नालीमा डुबी १ जनाको मृत्यु
२०७९-०३-१०
- A
- A-
- A+
झापाको गौरादह नगरपालिका-९ बैगुनधुरा स्थित सडक छेउको नालीमा डुबी १ जनाको मृत्यु भएको छ । स्थानीय ४१ बर्षीय बुध्दराम हेमरन बुधबार बिहान घरबाट काम गर्न भनि हिडेकोमा बेलुका सम्म घर फर्कि नआए पश्वात आफन्तले खोलतलास गर्ने क्रममा हिजो बेलुका ४ बजे घर नजिकै रहेको सडक छेउमा रहेको नालीको पानीमा डुबी मृत अवस्थामा फेला परेका थिए । मृतक लाश पोष्टमार्टमको लागि दमक अस्पताल पठाईएको र घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।