प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

समाजमा शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रणका साथै नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न निर्देशन

२०८२-०५-०४

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले भदौ ४ गते  जिल्ला प्रहरी कार्यालय तेह्रथुम निरीक्षण भ्रमणको क्रममा कार्यलय भवन, सम्पुर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ ।

निर्देशनको क्रममा वहाँले प्रहरी कर्मचारीहरुले आफ्नो काम कर्तव्य, जिम्मेवारी तथा अधिकारको पालना गरी  संगठनको हित र उद्धेश्यलाई सदैव प्राथमिकतामा राखी समाजमा शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रणका साथै नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ । वहाँले लामो तथा छोटो दुरीको गस्ति परिचालन गरी दुरदराजमा रहेका नागरिकहरुमा प्रहरी सेवाको पहुच पुर्‍याउनुका साथै सचेतनामुलक कार्यक्रम संचालन गरी समाजमा घट्ने बिभिन्न प्रकारका घटना तथा अपराधहरुलाई निरुत्साहित गर्न तथा फरार प्रतिबादी पक्राउ गर्न तथा लागुऔषधको प्रयोग र ओसार पसार नियन्त्रणको लागी प्रभावकारीरुपमा प्रहरी परिचालन गर्न निर्देशन दिनु भएको छ ।


सम्बन्धित समाचार
लागू औषध सहित ३ जना पक्राउ
२०८३-०४-१२

झापा र मोरङ जिल्लाका बिभिन्न स्थानहरुबाट लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार ११ गते मोरङको इलाका प्रहरी कार्यालय पथरी र अस्थायी प्रहरी पोष्ट किर्तिपुरले पथरिशनिश्चरे नगरपालिका-३ की सुजा लिम्बुलाई उनले घर नजिकै खाल्डोमा लुकाई छिपाई राखेको अवस्थामा लागू औषध डाईक्लोमाईन २ हजार १० ट्याब्लेट र ट्रामोल २ हजार ट्याब्लेट सहित पक्राउ गरेको छ । चेकजाँचकै क्रममा जिल्ला प्रहरी कार्यालय झापाले भद्रपुर नगरपालिका- २ का दिपक लिम्बु र भद्रपुर नगरपालिका-३ का डेविड लिम्बुलाई ६० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

लागुऔषध सहित ७ जना पक्राउ
२०८३-०४-११

झापा, सुनसरी र उदयपुरबाट लागू औषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार १० गते झापाको मेचीनगर-६ स्थितबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाले गुल्मी मुसिकोटका विपिन रानालाई ७ ग्राम ५१० मिलिग्राम ब्राउन सुगर सहित र बिर्तामोड-१ बाट इलाका प्रहरी कार्यालय अनारमनीले अर्जुन्धारा- ५ का पर्वत तोलाङी, विराटनगर-१ का शुयस ढुङेललाई ७०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी मे. ९ प १६०३ मोटरसाईकलमा सवार भद्रपुर नगरपालिका-२ का अमन राई र निकेश राईलाई इलाका प्रहरी कार्यालय पृथ्विनगरले १२० मिलिग्राम ब्राउन सुगर सहित र प्रहरी चौकी हल्दिवारीले हल्दिवारी-२ का बिकास राजवंशीलाई १२० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । चेकजाँचकै क्रममा सुनसरीको अस्थायी प्रहरी चौकी मोतीटप्पुले देवानगंज गाउँपालिका-३ स्थितमा २५ किलोग्राम गाँजा सहित को. १२ प २२७७ नम्बरको मोटरसाईकल बेवारिसे अवस्थामा फेला पारेको छ । यसै गरी वडा प्रहरी कार्यालय धरानले हरिनगर गाउँपालिका-२ का सोएल अन्सारीलाई प्रतिवन्धित औषधी ८३ चक्की सहित र उदयपुरको अस्थायी प्रहरी पोष्ट माडिवासले चौदण्डीगढी नगरपालिका-१ स्थितमा ६ किलोग्राम गाँजा सहित बा. ९६ प ७०४३ नम्बरको मोटरसाईकल बेवारिसे अवस्थामा फेला पारेको छ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८३-०४-१०

झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट साउन ०९ गते लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काकँरभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काकँरभिट्टाको संयुक्त प्रहरी टोलीले झापाको अर्जुनधारा नगरपालिका-११ का २१ वर्षीय बिबेक जबेगुलाई ६ ग्राम ५०० मिलिग्राम लागू औषध ब्राउन सुगर र  प्र.१-०१-०१३ प ५२ नम्बरको मोटरसाइकल सहित नियन्त्रणमा लिएको छ भने वडा प्रहरी कार्यालय भद्रपुर झापाले अर्जुनधारा-९ का २२ वर्षीय अरमान खानलाई २ ग्राम ४ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । यसैगरी अस्थायी प्रहरी चौकी डाम्राभिट्टाले रतुवामाई नगरपालिका-८ का २९ वर्षीय मोहन बास्कीलाई २२० मिलिग्राम ब्राउन सुगर सहित र प्रहरी चौकी रमाईलोले बेलबारी नगरपालिका-११ का २९ वर्षीय रणध्वज राईलाई  ६ ग्राम ३८० मिलिग्राम ब्राउन सुगर, प्र.१-०२-०४४ प.११८ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो । यसका साथै प्रहरी चौकी नरसिंहटप्पु सुनसरीले साउन ९ गते साँझ धनकुटा-१ घर भई हाल इटहरी उप-महानगरपालिका-४ मा कोठा भाडामा बस्दै आएका ३५ वर्षीय मन बहादुर थापालाई १०८ ग्राम ३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेका सबै जनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।