प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

संगठन प्रमुख प्रहरी महानिरीक्षकबाट निर्देशन सम्वोधन ।

२०८३-०२-१९

  • A
  • A-
  • A+
Share

नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले कोशी प्रदेश तथा माहतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । जेठ १९ गते कोशी प्रदेश प्रहरी तालिमकेन्द्रको प्राङ्गणमा आयोजित एक कार्यक्रमका बिच भएको निर्देशन सम्वोधनको क्रममा वहाँले नेपाल प्रहरीले मानिसको जन्म देखि मृत्यु सम्म हुने गरेका सम्पूर्ण गतिविधि, क्रियाकलापहरुमा भरोसाको धरोहर भएर काम गर्नु पर्ने बताउनु भयो । वँहाले नेपाल प्रहरीको उच्च ब्यवसायिकता प्रदर्शन गरी कार्यालयमा सेवा लिन आएका सेवाग्राहीहरुप्रति समान व्यवहार तथा अपेक्षा रहित कार्य प्रदर्शन गर्दै मिठो र नम्र बोलि बचनका साथ प्रस्तुत हुन उपस्थित सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो । साथै वँहाले द्वन्द, बन्द, बाढी, पहिरो, आँधी हुरीमा खटिने प्रहरी सधै चुस्त, दुरुस्त र स्फुर्ती हुनुपर्ने भएकोले दैनिक रुपमा शारिरीक व्यायाम, योग ध्यान गरी मन र तनबाट नै तयारी अवस्थामा रहनु पर्ने बताउनु भयो । यसका साथै खुल्ला सिमा नाकाको कारण हुने भन्सार चोरी निकासी तथा बिभिन्न अपराधिक घटनाको रोकथाम तथा नियन्त्रणका लागि योजना मुताविक प्रहरी परिचालनगरी  संलग्न व्यक्तिलाई कानूनी दायरामा ल्याउन निर्देशन दिनुभयो ।  निर्देशन सम्वोधनको क्रममा नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी वरिष्ट उपरीक्षक मुकुन्द मरासैनी, कोशी प्रदेश प्रहरी तालिमकेन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द अधिकारी, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख ज्ञानेन्द्र फुँयल, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा, नेपाल प्रहरी विशेष सुरक्षा गण दुहवी,  नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय इटहरी, जिल्ला प्रहरी कार्यालय मोरङ, सुनसरी, झापा र उदयपुरका प्रमुखहरु लगायत सिनियर तथा जुनियर प्रहरी अधिकृतहरू सहित प्रहरी कर्मचारीहरु तथा प्रशिक्षार्थी प्रहरी जवानहरुको  समेत उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार
लागू औषध सहित ५ जना पक्राउ
२०८३-०४-१०

झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट साउन ०९ गते लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काकँरभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काकँरभिट्टाको संयुक्त प्रहरी टोलीले झापाको अर्जुनधारा नगरपालिका-११ का २१ वर्षीय बिबेक जबेगुलाई ६ ग्राम ५०० मिलिग्राम लागू औषध ब्राउन सुगर र  प्र.१-०१-०१३ प ५२ नम्बरको मोटरसाइकल सहित नियन्त्रणमा लिएको छ भने वडा प्रहरी कार्यालय भद्रपुर झापाले अर्जुनधारा-९ का २२ वर्षीय अरमान खानलाई २ ग्राम ४ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । यसैगरी अस्थायी प्रहरी चौकी डाम्राभिट्टाले रतुवामाई नगरपालिका-८ का २९ वर्षीय मोहन बास्कीलाई २२० मिलिग्राम ब्राउन सुगर सहित र प्रहरी चौकी रमाईलोले बेलबारी नगरपालिका-११ का २९ वर्षीय रणध्वज राईलाई  ६ ग्राम ३८० मिलिग्राम ब्राउन सुगर, प्र.१-०२-०४४ प.११८ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो । यसका साथै प्रहरी चौकी नरसिंहटप्पु सुनसरीले साउन ९ गते साँझ धनकुटा-१ घर भई हाल इटहरी उप-महानगरपालिका-४ मा कोठा भाडामा बस्दै आएका ३५ वर्षीय मन बहादुर थापालाई १०८ ग्राम ३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेका सबै जनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

लागू औषध सहित १४ जना पक्राउ
२०८३-०४-०९

 कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने अभियान अन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न १४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको साथबाट ब्राउन सुगर ११२ ग्राम ५३६ मिलिग्राम, गाँजा ७१ किलो ३५ ग्राम, प्रतिबन्धित औषधी ३६३ क्याप्सुल, बस १ थान आटो १ थान र २ थान मोटरसाईकल बरामद भएको छ । ………………………. …………………………………………………. ……………………... मोरङको कानेपोखरी गाउँपालिका- ५ बाट प्रहरी चौकी रमाईलोले १ ग्राम ३७० मिलिग्राम ब्राउन सुगर सोहि स्थानका  अमित धिमाल र पर्वत राईलाई पक्राउ गरेको छ भने प्रहरी चौकी सिक्टी र बरडंगाको प्रहरी टोलीले सुनवर्षी गाउँपालिका- ८ बाट BR38K3179 नम्बरको मोटरसाईकल चालक भारत बिहारका भक्ति पासवानलाई ८२० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । त्यस्तै विराटनगर- ४ स्थितबाट CRV भट्टाचोक मोरङ र लागू औषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले दुहबी नगरपालिका- १२ का २१ बर्षीय धन कुमार यादवलाई १०४ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । सुनसरीको ईनरुवा नगरपालिका- ४ बाट उर्लाबारी- ४ का बुद्दिमान साह र एलिश राईलाई जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसचोक ईनरुवाले ४ ग्राम ३६ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका- ३ बाट प्र १-०५-००१ ख ००७० नम्बरको बस चालक त्रियुगा नगरपालिका- ७ का पर्शुराम मगर र सह-चालक उदयपुरगढी गाउँपालिका- ७ का जिवन कुमार कामीलाई अस्थायी प्रहरी पोष्ट बसपार्कले करिव ४७० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी धनकुटाको धनकुटा नगरपालिका- १ बाट प्रहरी चौकी हिलेले पाख्रिबास नगरपालिका- ९ का रियल मगर र पाख्रिबस नगरपालिका- ४ का कुशल राईलाई प्रतिबन्धित औषधी ट्रामोल र स्पास्पेन ३६३ क्याप्सुल सहित नियन्त्रणमा लिएको छ भने सागुँरीगढी गाउँपालिका- २ बाट इलाका प्रहरी कार्यालय भेडेटारले सागुँरीगढी गाउँपालिका- २ का शिखर लिम्बुलाई को.२ ह १२५ नम्बरको अटोमा बोरा भित्र लुकाईछिपाई राखेको ७१ किलो ३५ ग्राम गाँजा सहित बेचबिखानमा संलग्न सागुँरीगढी गाउँपालिका- ३ का मदन याखा समेतलाई प्र. १-०४-००१ प ४७९१ नम्बरको मोटरसाईकल सहित पक्राउ गरेको छ । झापाको बिर्तामोड नगरपालिका- २ बाट इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोड- २ का प्रवेश सहनी र किरण शर्मालाई २ ग्राम ८४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८३-०४-०७

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने अभियान अन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको साथबाट ब्राउन सुगर १०२ ग्राम ५७० मिलिग्राम, गाँजा १० किलोग्राम, ट्रामाडोल ४४ क्याप्सुल, डिसाइक्लोमाइन ४४ ट्याब्लेट बरामद भएको छ । ………………………. …………………………………………………. ……………………... मोरङको रंगेली नगरपालिका-७  स्थितबाट इलाका प्रहरी कार्यालय रंगेली र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले BR38AH7193 र BR38AQ8243 नम्बरको मोटरसाइकलमा सवार भारत अररियाका २८ वर्षीय मोहम्मद मुन्ना र २५ वर्षीय मोहम्मदलाई चेकजाँचको क्रममा १०१ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बेलबारीले सुन्दरहरैँचा–९ का ३९ वर्षीय चेतन कुमार धमलालाई ७२० मिलिग्राम ब्राउन सुगर र नगद ३० हजार रुपैया समेत नियन्त्रणमा लिएको छ । त्यसैगरी झापाको इलाका प्रहरी कार्यालय सुरुङ्गाले शिवसताक्षी नगरपालिका–१० का सन्तोष हस्तालाई ८५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने सुनसरीको प्रहरी चौकी तरहराले इटहरी उपमहानगरपालिका–३ का सरोज आचार्यलाई ट्रामाडोल ४४ क्याप्सुल, डिसाइक्लोमाइन ४४ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ ।

अवैध गाँजाको बोट तथा बेर्ना फडानी गरी नष्ट
२०८३-०४-०६

भोजपुर जिल्लाका बिभिन्न स्थानहरुमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोट तथा बेर्नाहरु प्रहरीले फडानी गरी नष्ट गर्दै गरेको छ ।  साउन ५ गते इलाका प्रहरी कार्यालय बोयाङ र प्रहरी चौकी हसनपुरबाट खटिएको प्रहरी टोलीले हतुवागढी गाउँपालिका-८ र ९ वडाका डाँडा पाखामा करिव ३ रोपनी क्षेत्रफलमा रहेका २ हजार ९० वटा गाँजाको बेर्ना तथा नाभो बोटहरु फडानी गरी जलाई नष्ट गरेको छ ।  यसै गरी जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले सिद्धिचरण नगरपालिका-१२ स्थित बारीमा आँफै उम्रेका ६० वटा गाँजाका बोटहरु फडानी गरी नष्ट गरेको छ ।