प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध ब्राउन सुगर सहित ५ जना पक्राउ

२०८२-११-०३

  • A
  • A-
  • A+
Share

झापाको भद्रपुर नगरपालिका- ८ बाट लागू औषध ब्राउन सुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २ गते वडा प्रहरी कार्यालयबाट बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले ९ ग्राम ५८० मिलिग्राम ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोहि स्थानका कृष्ण राजवंशी, निशान मोहमत, ईम्रान मोहमत, विर्तामोड- ३ का निशान चौधरी र भद्रपुर- १० का मोहमत जाहित रहेका छन् । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।


सम्बन्धित समाचार
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक मदन के.सी. माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
२०८२-११-०४

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक मदन के.सी. लाई माघ महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको छ । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी नायव उपरीक्षक मदन के.सी. ले  ओखलढुंगाको चिशंखुगढी गाउपालिका-६ भदौरे बोहोरेका ७४ बर्षीय चन्द्र बिक्रम राई र ८० बर्षीया चन्द्र माया राईलाई २०८२ साल माघ १३ गते अज्ञात व्यक्तिहरुले कोदालो प्रहार गरी बिभत्स हत्या गरी सुनको गरगहना र नगद समेत लुटी फरार भएको घटनाको अनुसन्धानको क्रममा  घटनामा संलग्न २ जनालाई काठमाण्डौ महानगरपालिका-१५ स्थितबाट लुटेको सामान सहित माघ २३ गते पक्राउ गरेको, यसै गरी २०६७ साल असार २४ गते ओखलढुंगाको भदौरे गा.वि.स.-२ का ४३ बर्षीय छविलाल कार्कीलाई कर्तब्य गरी मारी फरार रहेका प्रतिवादीलाई २०८२ साल  माघ १७ गते (१५ बर्ष पछि) पक्राउ गरेको साथै २०८२ साल मंसिर २८ गते ओखलढुंगा खिजिदेम्वा गाउँपालिका-९ स्थितमा एक महिलालाई जवरजस्ती करणी गरी फरार रहेका २७ बर्षीय प्रतिवादीलाई २०८२ साल माघ ४ गते पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भई जनमानसमा शान्ति सुरक्षाको अनुभूति हुने किसिमले आफ्नो पदीय दायित्व तथा जिम्मेवारी उत्कृष्ट तवरबाट वहन गरेको हुँदा निज प्रहरी नायव उपरीक्षकबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८२ साल माघ महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो ।

लागू औषध गाँजा सहित १ जना पक्राउ
२०८२-११-०३

मोरङ जिल्लाको दुई छुट्टा छुट्टै स्थानबाट लागू औषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन ०२ गते बिराटनगर- ५ पुलचोक स्थित भित्री सडक खण्डमा बा. ८ च ६५०८ नम्बरको स्कर्पियो गाडी अनियन्त्रीत हुनासाथ CRV बरगाछी, वडा प्रहरी कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोली खटिगई चालक फरार भएको अवस्थामा अनियन्त्रीत भई बाटो छेउको खाल्डोमा छिरेको उक्त गाडी भित्रबाट ४ सय २० किलोग्राम गाँजा बरामद भएको थियो । त्यस्तै जहदा गाउँपालिका- १ का चन्दन कुमार साहले गाँजा लुकाई छिपाई राखेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीले सशस्त्र प्रहरीसँगको सहकार्यमा उक्त स्थानमा खटिगई खानतलासी गर्दा निज साहले घर छेउमा खाडल भित्र प्लाष्टिकमा  ९ पोकामा लुकाई छिपाई राखेको २ सय ७५ किलो ८०० ग्राम गाँजा फेला पारी बरामद गरेको हो । बरामद भएको गाँजा र पक्राउ परेका व्यक्तिको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित १० जना पक्राउ
२०८२-११-०२

झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन १ गते झापाको गौरीगंज गाउँपालिका- २ स्थितमा प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मे.१० प ८४३२ नम्बरको स्कुटि चालक कमल गाउँपालिका- ५ का संजोक राई र स्कुटी पछाडी सवार सुर्य बहादुर वि.क.लाई  ४२ ग्राम ८१० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । त्यस्तै इलाका प्रहरी कार्यालय अनारमनी र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाले बिर्तामोड- २ बाट सोहि स्थानका गोबिन्द बस्नेत, तिलक बुढाथोकी, टंक गिरी, उदय साहलाई ८ ग्राम ४४० मिलिग्राम सहित र कनकाई- ८ बाट सोहि स्थानका अजय राजवंशीलाई २ ग्राम ४७० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । त्यस्तै मोरङको बिराटनगर- १५ बाट इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्युरो बिराटनगरले सुन्दरहरैचा- ६ का सरोज चौलागाईलाई ३ ग्राम सहित नियन्त्रणमा लिएको हो भने सुनसरीको धरान- १० बाट अस्थायी प्रहरी चौकी श्यामचौकले सन्दिप राई र भुमिका बर्देवालाई ट्रामाडोल र स्पास्पेन गरी जम्मा ४१६ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित औषधी र लागू औषध ब्राउन सुगर सहित ६ जना पक्राउ
२०८२-११-०१

मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित औषधी र लागू औषध ब्राउन सुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ २९ गते विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली मोरङबाट खटिएको प्रहरी टोलीले रंगेली नगरपालिका-४ चोप्राहाका २६ वर्षीय विपिन कुमार मण्डललाई ६ ग्राम ४ सय ३० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित रंगेली-७ स्थितबाट पक्राउ गरेको छ । यसैगरी इलाका प्रहरी कार्यालय तरहरा सुनसरीले इटहरी-२० स्थितबाट सोही स्थानका इमन याख्खा, सुजन राई र निमा घलेलाई प्रतिबन्धित औषधी ८० चक्की सहित, अस्थायी प्रहरी पोष्ट बस पार्क ईनरुवाले इटहरी-१८ का २४ बर्षीय परमेश्वर चौधरीलाई १ ग्राम ३० मिलिग्राम ब्राउन सुगर सहित र सुनसरीको अस्थायी प्रहरी चौकी जनताबस्तीले धरान-५ का फुर्वा तामाङलाई प्रतिबन्धित औषधी ५२ चक्की सहित इटहरी-५ बाट नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबैजनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

लागु औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ५ जना पक्राउ
२०८२-१०-२९

झापा र सुनसरीको विभिन्न स्थानहरुबाट लागु औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते झापाको इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरी टोलीले गौरीगंज-२  स्थितमा मे १ ह ५६६७ नम्बरको ओटो टेम्पुलाई संका लागी चेकजाँच गर्दा अटोको म्याट भित्र ६ ग्राम ०९ मिलि ग्राम ब्राउन सुगर फेला पारी चालक शिवसताक्षी-२ का दिल कुमार विश्वकर्मा, सवार गौरादह-८ का अमन ताजपुरिया, धरान-१६ का दिपा परियार र वेलबारी-९ की पार्वती चौधरीलाई नियन्त्रणमा लिएको छ । त्यसैगरी सुनसरीको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र-५ कालाबन्जार चोक स्थितबाट बराहक्षेत्र-६ का सुमित संजय गुप्तालाई प्रतिबन्धित औषधी ९५ पिस र स्कुफ २ बोतल सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबैजनाको सम्बन्धमा सम्बन्धीत प्रहरी कार्यालयबाट थप अनुसन्धान भई रहेको छ ।

सिटि सफारी लक्षित “सुरक्षित चालक” पोशाक वितरण
२०८२-१०-२६

सुरक्षित चालक अभियान कार्यक्रम अन्तरगत जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको आयोजनामा सवारी चालक अनुमति पत्र प्राप्त गरेका सिटि सफारी (ई-रिक्सा) चालकहरुलाई  “सुरक्षित चालक” पोशाक वितरण गरिएको छ । माघ २६ गते कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेको प्रमुख आतिथ्यतामा विराटनगर महानगरपालिका-१ स्थितमा आयोजित कार्यक्रममा  विराटनगर महानगरपालिका क्षेत्र भित्र संचालनमा रहेका सिटि सफारीलाई सुरक्षित, अनुशासित, जिम्मेवार, मर्यादित बनाई व्यवस्थितरूपमा सञ्चालन गरी  सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ सवारी चालक अनुमति पत्र प्राप्त गरेका सिटि सफारी चालकहरुलाई  “सुरक्षित चालक” पोशाक वितरण गरिएको हो । उक्त कार्यक्रमलाई सम्वोधनको क्रममा प्रमुख अतिथि घिमिरेले सवारी चालक अनुमति पत्र प्राप्त गरी नियमअनुसार सवारी सञ्चालन गर्ने चालक नै सुरक्षित चालक भएकोले सवारी दुर्घटना न्यूनीकरणमा चालकलाई जिम्मेवारी बनाउन पोशाकले  थप भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नु भयो । बर्दीमा भएका प्रहरी जसरी नियममा रहेका हुन्छन् त्यसरीनै सुरक्षित चालकको जिम्मेवारी लिएका सिटी सफारी चालकहरुले ट्राफिक नियमको पालना गरी यात्रु सुरक्षालाई उच्च प्राथमिकतामा राखी आफुलाई दिएको पोशाकको कदर गरी अमर्यादित र नियम बिपरीतको कार्यहरु नगर्न अनुरोध गर्नु भयो । मन्तब्यकै क्रममा प्रमुख अतिथि घिमिरेले ट्राफिक प्रहरी कर्मचारीहरुले सवारी चालक, सह-चालक तथा सडक प्रयोगकर्ताहरु प्रति समान ब्यवहार गर्दै प्रभावकारीरुपमा ट्राफिक व्यवस्थापन मिलाई सवारी दुर्घटना न्यूनिकरण गरी ट्राफिक प्रहरीको छविलाई उच्च बनाउन निर्देशन दिनु भयो ।  कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक दिपक गिरीले विराटनगर महानगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका सिटी सफारीलाई लक्षित गरी ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित बनाउने उद्देश्यले सवारी चालक अनुमति पत्र प्राप्त गरेका सिटी सफारी चालकहरूलाई “सुरक्षित चालक” पोशाक प्रदान गरिएको बताउनु भयो । छोटो दूरीको यात्राका लागि उपयोगी रहेको सवारी साधन ट्राफिक नियम उल्लंघन गरी असुरक्षित तरिकाले सञ्चालन गरेको  कारण दुर्घटनाको जोखिम हुने भएकाले चालकको पोशाकको प्रयोगले ट्राफिक नियमको पालना बढ्ने तथा सवारी दुर्घटना न्यूनीकरणमा कमी आउने साथै सिटी सफारी सञ्चालनलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउँदै आम यात्रुको सुरक्षामा सकारात्मक प्रभाव पार्ने बताउनु भयो । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक शन्तोष न्यौपानेले कोशी प्रदेशको राजधानी तथा औद्योगिक क्षेत्र रहेको विराटनगरमा सिटि सफारीलाई व्यवस्थित रुपमा सञ्चालन गरी सवारी आवागमन सहज बनाउन तथा सवारी दुर्घटना न्यूनीकरण गर्न  सुरक्षित चालक अभियान कार्यक्रम अन्तरगत सिटि सफारीका चालकहरुलाई चालक पोशाक वितरण गरिएको  बताउनुभयो । वहाँले सिटि सफारीलाई दर्ता गर्दै अभिलेखीकरण गरेर चालकहरुलाई ट्राफिक नियम तथा सुरक्षित सवारी संचालन सम्बन्धी नियमित अनुशिक्षण तालिमहरु समेत प्रदान गरीने बताउनु भयो । कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र प्रसाद दुलालले महानगर क्षेत्र भित्र सञ्चालनमा रहेका सिटि सफारीलाई थप व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन स्थानीय तह सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । यसै गरी सिटि सफारी चालक संघका प्रतिनिधि भगवान बस्नेतले सिटि सफारीलाई सुरक्षित, अनुशासित, जिम्मेवार बनाई सवारी दुर्घटना न्यूनीकरण गर्न चालक पोशाक प्रभावकारी रहेको बताउनु भयो  । कार्यक्रममा प्रमुख अतिथि घिमिरे लगायत अतिथिहरुले चालक पोशाकको अनुमोदन गर्नुका साथै विराटनगर महानगरपालिका क्षेत्र भित्र संचालनमा रहेका सवारी चालक अनुमति पत्र प्राप्त सिटि सफारीका चालकहरुलाई ट्राफिक नियमको पालना गरी सुरक्षित यात्राको कामनाका साथ नम्वर सहितको “सुरक्षित चालक” लेखिएको ज्याकेट वितरण गर्नु भएको थियो । कार्यक्रममा यातायात व्यवस्था कार्यालय विराटनगरका प्रमुख गोपाल दाहाल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कवित कट्वाल, महेन्द्र मोरङ बहुमुखी क्याम्पसका उप-प्राध्यापक मनिता भण्डारी, पत्रकार महासंघ मोरङका अध्यक्ष सुशीला पाठक, विकल्प एण्ड अल्टरनेटिभका अध्यक्ष बसन्त अधिकारी, आईटी ईन्जिनियर सन्देश पोखरेल, प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरु, संचारकर्मीहरु, शिक्षक तथा विद्यार्थीहरु, सिटि सफारी चालक संघका प्रतिनिधि तथा चालकहरुको उपस्थिति रहेको थियो ।