सवारी दुर्घटनाबाट १ जनाको मृत्यु
२०७९-०३-२४
- A
- A-
- A+
झापाको कन्काई नगरपालिका-३ स्थित भित्री सडक खण्डमा ट्याक्टरको ठक्करबाट १ जनाको मृत्यु भएको छ । आज बिहान पौने ९ बजे मे.१त ७८३१ नम्वरको ट्याक्टरले रोकी राखेको मे.१ ह ६९६० नम्वरको अटोलाई ठक्कर दिदा अटोमा सवार रहेकि कन्काई नगरपालिका-३ कि ३६ बर्षीया मुना कार्की र ३४ बर्षीया कमला नेपाल घाईते भएका थिए । दुवै घाईतेलाई उपचारको लागि बिएण्डसि अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा कमला नेपालको मृत्यु भएको हो । ठक्कर दिने ट्रयाक्टरका चालक २४ बर्षीय यतुवा मर्डीलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरी रहेको छ ।