करेन्ट लागि १ जनाको मृत्यु
२०७९-०३-२६
- A
- A-
- A+
संखुवासभाको चैनपुर नगरपालिका-६ स्थितमा करेन्ट लागि १ जनाको मृत्यु भएको छ । हिजो बेलुका साढे ४ बजे चैनपुर-६ स्थितमा बरुण हाईड्रोपावरको ३३ केभि प्रसारण लाईन मर्मत गर्ने क्रममा उक्त हाईड्रोपावरका प्लान अप्रेटर राप्ती गाउपालिका-३ दाङका २५ बर्षीय दिपक न्यौपानेलाई करेन्ट लागि घाईते भएकोमा तत्काल उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो । मृतक लाशलाई पोष्टमार्टमको लागि स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान पठाईएको र घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय चैनपुरबाट थप अनुसन्धान भईरहेको छ ।