नेपाल प्रहरी स्कुल धरानको निरीक्षण भ्रमण
२०८३-०२-०८
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जेठ ८ गते नेपाल प्रहरी स्कुल धरानको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा कार्यालय, सम्पुर्ण शाखा तथा कक्षा कोठाहरुको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई अभिभावकको बिश्वास र भरोसा बोकेका बिद्यार्थीहरुको रेखदेखलाई पहिलो प्राथामिकता दिई शान्तमय वातावरणमा अध्ययन गर्ने अधिकारको शुनिश्चितता प्रदान गर्न निर्देशन दिनु भएको छ ।
वहाँले शिक्षकहरु छलफल तथा अन्तरक्रियाको क्रममा सौहार्दपुर्ण वातावरणमा विधार्थीहरुलाई अध्यापन गराउन र गुणस्तरीय शिक्षा प्रदान गर्न, शारिरिक ब्यायाम र अतिरिक्त क्रियाकलापमा समेत सहभागी गराउन अनुरोध गर्नु भएको थियो भने अध्ययनरत बिद्यार्थीहरुसंग छलफल तथा अन्तरक्रिया गर्नु भएको थियो । निरीक्षण भ्रमणको क्रममा नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालको समेत उपस्थिति रहेको थियो ।