लागू औषध गाँजा सहित १ जना पक्राउ
२०८२-११-०३
- A
- A-
- A+
मोरङ जिल्लाको दुई छुट्टा छुट्टै स्थानबाट लागू औषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन ०२ गते बिराटनगर- ५ पुलचोक स्थित भित्री सडक खण्डमा बा. ८ च ६५०८ नम्बरको स्कर्पियो गाडी अनियन्त्रीत हुनासाथ CRV बरगाछी, वडा प्रहरी कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोली खटिगई चालक फरार भएको अवस्थामा अनियन्त्रीत भई बाटो छेउको खाल्डोमा छिरेको उक्त गाडी भित्रबाट ४ सय २० किलोग्राम गाँजा बरामद भएको थियो । त्यस्तै जहदा गाउँपालिका- १ का चन्दन कुमार साहले गाँजा लुकाई छिपाई राखेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीले सशस्त्र प्रहरीसँगको सहकार्यमा उक्त स्थानमा खटिगई खानतलासी गर्दा निज साहले घर छेउमा खाडल भित्र प्लाष्टिकमा ९ पोकामा लुकाई छिपाई राखेको २ सय ७५ किलो ८०० ग्राम गाँजा फेला पारी बरामद गरेको हो । बरामद भएको गाँजा र पक्राउ परेका व्यक्तिको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।