प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध विरुद्दको महाअभियानको शुभारम्भ

२०८३-०२-१०

  • A
  • A-
  • A+
Share

जिल्ला प्रहरी कार्यालय मोरङले लागू औषध विरुद्दको महाअभियान (Mega Campaign Against  Narcotics- Mega CAN ) २०८३ कार्यक्रमको शुभारम्भ गरेको छ । जेठ १० गते बिहान लागू औषध विरुद्दको महाअभियानमा लागूऔषध दुर्व्यसन मुक्त समाज निर्माण गर्ने साझा उद्धेश्यका साथ लागूऔषध विरुद्दको सचेतना मुलक प्ले कार्ड सहित विराटनगरको महेन्द्र चोकबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी वल, विभिन्न सरकारी कार्यालय, बिभिन्न संघ संस्था, संचारकर्मी, स्काउट, विद्यार्थी, युवा बर्ग सहितको प्रभातफेरी कार्यक्रमको प्रतिनिधि सभाका माननीय सांसद आशा झाले  रिवन काटी शुभारम्भ भएको प्रभातफेरी जलजला चोक, गोल्छामोड हुँदै  रंगशालामा पुगी पहिलो चरणको कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त कार्यक्रम दोश्रो चरणमा विराटनगर महानगरपालिका-४ स्थित होटल मनास्लु इनमा  कोशी प्रदेशका माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पानसमा दिप प्रज्वलन गरेर औपचारिकरुपमा लागूऔषध विरुद्दको महाअभियान कार्यक्रमको शुभारम्भ भएको थियो । कार्यक्रममा अन्धकारबाट उज्यालोतर्फ शीर्षकमा नाटक सहित लागू औषध विरुद्द सचेतनामुलक सांगितिक प्रस्तुतिहरुका साथै पूर्व लागू औषध प्रयोगकर्ता कपिलदेव आचार्यको अनुभव सहितको बृतचित्र प्रस्तुत गरी लागूऔषध बिरुद्ध सवैले आ-आफ्नो क्षेत्रबाट सक्रिय सहभागिता जनाई लागू औषध मुक्त समाज निर्माण गर्न आह्वान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधनको क्रममा प्रमुख अतिथि माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीले लागू औषध दुर्व्यसन समाजका लागि गम्भिर समस्या बन्दै गएको उल्लेख गर्दै यसको नियन्त्रणका लागि सरकार, सुरक्षा निकाय, स्थानीय तह, अभिभावक तथा युवाहरुको सामुहिक प्रयास आवश्यक रहेको बताउनुभयो । उहाँले जिल्ला प्रहरी कार्यालय मोरङद्वारा सञ्चालित लागूऔषध विरुद्धको महाअभियानले समाजमा सकारात्मक सन्देश तथा चेतना फैल्याई युवापुस्तालाई कुलतबाट जोगाउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै यस्तो अभियानमा प्रदेश सरकारको निरन्तर साथ, सहयोग र प्रतिबद्धता रहने विश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रमलाई सम्बोधनको क्रममा नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले सुरक्षित समाज र उज्ज्वल भविष्यको निम्ति जिल्ला प्रहरी कार्यालय मोरङले जिल्लालाई लागू औषधमुक्त जिल्ला बनाउन सवैको सहकार्यका साथ पुर्वको विराटनगरबाट सुरुवात गरेको महाअभियान लागूऔषध विरुद्ध सक्रिय हुँदै देशव्यापीरुपमा अघि बढ्न सफल हुने बताउनु भयो । वहाँले समाजलाई अन्धकार तर्फ धकेल्दै आएको लागू औषधको जालोलाई तोड्न शुभारम्भ गरीएको अभियानले नेपाली समाजका उर्जावान युवाहरुलाई सक्रियताका साथ अभियानमा लागी परेको देख्न पाईने अपेक्षा राख्नु भयो । क्षणिक रमाईलोकोलागी लागू औषधको कुलतमा फसेका युवाहरुलाई यस्ता प्रकारका अभियानहरुको शुरुवातले अनिवार्य उत्प्रेरणा मिल्ने बताउनु भयो ।    उहाँले लागू औषध नियन्त्रण केवल प्रहरीको मात्रै दायित्व नभई परिवार, विद्यालय, स्थानीय तह, सञ्चारमाध्यम तथा सम्पूर्ण समुदायको साझा जिम्मेवारी भएको बताउँदै सबै पक्षको सहकार्यबाट मात्रै स्वस्थ, सुरक्षित र समुन्नत समाज निर्माण सम्भव हुने बताउनु भयो ।

कार्यक्रममा कोशी प्रदेश सरकारका माननिय आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्र मणि पराजुली, प्रतिनिधी सभाका माननिय सांसद शन्तोष राजबंशी, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईराला, नेपाल सरकार गृह मन्त्रालय निति, योजना अनुगमन तथा मुल्याङकन महाशाखाका सह सचिब एंव लागू औषध नियन्त्रक सुमन घिमिरे, मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका सल्लाहकार लीलावल्भ घिमिरे,एबिसी नेपाल कोशी प्रदेश प्रमुख विष्णु शर्मा लगायतले लागूऔषध बिरुद्धको ऐक्यवद्दता सहितको मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले लागूऔषध बिरुद्ध सवैले ऐक्यवद्दताका साथ अगाडि बढ्नु पर्ने बताउदै प्रमुख अतिथि लगायत उपस्थित सबैमा धन्यवाद ज्ञापन सहितको मन्तव्य राख्नु भएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरिक्षक कबित कटवालले महाअभियानको औचित्य, उदेश्य तथा मोरङ जिल्लामा लागू औषध दुर्ब्यसनको वर्तमान अवस्था र चुनौतीबारेमा प्रस्तुतीकरण गर्नु भएको थियो भने कोशी अस्पतालकी डाक्टर अजिता पौडेलले लागू औषध दुर्ब्यसनका कारण मानव स्वास्थ्यमा पर्ने असरको बारेमा सचेतना प्रदान गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि, विशिष्ट अतिथि, बिशेष अतिथि लगायत अन्य महानुभावहरुले लागू औषध नियन्त्रणकालागी तयार गरीएको ९ बुँदे प्रतिबद्दता पत्रमा हस्ताक्षर गर्दै अभियानमा ऐक्यबद्धता जनाउनु भएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्वर राई, कोशी प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्र प्रसाद पौडेल, मोरङ जिल्ला स्थित नगरपालिकाका प्रमुखहरु, गाउँपालिकाका प्रमुखहरु, पूर्वी पृतना हेड क्वाटर इटहरीका उपरथी, उच्च अदालत विराटनगरका माननीय न्यायाधिसहरु, प्रदेश स्तरिय सुरक्षा निकायका प्रमुखहरु,  विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, उद्योग वाणिज्य संघहरुका प्रमुख तथा प्रतिनिधी हरु, बैङ्क, वित्तिय संस्था, बिमा कम्पनीका प्रमुख तथा प्रतिनिधिहरु, सरकारी कार्यालय, संघ संस्था, सञ्चारकर्मी, शिक्षक, विद्यार्थी, खेलाडी, नागरीक समाज, बुद्दिजिवी, लगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

 

 


सम्बन्धित समाचार
लागू औषध सहित ५ जना पक्राउ
२०८३-०४-१०

झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट साउन ०९ गते लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काकँरभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काकँरभिट्टाको संयुक्त प्रहरी टोलीले झापाको अर्जुनधारा नगरपालिका-११ का २१ वर्षीय बिबेक जबेगुलाई ६ ग्राम ५०० मिलिग्राम लागू औषध ब्राउन सुगर र  प्र.१-०१-०१३ प ५२ नम्बरको मोटरसाइकल सहित नियन्त्रणमा लिएको छ भने वडा प्रहरी कार्यालय भद्रपुर झापाले अर्जुनधारा-९ का २२ वर्षीय अरमान खानलाई २ ग्राम ४ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । यसैगरी अस्थायी प्रहरी चौकी डाम्राभिट्टाले रतुवामाई नगरपालिका-८ का २९ वर्षीय मोहन बास्कीलाई २२० मिलिग्राम ब्राउन सुगर सहित र प्रहरी चौकी रमाईलोले बेलबारी नगरपालिका-११ का २९ वर्षीय रणध्वज राईलाई  ६ ग्राम ३८० मिलिग्राम ब्राउन सुगर, प्र.१-०२-०४४ प.११८ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो । यसका साथै प्रहरी चौकी नरसिंहटप्पु सुनसरीले साउन ९ गते साँझ धनकुटा-१ घर भई हाल इटहरी उप-महानगरपालिका-४ मा कोठा भाडामा बस्दै आएका ३५ वर्षीय मन बहादुर थापालाई १०८ ग्राम ३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेका सबै जनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

लागू औषध सहित १४ जना पक्राउ
२०८३-०४-०९

 कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने अभियान अन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न १४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको साथबाट ब्राउन सुगर ११२ ग्राम ५३६ मिलिग्राम, गाँजा ७१ किलो ३५ ग्राम, प्रतिबन्धित औषधी ३६३ क्याप्सुल, बस १ थान आटो १ थान र २ थान मोटरसाईकल बरामद भएको छ । ………………………. …………………………………………………. ……………………... मोरङको कानेपोखरी गाउँपालिका- ५ बाट प्रहरी चौकी रमाईलोले १ ग्राम ३७० मिलिग्राम ब्राउन सुगर सोहि स्थानका  अमित धिमाल र पर्वत राईलाई पक्राउ गरेको छ भने प्रहरी चौकी सिक्टी र बरडंगाको प्रहरी टोलीले सुनवर्षी गाउँपालिका- ८ बाट BR38K3179 नम्बरको मोटरसाईकल चालक भारत बिहारका भक्ति पासवानलाई ८२० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । त्यस्तै विराटनगर- ४ स्थितबाट CRV भट्टाचोक मोरङ र लागू औषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले दुहबी नगरपालिका- १२ का २१ बर्षीय धन कुमार यादवलाई १०४ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । सुनसरीको ईनरुवा नगरपालिका- ४ बाट उर्लाबारी- ४ का बुद्दिमान साह र एलिश राईलाई जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसचोक ईनरुवाले ४ ग्राम ३६ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका- ३ बाट प्र १-०५-००१ ख ००७० नम्बरको बस चालक त्रियुगा नगरपालिका- ७ का पर्शुराम मगर र सह-चालक उदयपुरगढी गाउँपालिका- ७ का जिवन कुमार कामीलाई अस्थायी प्रहरी पोष्ट बसपार्कले करिव ४७० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी धनकुटाको धनकुटा नगरपालिका- १ बाट प्रहरी चौकी हिलेले पाख्रिबास नगरपालिका- ९ का रियल मगर र पाख्रिबस नगरपालिका- ४ का कुशल राईलाई प्रतिबन्धित औषधी ट्रामोल र स्पास्पेन ३६३ क्याप्सुल सहित नियन्त्रणमा लिएको छ भने सागुँरीगढी गाउँपालिका- २ बाट इलाका प्रहरी कार्यालय भेडेटारले सागुँरीगढी गाउँपालिका- २ का शिखर लिम्बुलाई को.२ ह १२५ नम्बरको अटोमा बोरा भित्र लुकाईछिपाई राखेको ७१ किलो ३५ ग्राम गाँजा सहित बेचबिखानमा संलग्न सागुँरीगढी गाउँपालिका- ३ का मदन याखा समेतलाई प्र. १-०४-००१ प ४७९१ नम्बरको मोटरसाईकल सहित पक्राउ गरेको छ । झापाको बिर्तामोड नगरपालिका- २ बाट इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोड- २ का प्रवेश सहनी र किरण शर्मालाई २ ग्राम ८४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८३-०४-०७

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने अभियान अन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको साथबाट ब्राउन सुगर १०२ ग्राम ५७० मिलिग्राम, गाँजा १० किलोग्राम, ट्रामाडोल ४४ क्याप्सुल, डिसाइक्लोमाइन ४४ ट्याब्लेट बरामद भएको छ । ………………………. …………………………………………………. ……………………... मोरङको रंगेली नगरपालिका-७  स्थितबाट इलाका प्रहरी कार्यालय रंगेली र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले BR38AH7193 र BR38AQ8243 नम्बरको मोटरसाइकलमा सवार भारत अररियाका २८ वर्षीय मोहम्मद मुन्ना र २५ वर्षीय मोहम्मदलाई चेकजाँचको क्रममा १०१ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बेलबारीले सुन्दरहरैँचा–९ का ३९ वर्षीय चेतन कुमार धमलालाई ७२० मिलिग्राम ब्राउन सुगर र नगद ३० हजार रुपैया समेत नियन्त्रणमा लिएको छ । त्यसैगरी झापाको इलाका प्रहरी कार्यालय सुरुङ्गाले शिवसताक्षी नगरपालिका–१० का सन्तोष हस्तालाई ८५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने सुनसरीको प्रहरी चौकी तरहराले इटहरी उपमहानगरपालिका–३ का सरोज आचार्यलाई ट्रामाडोल ४४ क्याप्सुल, डिसाइक्लोमाइन ४४ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ ।

अवैध गाँजाको बोट तथा बेर्ना फडानी गरी नष्ट
२०८३-०४-०६

भोजपुर जिल्लाका बिभिन्न स्थानहरुमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोट तथा बेर्नाहरु प्रहरीले फडानी गरी नष्ट गर्दै गरेको छ ।  साउन ५ गते इलाका प्रहरी कार्यालय बोयाङ र प्रहरी चौकी हसनपुरबाट खटिएको प्रहरी टोलीले हतुवागढी गाउँपालिका-८ र ९ वडाका डाँडा पाखामा करिव ३ रोपनी क्षेत्रफलमा रहेका २ हजार ९० वटा गाँजाको बेर्ना तथा नाभो बोटहरु फडानी गरी जलाई नष्ट गरेको छ ।  यसै गरी जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले सिद्धिचरण नगरपालिका-१२ स्थित बारीमा आँफै उम्रेका ६० वटा गाँजाका बोटहरु फडानी गरी नष्ट गरेको छ ।