प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कोशी प्रदेश ट्राफिक व्यवस्थापन सम्बन्धी “प्रादेशिक गोष्ठी, २०८३” सम्पन्न

२०८३-०२-१३

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले कोशी प्रदेशमा ट्राफिक व्यवस्थापन प्रभावकारी बनाई  सवारी दुर्घटना न्यूनीकरण गरसडक प्रयोगकर्तालाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन कोशी प्रदेश ट्राफिक व्यवस्थापन प्रादेशिक गोष्ठी २०८३ को आयोजना गरिएको छ जेठ १३ गते सुनसरीको इटहरी उपमहानगरपालिका-४ स्थित दुर्गा पार्टी प्यालेसमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नाय महानिरीक्षक विनोद घिमिरेको प्रमुख आतिथ्यतामा भएको एक दिवसिय गोष्ठीको प्रमुख अतिथि घिमिरेले पानसमा दिप प्रज्वलन गरी उद्‍घाटन गर्नु भएको थियो ।

कार्यक्रमलाई सम्वोधनको क्रममा प्रमुख अतिथि घिमिरेले ट्राफिक नियम सवैले जान्नु पर्ने तर जान्नेले पनि नमानेको कारण दुर्घटनाको संख्यामा बृद्धि भएको बताउदै अव कोशी प्रदेशमा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्नु गोष्ठीको मुख्य उद्धेश्य रहेको बताउनु भयो । गोष्ठीमा दुर्घटना न्यूनीकरणको लागी सरोकारवाला निकायहरुसंग भएका छलफल अन्तरक्रिया, योजनालाई  कार्ययोजना बनाई कार्यान्वयन गरीने बताउनु हुदै  गोष्ठीको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, काठमाण्डौँका प्रहरी वरिष्ठ उपरीक्षक भुवनेश्वर तिवारीले नेपालको सवारी दुर्घटनाको स्थिति भयावह रहेको तथ्याङ्क प्रस्तुत गर्नु हुदै सडकलाई सुरक्षित बनाउन पुर्वाधार युक्त सडक, दक्ष चालक, दुरुस्त सवारी हुनु पर्ने बताउदै  ट्राफिक प्रहरी कार्य सम्बन्धी चुनौती र सुधारका प्रयासहरुका बारेमा प्रस्तुति गर्नु भएको थयो ।

कार्यकर्ममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक दिपक गिरीले कार्य सम्पादन र  अटोमेसन प्रणालीमा प्रभावकारीता एवं कोशी प्रदेशको समग्र ट्राफिक प्रहरी कार्य सम्बन्धी चुनौती र सुधारका प्रयासहरु विषयमा प्रस्तुतिकरण गर्नु भएको थियो भने कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले गोष्टीमा उपस्थित प्रमुख अतिथि लगायत सम्पूर्णमा शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

गोष्ठीमा कोशी प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालय, यातायात व्यवस्था महाशाखाका प्रमुख उर्मिला निरौला, स्थानिय जनप्रतिनिधिहरु,यातायात व्यावसायी, पत्रकार महासंघ सुनसरीका प्रतिनिधि लगायत विभिन्न सरोकारवाला निकायहरुले ट्राफिक व्यवस्थापन सम्बन्धी गोष्ठीको शुभकामना सहितको आ- आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो ।  गोष्ठीमा जिल्ला ट्राफिक प्रहरी प्रमुखहरुले  सवारी दुर्घटना न्यूनीकरण कार्ययोजना र कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन, कानुन विपरित कार्य गर्ने सवारी चालकहरुको सवारी अनुमति निलम्वन गर्ने कार्यलाई प्रभावकारी कार्यान्वयन, दुर्घटनामा घाइते र मृत्यु दर घटाउन ट्राफिक प्रहरीको योगदान, हराएका सवारी साधनहरुको खोजी, मापसे र लापसेको प्रभावकारी चेकिङ र अन्य सम्बन्धित Stakeholder हरुसँग समन्वय र सहकार्य लगायतको विषयमा प्रस्तुतिकरण गर्नु भएको थियो । गोष्ठीमा नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालले सवारी दुर्घटना न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि, ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन तथा प्रविधिमैत्री ट्राफिक व्यवस्थापन प्रणालीको विकासमा जोड दिनु पर्ने बताउदै गोष्ठीको प्रभावकारीताको शुभकामना सहित समापन मन्तव्य व्यक्त गर्नु भएको थियो ।

 प्रभावकारी तथा परिणाममुखी ट्राफिक व्यवस्थापन, ट्राफिक प्रहरी युनिटहरूबीच तथा यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरी युनिटहरूबीच समन्वय र सहकार्य अभिवृद्धि, दुर्घटना न्यूनीकरणका लागि एकीकृत कार्ययोजना निर्माण तथा कार्यान्वयन, सूचना आदान–प्रदान, यातायात व्यवस्था ऐन तथा नियमावली एवं प्रदेश यातायात व्यवस्था ऐन तथा नियमावली सम्बन्धी जानकारी आदान–प्रदान, कानुनी प्रावधानहरूको कार्यान्वयनमा देखिएका समस्या तथा समाधानका उपाय, दुर्घटना न्यूनीकरणमा रहेका चुनौतीहरू, सडक सुरक्षा सुदृढीकरण, जनचेतना अभिवृद्धि, प्रविधिको विस्तार, क्षमता अभिवृद्धि तथा ट्राफिक व्यवस्थापनमा देखिएका समस्या र चुनौतीहरूका विषयमा छलफल, अन्तरक्रिया तथा अनुभव आदान–प्रदान गर्नु गोष्ठीको मुख्य उद्देश्य रहेको छ ।

गोष्ठीमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर, जिल्ला प्रहरी कार्यालय मोरङ, सुनसरी, नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहबीका प्रहरी उपरीक्षकहरु, सवारी यातायात शाखा, यातायात व्यवस्था कार्यालय इटहरी, यान्त्रिक कार्यालय इटहरी, सडक विभाग, सडक आयोजना, बिमा संस्थान, यातायात व्यवसायी, १४ वटै जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रतिनिधि/ ट्राफिकका प्रमुखहरु, स्थानीय जनप्रतिनिधि, नागरिक समाज, यातायात व्यवसायी, ड्राईभिङ्ग स्कुल, यातायात मजदुर संघ संगठन, विभिन्न संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायत प्रहरी कर्मचारीहरु समेत गरी २ सय जना भन्दा बढीको उपस्थिति रहेको थियो ।

 


सम्बन्धित समाचार
लागू औषध सहित ५ जना पक्राउ
२०८३-०४-१०

झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट साउन ०९ गते लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काकँरभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काकँरभिट्टाको संयुक्त प्रहरी टोलीले झापाको अर्जुनधारा नगरपालिका-११ का २१ वर्षीय बिबेक जबेगुलाई ६ ग्राम ५०० मिलिग्राम लागू औषध ब्राउन सुगर र  प्र.१-०१-०१३ प ५२ नम्बरको मोटरसाइकल सहित नियन्त्रणमा लिएको छ भने वडा प्रहरी कार्यालय भद्रपुर झापाले अर्जुनधारा-९ का २२ वर्षीय अरमान खानलाई २ ग्राम ४ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । यसैगरी अस्थायी प्रहरी चौकी डाम्राभिट्टाले रतुवामाई नगरपालिका-८ का २९ वर्षीय मोहन बास्कीलाई २२० मिलिग्राम ब्राउन सुगर सहित र प्रहरी चौकी रमाईलोले बेलबारी नगरपालिका-११ का २९ वर्षीय रणध्वज राईलाई  ६ ग्राम ३८० मिलिग्राम ब्राउन सुगर, प्र.१-०२-०४४ प.११८ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो । यसका साथै प्रहरी चौकी नरसिंहटप्पु सुनसरीले साउन ९ गते साँझ धनकुटा-१ घर भई हाल इटहरी उप-महानगरपालिका-४ मा कोठा भाडामा बस्दै आएका ३५ वर्षीय मन बहादुर थापालाई १०८ ग्राम ३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेका सबै जनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

लागू औषध सहित १४ जना पक्राउ
२०८३-०४-०९

 कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने अभियान अन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न १४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको साथबाट ब्राउन सुगर ११२ ग्राम ५३६ मिलिग्राम, गाँजा ७१ किलो ३५ ग्राम, प्रतिबन्धित औषधी ३६३ क्याप्सुल, बस १ थान आटो १ थान र २ थान मोटरसाईकल बरामद भएको छ । ………………………. …………………………………………………. ……………………... मोरङको कानेपोखरी गाउँपालिका- ५ बाट प्रहरी चौकी रमाईलोले १ ग्राम ३७० मिलिग्राम ब्राउन सुगर सोहि स्थानका  अमित धिमाल र पर्वत राईलाई पक्राउ गरेको छ भने प्रहरी चौकी सिक्टी र बरडंगाको प्रहरी टोलीले सुनवर्षी गाउँपालिका- ८ बाट BR38K3179 नम्बरको मोटरसाईकल चालक भारत बिहारका भक्ति पासवानलाई ८२० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । त्यस्तै विराटनगर- ४ स्थितबाट CRV भट्टाचोक मोरङ र लागू औषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले दुहबी नगरपालिका- १२ का २१ बर्षीय धन कुमार यादवलाई १०४ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । सुनसरीको ईनरुवा नगरपालिका- ४ बाट उर्लाबारी- ४ का बुद्दिमान साह र एलिश राईलाई जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसचोक ईनरुवाले ४ ग्राम ३६ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका- ३ बाट प्र १-०५-००१ ख ००७० नम्बरको बस चालक त्रियुगा नगरपालिका- ७ का पर्शुराम मगर र सह-चालक उदयपुरगढी गाउँपालिका- ७ का जिवन कुमार कामीलाई अस्थायी प्रहरी पोष्ट बसपार्कले करिव ४७० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी धनकुटाको धनकुटा नगरपालिका- १ बाट प्रहरी चौकी हिलेले पाख्रिबास नगरपालिका- ९ का रियल मगर र पाख्रिबस नगरपालिका- ४ का कुशल राईलाई प्रतिबन्धित औषधी ट्रामोल र स्पास्पेन ३६३ क्याप्सुल सहित नियन्त्रणमा लिएको छ भने सागुँरीगढी गाउँपालिका- २ बाट इलाका प्रहरी कार्यालय भेडेटारले सागुँरीगढी गाउँपालिका- २ का शिखर लिम्बुलाई को.२ ह १२५ नम्बरको अटोमा बोरा भित्र लुकाईछिपाई राखेको ७१ किलो ३५ ग्राम गाँजा सहित बेचबिखानमा संलग्न सागुँरीगढी गाउँपालिका- ३ का मदन याखा समेतलाई प्र. १-०४-००१ प ४७९१ नम्बरको मोटरसाईकल सहित पक्राउ गरेको छ । झापाको बिर्तामोड नगरपालिका- २ बाट इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोड- २ का प्रवेश सहनी र किरण शर्मालाई २ ग्राम ८४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८३-०४-०७

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने अभियान अन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको साथबाट ब्राउन सुगर १०२ ग्राम ५७० मिलिग्राम, गाँजा १० किलोग्राम, ट्रामाडोल ४४ क्याप्सुल, डिसाइक्लोमाइन ४४ ट्याब्लेट बरामद भएको छ । ………………………. …………………………………………………. ……………………... मोरङको रंगेली नगरपालिका-७  स्थितबाट इलाका प्रहरी कार्यालय रंगेली र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले BR38AH7193 र BR38AQ8243 नम्बरको मोटरसाइकलमा सवार भारत अररियाका २८ वर्षीय मोहम्मद मुन्ना र २५ वर्षीय मोहम्मदलाई चेकजाँचको क्रममा १०१ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बेलबारीले सुन्दरहरैँचा–९ का ३९ वर्षीय चेतन कुमार धमलालाई ७२० मिलिग्राम ब्राउन सुगर र नगद ३० हजार रुपैया समेत नियन्त्रणमा लिएको छ । त्यसैगरी झापाको इलाका प्रहरी कार्यालय सुरुङ्गाले शिवसताक्षी नगरपालिका–१० का सन्तोष हस्तालाई ८५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने सुनसरीको प्रहरी चौकी तरहराले इटहरी उपमहानगरपालिका–३ का सरोज आचार्यलाई ट्रामाडोल ४४ क्याप्सुल, डिसाइक्लोमाइन ४४ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ ।

अवैध गाँजाको बोट तथा बेर्ना फडानी गरी नष्ट
२०८३-०४-०६

भोजपुर जिल्लाका बिभिन्न स्थानहरुमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोट तथा बेर्नाहरु प्रहरीले फडानी गरी नष्ट गर्दै गरेको छ ।  साउन ५ गते इलाका प्रहरी कार्यालय बोयाङ र प्रहरी चौकी हसनपुरबाट खटिएको प्रहरी टोलीले हतुवागढी गाउँपालिका-८ र ९ वडाका डाँडा पाखामा करिव ३ रोपनी क्षेत्रफलमा रहेका २ हजार ९० वटा गाँजाको बेर्ना तथा नाभो बोटहरु फडानी गरी जलाई नष्ट गरेको छ ।  यसै गरी जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले सिद्धिचरण नगरपालिका-१२ स्थित बारीमा आँफै उम्रेका ६० वटा गाँजाका बोटहरु फडानी गरी नष्ट गरेको छ ।