मोटरसाईकल चोरीमा संलग्न २ जना पक्राउ
२०७८-१०-०२
- A
- A-
- A+
सुनसरीको इटहरी उप-महानगर पालिका-६ स्थितबाट मोटरसाईकल चोरीमा संलग्न २ जनालाई मोटरसाईकल सहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र नगरपालिका-५ का२२ बर्षीय मनिष वस्नेत र संखुवासभा सभापोखरी गाउँपालिका-४ का २० बर्षीय सन्तोष सुनुवार रहेका छन । पौष २९ गते इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा इटहरी-४ स्थितमा रहेको निजहरुको डेरा कोठा खानतालसी गर्दा इटहरी-४ का मान बहादुर तामाङको चोरी भएको प्रदेश १-०२-०४६ प. ८७९० नम्वरको मोटरसाईकल, १ किलो २५० ग्राम लागु औषध गाँजा, डिजिटल तराजु, बिभिन्न कम्पनीका मोबाईल सेट ७ थान, बिभिन्न किसिमको हेलमेटहरु तथा पेचकस, रेती, रिन्ची, हयाक्सो ब्लेड, सिटी सफारीको ब्याट्री सहित बरामद गरेको हो । गाँजा र चोरीको समान सहित पक्राउ परेका दुवैजनाको लागु औषध नियन्त्रण ऐन २०३३ र चोरी सम्बन्धि कसुरमा सम्मानित सुनसरी जिल्ला अदालतवाट म्याद थप भई थप अनुनसन्धान भई रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।