लागू औषध ब्राउन सुगर सहित ७ जना पक्राउ
२०८२-१२-०४
- A
- A-
- A+
झापाको भद्रपुर नगरपालिका ५ र ६ बाट लागू औषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत ३ गते जिल्ला प्रहरी कार्यालय झापा, वडा प्रहरी कार्यालय भद्रपुर र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट संयुक्त रुपमा चेकजाँचमा खटिएको प्रहरी टोलीले भद्रपुर- ६ बाट ५० ग्राम ४३० मिलिग्राम ब्राउन सुगर सहित सोही स्थानका ३१ बर्षीय श्रवण यादव, २० बर्षीय गणेश राजवंशी र २६ बर्षीय प्रकाश राजवंशीलाई पक्राउ गरेको हो भने भद्रपुर-५ बसपार्क स्थितबाट १० ग्राम २०० मिलिग्राम ब्राउन सुगर सहित सोहि स्थानका ३० वर्षीय सुभम साह, भद्रपुर-४ का ३० वर्षीय जयकरण कहार, भद्रपुर-६ का ३५ वर्षीय दुलाल सेख र २९ वर्षीय मोहम्द अमिर बाबुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका सबैजनाको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।