प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी कार्यालय तोडफोड, आगजनी तथा प्रहरीलाई दुर्व्यवहार गर्ने ५ जना पक्राउ

२०८२-०८-११

  • A
  • A-
  • A+
Share

जेन्जी आन्दोलनको क्रममा भदौ २४ गते सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीको भवन र सवारी साधन तोडफोड, आगजनी, लुटपाट तथा सुरक्षामा खटिएका प्रहरी कर्मचारीहरुलाई दुर्व्यवहार गर्ने ५ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी इटहरी उप-महानगरपालिका-३ का २९ बर्षीय विजय लिम्वु, इटहरी-५ का ४४ बर्षीय दिपेन्द्र कुमार कार्की, इटहरी-८ का २४ बर्षीय आभाष कार्की, इटहरी-४ का २४ बर्षीय सोनम कार्की र भोजपुर याङपाङ्ग घर भई इटहरी-४ स्थितमा बस्दै आएका ४७ बर्षीय मदन खत्री रहेका छन । घटनामा संलग्न व्यक्तिहरूलाई पहिचान तथा खोजतलास गर्ने क्रममा प्राप्त फोटो, भिडियो सिसिटिभी फुटेज र सामाजिक सञ्जालमा फैलिएका फोटो तथा भिडियोका आधारमा पहिचान गरी पक्राउ गरिएको हो । पक्राउ परेका उनिहरुको अपराधिक उपद्रव गर्न नहुने कसुरमा सम्मानित सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको छ ।

घटनामा संलग्न रहेका अन्य व्यक्तिहरुको खोजतलास भईरहेको हुँदा आगजनी तोडफोड र प्रहरीको हातहतियार लुटपाटका घटनामा संलग्न व्यक्तिहरुको फोटो तथा भिडियोहरु फेला परेमा तथा प्रहरीको हातहतियार लुकाई छिपाई राखेको भन्ने बुझिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराई अनुसन्धान कार्यमा सहयोग गरी दिन हुन सम्पूर्ण महानुभावहरुमा कोशी प्रदेश प्रहरी अनुरोध गर्दछ साथै त्यस्ता सुचना उपलव्ध गराउनु हुने महानुभावहरुको नाम गोप्य राखिने समेत जानकारी गराईन्छ ।


सम्बन्धित समाचार
लागू औषध सहित ३ जना पक्राउ
२०८३-०४-१२

झापा र मोरङ जिल्लाका बिभिन्न स्थानहरुबाट लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार ११ गते मोरङको इलाका प्रहरी कार्यालय पथरी र अस्थायी प्रहरी पोष्ट किर्तिपुरले पथरिशनिश्चरे नगरपालिका-३ की सुजा लिम्बुलाई उनले घर नजिकै खाल्डोमा लुकाई छिपाई राखेको अवस्थामा लागू औषध डाईक्लोमाईन २ हजार १० ट्याब्लेट र ट्रामोल २ हजार ट्याब्लेट सहित पक्राउ गरेको छ । चेकजाँचकै क्रममा जिल्ला प्रहरी कार्यालय झापाले भद्रपुर नगरपालिका- २ का दिपक लिम्बु र भद्रपुर नगरपालिका-३ का डेविड लिम्बुलाई ६० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

लागुऔषध सहित ७ जना पक्राउ
२०८३-०४-११

झापा, सुनसरी र उदयपुरबाट लागू औषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार १० गते झापाको मेचीनगर-६ स्थितबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाले गुल्मी मुसिकोटका विपिन रानालाई ७ ग्राम ५१० मिलिग्राम ब्राउन सुगर सहित र बिर्तामोड-१ बाट इलाका प्रहरी कार्यालय अनारमनीले अर्जुन्धारा- ५ का पर्वत तोलाङी, विराटनगर-१ का शुयस ढुङेललाई ७०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी मे. ९ प १६०३ मोटरसाईकलमा सवार भद्रपुर नगरपालिका-२ का अमन राई र निकेश राईलाई इलाका प्रहरी कार्यालय पृथ्विनगरले १२० मिलिग्राम ब्राउन सुगर सहित र प्रहरी चौकी हल्दिवारीले हल्दिवारी-२ का बिकास राजवंशीलाई १२० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । चेकजाँचकै क्रममा सुनसरीको अस्थायी प्रहरी चौकी मोतीटप्पुले देवानगंज गाउँपालिका-३ स्थितमा २५ किलोग्राम गाँजा सहित को. १२ प २२७७ नम्बरको मोटरसाईकल बेवारिसे अवस्थामा फेला पारेको छ । यसै गरी वडा प्रहरी कार्यालय धरानले हरिनगर गाउँपालिका-२ का सोएल अन्सारीलाई प्रतिवन्धित औषधी ८३ चक्की सहित र उदयपुरको अस्थायी प्रहरी पोष्ट माडिवासले चौदण्डीगढी नगरपालिका-१ स्थितमा ६ किलोग्राम गाँजा सहित बा. ९६ प ७०४३ नम्बरको मोटरसाईकल बेवारिसे अवस्थामा फेला पारेको छ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८३-०४-१०

झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट साउन ०९ गते लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काकँरभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काकँरभिट्टाको संयुक्त प्रहरी टोलीले झापाको अर्जुनधारा नगरपालिका-११ का २१ वर्षीय बिबेक जबेगुलाई ६ ग्राम ५०० मिलिग्राम लागू औषध ब्राउन सुगर र  प्र.१-०१-०१३ प ५२ नम्बरको मोटरसाइकल सहित नियन्त्रणमा लिएको छ भने वडा प्रहरी कार्यालय भद्रपुर झापाले अर्जुनधारा-९ का २२ वर्षीय अरमान खानलाई २ ग्राम ४ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । यसैगरी अस्थायी प्रहरी चौकी डाम्राभिट्टाले रतुवामाई नगरपालिका-८ का २९ वर्षीय मोहन बास्कीलाई २२० मिलिग्राम ब्राउन सुगर सहित र प्रहरी चौकी रमाईलोले बेलबारी नगरपालिका-११ का २९ वर्षीय रणध्वज राईलाई  ६ ग्राम ३८० मिलिग्राम ब्राउन सुगर, प्र.१-०२-०४४ प.११८ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो । यसका साथै प्रहरी चौकी नरसिंहटप्पु सुनसरीले साउन ९ गते साँझ धनकुटा-१ घर भई हाल इटहरी उप-महानगरपालिका-४ मा कोठा भाडामा बस्दै आएका ३५ वर्षीय मन बहादुर थापालाई १०८ ग्राम ३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेका सबै जनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।