सवारी दुर्घटनाबाट १ जनाको मृत्यु
२०७९-०३-०२
- A
- A-
- A+
सुनसरीको गढि गाउँपालिका-३ बैशी टोल स्थित भित्री सढक खण्डमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । आज बिहान सवा ८ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १-०२-००३ त १७५२ नम्बरको ट्याक्टरले सोही दिशा तर्फ जाँदै गरेको को ३ प २५४५ नम्बरको मोटरसाईकललाई पछाडीबाट ठक्कर दिंदा मोटरसाईकल चालक सुनसरी बर्जु गाउँपालिका-६ का ५४ बर्षीय शिव नारायण चौधरीको घटनास्थलमानै मृत्यु भएको थियो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी टोली खटिगई कानुनी प्रकृया पुरा गरी थप अनुसन्धान भईरहेको छ ।