प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“७० औं प्रहरी दिवस २०८२” को अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

२०८२-०६-२९

  • A
  • A-
  • A+
Share

“ ७० औं प्रहरी दिवस २०८२” को अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजना तथा विराट मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । असोज २९ गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्‍वर कार्कीको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि कार्कीले पहिलो रक्तदाता प्रहरी रिष्ठ उपरीक्षक दिपक पोखरेललाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्‍घाटन गर्नुभएको थियो । रक्तदान कार्यक्रममा प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरु लगायत प्रहरी जवान आधारभुत तालिमका प्रशिक्षर्थीहरु समेतले रक्तदान गरेका थिए । उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारी, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयाल, कोशी प्रदेश प्रहरी गण रानी, नेपाल प्रहरी विषेश सुरक्षा गण दुहबी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यावस्थापन इटहरी, जिल्ला प्रहरी कार्यालय मोरङ र सुनसरीका प्रमुखहरु, सिनियर तथा जुनियर प्रहरी अधिकृत लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार
लागू औषध सहित ३ जना पक्राउ
२०८३-०४-१२

झापा र मोरङ जिल्लाका बिभिन्न स्थानहरुबाट लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार ११ गते मोरङको इलाका प्रहरी कार्यालय पथरी र अस्थायी प्रहरी पोष्ट किर्तिपुरले पथरिशनिश्चरे नगरपालिका-३ की सुजा लिम्बुलाई उनले घर नजिकै खाल्डोमा लुकाई छिपाई राखेको अवस्थामा लागू औषध डाईक्लोमाईन २ हजार १० ट्याब्लेट र ट्रामोल २ हजार ट्याब्लेट सहित पक्राउ गरेको छ । चेकजाँचकै क्रममा जिल्ला प्रहरी कार्यालय झापाले भद्रपुर नगरपालिका- २ का दिपक लिम्बु र भद्रपुर नगरपालिका-३ का डेविड लिम्बुलाई ६० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

कोशी प्रदेश प्रहरी प्रमुखबाट सङ्गठनको हित र उद्देश्यलाई सर्वोपरि ठानी जिम्मेवारीका साथ पदीय दायित्व निर्वाह गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन ।
२०८३-०४-१२

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नु भए पश्चात कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन दिनुभएको छ । साउन १२ गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा उपस्थित प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूलाई निर्देशनको क्रममा वहाँले व्यक्तिगत आवश्यकताभन्दा प्रहरी सङ्गठनको आवश्यकता र हितलाई सर्वोपरि ठानी उच्च व्यावसायिकता, अनुशासित र जिम्मेवारीका साथ आफ्नो पदीय दायित्व निर्वाह गर्न सम्पूर्ण प्रहरी कर्मचारीलाई निर्देशन दिनु भएको छ । उहाँले सङ्गठनको उद्देश्य, लक्ष्य तथा जिम्मेवारीहरू सबै प्रहरी कर्मचारीको आपसी साथ, सहयोग, समन्वय र प्रतिबद्धताबाट मात्र प्रभावकारी रूपमा हासिल गर्न सकिने उल्लेख गर्दै सङ्गठनप्रति समर्पित, एकताबद्ध र उत्तरदायी भएर कार्य गर्नुपर्नेमा जोड दिनुभयो । प्रहरी नायव महानिरीक्षक खनालले नेपाल प्रहरीले विगतदेखि नै विषम पूर्ण परिस्थितिमा समेत निरन्तर, प्रभावकारी र नागरिकमैत्री सेवा प्रवाह गर्दै आएको स्मरण गराउँदै आगामी दिनमा पनि आइपर्ने चुनौतीहरूको संयमता, धैर्यता, व्यावसायिक दक्षता तथा न्यूनतम क्षतिको सिद्धान्तलाई आत्मसात् गर्दै सफलतापूर्वक सामना गरी लक्ष हासिल गर्न निर्देशन दिनुभयो । उहाँले कार्यसम्पादन सम्झौताअनुसार निर्धारण गरिएका लक्ष्यहरू समयमै सम्पादन गर्न सबै शाखाहरूले योजनाबद्ध, नतिजामुखी, चुस्त, दुरुस्त तथा प्रभावकारी ढङ्गबाट कार्य गर्नुपर्नेमा विशेष जोड दिदैँ सेवा प्रवाहलाई अझ पारदर्शी, उत्तरदायी, गुणस्तरीय तथा नागरिकको विश्वास अभिवृद्धि हुने गरी दैनिक कार्य गर्न निर्देशन दिनुभयो । वहाँले प्रहरीको दर्जा मात्र ठुलो कुरा होइन, नजानेको कुरा सिक्न जो बाट पनि सकिन्छ, समय सापेक्ष प्रहरी सङ्गठनको हितको निम्ति हुने राय सल्लाह, सुझाव भए जो कोहीबाट समेत आफूले ग्रहण गर्ने सम्पूर्णमा अवगत गराउनु भयो । साथै सोही क्रममा वहाँले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सम्पूर्ण शाखाहरुको निरीक्षण तथा अनुगमन समेत गर्नु भएको थियो । कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले कोशी प्रदेशको समग्र शान्तिसुरक्षाको अवस्था, अपराध नियन्त्रण, अनुसन्धान, सेवा प्रवाह लगायत विविध विषयमा प्रदेश प्रहरी प्रमुखलाई प्रस्तुतीकरण मार्फत अवगत गराउनु भएको थियो । निर्देशन सम्बोधन कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठ, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा, नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी सुनसरी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरी सुनसरी, कोशी प्रदेश प्रहरी गण विराटनगर, कोशी प्रदेश प्रहरी अस्पताल इनरुवा सुनसरीका प्रहरी प्रमुखहरू सहित सिनियर तथा जुनियर प्रहरी अधिकृतहरू एवं अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

लागुऔषध सहित ७ जना पक्राउ
२०८३-०४-११

झापा, सुनसरी र उदयपुरबाट लागू औषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार १० गते झापाको मेचीनगर-६ स्थितबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाले गुल्मी मुसिकोटका विपिन रानालाई ७ ग्राम ५१० मिलिग्राम ब्राउन सुगर सहित र बिर्तामोड-१ बाट इलाका प्रहरी कार्यालय अनारमनीले अर्जुन्धारा- ५ का पर्वत तोलाङी, विराटनगर-१ का शुयस ढुङेललाई ७०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी मे. ९ प १६०३ मोटरसाईकलमा सवार भद्रपुर नगरपालिका-२ का अमन राई र निकेश राईलाई इलाका प्रहरी कार्यालय पृथ्विनगरले १२० मिलिग्राम ब्राउन सुगर सहित र प्रहरी चौकी हल्दिवारीले हल्दिवारी-२ का बिकास राजवंशीलाई १२० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । चेकजाँचकै क्रममा सुनसरीको अस्थायी प्रहरी चौकी मोतीटप्पुले देवानगंज गाउँपालिका-३ स्थितमा २५ किलोग्राम गाँजा सहित को. १२ प २२७७ नम्बरको मोटरसाईकल बेवारिसे अवस्थामा फेला पारेको छ । यसै गरी वडा प्रहरी कार्यालय धरानले हरिनगर गाउँपालिका-२ का सोएल अन्सारीलाई प्रतिवन्धित औषधी ८३ चक्की सहित र उदयपुरको अस्थायी प्रहरी पोष्ट माडिवासले चौदण्डीगढी नगरपालिका-१ स्थितमा ६ किलोग्राम गाँजा सहित बा. ९६ प ७०४३ नम्बरको मोटरसाईकल बेवारिसे अवस्थामा फेला पारेको छ ।