्राउ गरिएको छ ।यसैगरी सुनसरीको कोशी गाउँपालिका–१ लौकही बजारस्थित इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको BR38V0784 नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा मोटरसाइकलमा लुकाईछिपाई राखेको १ ग्राम ८२० मिलिग्राम ब्राउन सुगर बरामद गरी चालक कोशी गाउँपालिका–६ का सुरेन्द्र महत्तोलाई पक्राउ गरिएको छ । यसैगरी चेकजाँचकै क्रममा सुनसरीको इटहरी उपमहानगरपालिका–१ आदर्श टोलस्थित इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका–२० का ३६ वर्षीय हरी प्रसाद पराजुलीलाई ५१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ ।यसैगरी झापाको झापा गाउँपालिका–४ सुकुम्बासी बस्तीस्थित प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका भारत, जिल्ला अररिया, पलासीका मोहम्मद मुक्तर र नसाद आलमको साथबाट १ ग्राम ७१० मिलिग्राम ब्राउन सुगर बरामद गरी दुवै जनालाई पक्राउ गरिएको छ ।त्यसैगरी मोरङको कानेपोखरी गाउँपालिका–५ कर्म टोलस्थित एक घरमा लागू औषध सेवन तथा कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी रमाइलोबाट खटिएको प्रहरी टोलीले ३ ग्राम ९०० मिलिग्राम ब्राउन सुगर सहित कानेपोखरी गाउँपालिका–५ का १९ वर्षीय संजय मुसहर, ४१ वर्षीय संजय चौधरी र लेटाङ नगरपालिका–३ का २४ वर्षीय रमेश सुबेदीलाई पक्राउ गरेको छ ।पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको छ ।

लागू औषधसहित ७ जना पक्राउ
२०८३-०३-२७

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने अभियानअन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न ७ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनिहरूको साथबाट ब्राउन सुगर ७ ग्राम ५२० मिलिग्राम, स्पास्पेन २५० ट्याब्लेट बरामद भएको छ । ....................... ....................... .................................. ...................................... ..................... उदयपुरको प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले उदयपुरको त्रियुगा नगरपालिका–६ स्थितमा लहानबाट गाईघाटतर्फ आउँदै गरेको को २० प ८२०२ नम्बरको मोटरसाइकललाई शङ्का लागी चेकजाँच गर्दा चालक सिराहा लहान नगरपालिका–२२ का सन्दिप चौधरीको साथबाट ६६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।  चेकजाँचकै क्रममा सुनसरीको कोशी गाउँपालिका–१ लौकही बजारस्थित इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका धरान उपमहानगरपालिका–१६ का बिनोद लिम्बु र मोरङको सुन्दरहरैँचा नगरपालिका–७ का दिपेश चौधरीलाई शङ्काको चेकजाँच गर्दा ३ ग्राम ७४० मिलिग्राम औषधि स्पास्पेन २५० ट्याब्लेट बरामद गरी दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ । यसैगरी झापाको भद्रपुर नगरपालिका–४ नर्सिङ बगानस्थित वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बिर्तामोड नगरपालिका–८ का लखन वास्के, बिर्तामोड नगरपालिका–७ का राम किस्कु, सुफल मुर्मु र रमेश उप्रेतीलाई ३ ग्राम १२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ । पक्राउ परेको उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषधसहित ८ जना पक्राउ
२०८३-०३-२६

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने अभियानअन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न ८ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूबाट ७१ ग्राम ६१० मिलिग्राम ब्राउन सुगर, प्रतिबन्धित लागू औषध स्पास्मो ८ ट्याब्लेट, डाईसाइक्लोमाइन- ५ बोतल, ३ थान मोटरसाईकल, २ थान कार र ३२८ किलोग्राम गाँजा बरामद भएको छ । ....................... ....................... .................................. ...................................... ..................... जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको प्रहरी गस्ती टोलीले कोशी गाउँपालिका–७ स्थित सप्तकोशी नदी किनारमा ८ वटा प्लास्टिकको पोकामा पानीमा तैरिरहेको अवस्थामा ३०८ किलोग्राम गाँजा बरामद गरेको छ । चेकजाँचको क्रममा इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बराहक्षेत्र नगरपालिका–१० का गणेश यादव र उनका छोरा विकास यादवलाई ४ ग्राम २३० मिलिग्राम ब्राउन सुगर, २०८ ग्राम गाँजा, प्रतिबन्धित लागू औषधी स्पास्मो- ८ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ । चेकजाँचकै क्रममा विराटनगर महानगरपालिका-८ का शिवकुमार रायलाई प्रतिबन्धित लागू औषध ESKUF-DX  ५ बोतल सहित अस्थायी प्रहरी चौकी मटेरुवाले र पथरीशनिश्चरे नगरपालिका–१ का राज राई र  पथरीशनिश्चरे -८ का नर बहादुर विश्वकर्मालाई ६४० मिलिग्राम ब्राउन सुगर, प्र.१–०२–००२ च ८९२० नम्बरको कार  र मे.५ प ४९५९ नम्बरको मोटरसाइकल सहित इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ । चेकजाँचकै क्रममा झापाको वडा प्रहरी कार्यालय भद्रपुरले कमल गाउँपालिका–५ का अनिल धिमाललाई २ ग्राम ५० मिलिग्राम ब्राउन सुगर सहित, इलाका प्रहरी कार्यालय अनारमनी र लागू औषध नियन्त्रण ब्यूरो काँकडभिट्टाले भारत किशनगञ्जका अल्ताप अन्सारी र बिर्तामोड-५ का सुरज चौधरीलाई ४ ग्राम २४० मिलिग्राम ब्राउन सुगर र १ थान डिजिटल तराजु सहित नियन्त्रणमा लिएको छ । यसै गरी मोरङको जहदा गाउँपालिका–१ स्थित सडक खण्डबाट बा.१२ च ७५५२ नम्बरको कारमा १९ किलो ३२० ग्राम गाँजा र ब्राउन सुगर ६० ग्राम बरामद भएको छ भने कार चालकको खोजी कार्य भइरहेको छ ।