लागू औषध ब्राउन सुगर सहित २ जना पक्राउ
२०८२-१२-०४
- A
- A-
- A+
मोरङको बिराटनगर- १६ दरैया स्थितबाट लागू औषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत ०४ गते लागू औषध नियन्त्रण नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा प्र.१-०२-०५९ प ७७७६ नम्बरको मोटरसाईकल चालक सुन्दरहरैचा- ५ का सुजल परियार र मोटरसाईकल पछाडी सवार सुनसरी इटहरी- २ की रोश्नी विश्वकर्मालाई ८ ग्राम ७०० मिलीग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनाको थप अनुन्धान भईरहेको छ ।