लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित २ जना पक्राउ
२०८२-१०-२४
- A
- A-
- A+
झापा र धनकुटा जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
माघ २३ गते झापाको अस्थायी प्रहरी चौकी बसपार्क, अनारमनीबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा-११ बसपार्क स्थितबाट चेकजाँचको क्रममा इलामको इलाम नगरपालिका-६की रोमिक श्रेष्ठको साथबाट ११० मिलिग्राम लागु औषध फेला पारी नियन्त्रणमा लिएको छ भने धनकुटाको धनकुटा नगरपालिका-६ औधोगिकग्राम स्थितमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले सोही स्थानका सुमन भुजेलको साथबाट २५४ पिस प्रतिबन्धित औषधी फेला पारी नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका दुबैजनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।