प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध ब्राउनसुगर सहित ५ जना पक्राउ

२०७९-०३-१२

  • A
  • A-
  • A+
Share

झापाको शिवसताक्षी नगरपालिका-१० दोमुखा स्थितबाट अबैध  लागुऔषध ब्राउनसुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध ब्राउनसुगरको किनबेच भईरहेको भन्ने बिशेष सुचनाको आधारमा आईतवार बेलुका ४ बजे इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले माई नगरपालिका-८ ईलामका २५ बर्षीय  सुजेन्द्र राई, झापा कन्काई नगरपालिका -३ का ४३ बर्षीय बेनु प्रसाद चिमरिया र  कन्काई-४ का ३२ बर्षीय हेम नारायण चौधरीलाई लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले १७ ग्राम लागुऔषध ब्राउनसुगर, नगद ८८,५००, मोवाइल २ थान , र ३ थान मोटरसाईकल बरामद गरेको छ । यसैगरी सोही स्थानमा लागुऔषध खरिद गर्न आएका दमक नगरपालिका-१० का २८ बर्षीय सुजन राई र दमक नगरपालिका-९ का २५ बर्षीय सुरज तामाङलाई को ६ प ६९४८ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिईएको हो । यसरी लागुऔषध सहित पक्राउ परेका ५ जनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा बोकेको कार सहित चालक पक्राउ
२०८१-१२-२०

धनकुटाको साँगुरीगढी गाउँपालिका-६ स्थितबाट लागूऔषध गाँजा बोकेको कार सहित चालकलाई प्रहरीले पक्राउ गरेको छ । चैत्र १९ गते राती ९ बजे  इलाका प्रहरी कार्यालय भेडेटारबाट गस्तीमा खटिएको प्रहरी टोलीले भेडेटार रवी-राँके सडक खण्डमा को. १ च ३४७८ नम्वरको मारुती कारलाई शंका लागी चेकजाँच गर्दा कार भित्र कालो प्लाष्टिकले वेरेको १० पोकामा ३ सय किलोग्राम लागू औषध गाँजा वरामद भएको थियो । गाँजा बरामद भए संगै कार र चालक बिराटनगर महानगरपालिका-१५ का २६ बर्षीय प्रिन्स कुमार साहलाई नियन्त्रणमा लिएको छ । लागूऔषध गाँजा बोकेको कार सहित पक्राउ परेका चालकको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको  छ ।

लागूऔषध ओसार पसारमा संलग्न ७ जना पक्राउ
२०८१-१२-२०

उदयपुरको कटारी नगरपालिका-४ स्थितबाट नियन्त्रित लागूऔषध १० हजार ४ सय ६३ ट्याव्लेट र गाँजा १०० ग्राम सहित ओसार पसारमा संलग्न ७ जनालाई इलाका प्रहरी कार्यालय कटारीले पक्राउ गरेको छ । चैत्र १९ गते कटारी नगरपालिका-४ स्थित बजारमा लागू औषधको कारोवार  भईरहेको भन्ने सुचनाको आधारमा खटिएको प्रहरी टोलीले ओसार पसारमा संलग्न रहेका कटारी-७ का २९ बर्षीय हरि बहादुर तामाङ, कटारी-८ का १९ बर्षीय भक्त बहादुर तामाङ, २५ बर्षीय सोम कृष्ण राई, कटारी-४ का २३ बर्षीय अनमोल मगर, २० बर्षीया आरती राउत, २३ बर्षीय सरद कुमार सुनुवार र १९ बर्षीय बिक्रम साशंकारलाई TRUPAIN TABLET- ४ हजार ४ सय ३१ चक्की, SPASPAIN TABLET- ५ हजार ९ सय १२ चक्की र TAPENTA TABLET- १२० चक्की, गाँजा १०० ग्राम, नगद २ लाख ४७ हजार ७ सय २० रुपैया र  २ थान मोटरसाईकल सहित पक्राउ गरेको हो । लागूऔषध सहित पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाही भईरहेको छ ।

प्रतिबन्धित लागु पदार्थ सहित ८ जना प्रहरीको नियन्त्रणमा
२०८१-१२-२०

मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट चैत्र १९ गते प्रतिबन्धित लागु पदार्थ सहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१५ र १६ स्थितबाट सुनसरीको इटहरी उपमहानगरपालिका-५ का रोहित कार्कीलाई लागु पदार्थ स्कुफ-८ बोतल, मोरङको विराटनगर महानगरपालिका-१५ का ३७ बर्षीय प्रभात सिंह कटुवाललाई ब्राउन सुगर १ ग्राम ५ मिलिग्राम, मोरङको बेलबारी नगरपालिका-४ का ३० बर्षीय हर्कराज राई र ३० बर्षीय सुजन खवासलाई ५ ग्राम ६ मिलिग्राम ब्राउन सुगर सहित र बेलबारी -४ का २३ बर्षीय सरोज राईलाई ५ ग्राम २५ मिलिग्राम लागु पदार्थ ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो । यसैगरी इलाका प्रहरी कार्यालय धरानबाट चेकँजाचमा खटिएको प्रहरी टोलीले धरान उप-महानगरपालिका-११ का ४८ बर्षीय बिर बहादुर भुजेललाई ३ ग्राम ६६ मिलिग्राम ब्राउन सुगर, धरान-५ का २५ बर्षीय दिपेश लिम्बुलाई ट्याब्लेट-४ सय ६५ र क्याप्सुल ५ सय १५ सहित र अस्थायी प्रहरीबिट जोरसखुवाबाट खटिएको प्रहरी टोलीले धरान-१६ का १८ बर्षीय सुमन श्रेष्ठलाई ट्रामाडोल-२ सय ७ क्याप्सुल र प्रतिबन्धित औषधी स्पास्पेन-२ सय ६० चक्की सहित नियन्त्रणमा लिएको हो । प्रतिबन्धित लागु पदार्थ सहित पक्राउ परेका सबैजनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भई रहेको छ ।

दुर्व्यसन विरुद्दको अभियान प्रशिक्षक प्रशिक्षण दोस्रो समुहको समापन कार्यक्रम
२०८१-१२-१९

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा एक कार्य दिनको दुर्व्यसन विरुद्दको अभियान प्रशिक्षक प्रशिक्षण तालिम (Fight Against Narcotics Instructor Training)  दोस्रो समुहको समापन तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । चैत्र १९ गते कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यतामा भएको समापन तथा अन्तरकृया कार्यक्रमलाई सम्वोधनको क्रममा वहाँले लागूऔषध दुर्व्यसन विरुद्धको अभियान (FAN) लाई व्यवस्थित तथा प्रभावकारी बनाउन तालिम प्राप्त दक्ष जनशक्ति तयार गर्ने उद्धेश्यका साथ  FAN DESK मा रहने प्रहरी कर्मचारीहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम दिईएको बताउनु भयो ।  वहाँले बिशेष गरी जोखिममा परेका किशोर अवस्थाका युवाहरुलाई दुर्व्यसन विरुद्दको अभियानको लागी प्रशिक्षण प्रदान गरी योद्धा बनाई उनिहरुको अगुवाईमा सशक्तरुपमा दुर्व्यसन विरुद्ध कार्यक्रमहरु संचालन गर्न प्रशिक्षक प्रशिक्षार्थीहरुलाई हृदय देखि नै अनुरोध गर्नु भयो  ।  वहाँले प्रशिक्षक प्रशिक्षार्थीहरुसंग अन्तरक्रिया गर्नुका साथै FAN कार्यक्रमहरुमा वितरण गर्नको लागी FAN लोगो अंकित टि-सर्ट जिल्ला प्रहरी कार्यालय धनकुटा र इलामबाट प्रशिक्षक प्रशिक्षणको लागी आउनु भएका प्रहरी अधिकृतहरुलाई हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रहरी गण विराटनगरका प्रमुख प्रहरी उपरीक्षक प्रदिप बहादुर क्षेत्री लगायत सिनियर प्रहरी अधिकृतका साथै आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशबाट प्रतिनिधिकोरुपमा पाल्नु भएका अधिकृत प्रेम आचार्य र FAN अभियान सुनसरीका शम्भु अधिकारी समेतको उपस्थिति रहेको थियो  ।  

दुर्व्यसन विरुद्दको अभियान प्रशिक्षक प्रशिक्षण तालिमको उद्‍घाटन
२०८१-१२-१९

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा एक कार्य दिनको दुर्व्यसन विरुद्दको अभियान प्रशिक्षक प्रशिक्षण तालिम (Fight Against Narcotics Instructor Training) दोस्रो समुहको उद्‍घाटन भएको छ । चैत्र १९ गते दुर्व्यसन विरुद्दको अभियान प्रशिक्षक प्रशिक्षण तालिमको उद्‍घाटन कार्यक्रमका प्रमुख अतिथि एवं तालिम संयोजक दुर्गा प्रसाद दाहालले लागूऔषध दुर्व्यसन मुक्त समाजको निर्माण आजको आवश्यकता रहेको बताउदै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले कोशी प्रदेश भरी संचालनमा ल्याएको लागूऔषध दुर्व्यवसन बिरुद्ध अभियान FAN (Fight Against Narcotic) कार्यक्रमलाई प्रभावकारीरुपमा विद्यालय तथा समुदाय स्तरमा संचालन गरी दुर्व्यसन विरुद्ध सचेतनामा अभिवृद्धी गराई परिवार, समुदाय हुदै सिंगो राष्ट्रलाई दुर्ब्यसन मुक्त राष्ट्र निर्माण गर्ने उद्देश्यका साथ सहभागी प्रशिक्षार्थीहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरिएको बताउनु भयो । उक्त तालिममा कोशी प्रदेशका मातहत कार्यालयहरुमा कार्यरत प्रहरी निरीक्षक देखि प्रहरी जवान दर्जा सम्मका ३० जना प्रहरी कर्मचारीहरुको सहभागीता रहेको छ ।