प्रदेश प्रहरी प्रमुखद्वारा मातहत प्रहरी प्रमुखहरुसंग Virtual माध्यमद्वारा कार्य सम्पादनको समिक्षा
२०८३-०२-०८
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले कोशी प्रदेश अन्तरगत रहेका मातहत प्रहरी प्रमुख हरुसंग भर्चुअल माध्यमद्धारा दश महिनाको कार्य सम्पादनको समिक्षा गर्नुका साथै आवश्यक निर्देशन समेत दिनु भएको छ । जेठ ८ गते भएको समिक्षामा कार्यसम्पादन सम्झौता बमोजिम श्रावण महिना देखि वैशाख महिना सम्म प्रहरी कार्यालयहरुद्वारा गरिएका कार्य प्रगति बिवरण सम्बन्धि समिक्षा भएको थियो । कोशी प्रदेश प्रहरी कार्यालयको तर्फबाट प्रहरी नायव उपरीक्षक राम प्रसाद तिमल्सिनाले १४ वटै जिल्लाहरुको कार्यसम्पादनको तुलनात्मक प्रस्तुति गर्नु भएको थियो ।
vसमिक्षामा प्रदेश प्रहरी प्रमुख घिमिरेले फरार प्रतिवादी पक्राउ, पेण्डिङ मुद्दा तथा चालु मुद्दाको फछर्यौट तथा सम्पादन गर्न बाँकी रहेका कार्यलाई प्राथमिकाता साथ तोकिएको समय सिमा भित्र प्रभावकारीरुपमा सम्पादन गरी लक्ष हासिल गर्न निर्देशन दिनु भएको छ ।
v कार्य सम्पादन सम्झौतामा उल्लेख भएका बुँदाहरु अनिवार्य कार्यान्वय गर्नु पर्ने, सम्पुर्ण प्रहरी कर्मचारीले बिभागिय आदेश निर्देशनको पुर्णरुपमा पालना गरी कार्यान्वयन गर्ने, सरुवा भएका प्रहरी कर्मचारीहरुको रवना कार्यान्वयन विशेष प्राथमिकताका साथ गर्ने, नागरिकको समस्याहरुमा अग्रणी भुमिका निर्वाह गर्ने, सामाजिक संजालको सहि उपयोग गर्ने, मनसुन जन्य विपदमा परिचालन हुन तयारी रहने, भन्सार छली, चोरी तस्करी नियन्त्रण गर्न तथा अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा स्थापित गर्न निर्देशन दिनु भएको छ ।