भरुवा बन्दुकसहित १ जना पक्राउ
२०८३-०६-२५
- A
- A-
- A+
इलामको माईजोगमाई गाउँपालिका–४ बाट एक थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरिएको छ।
असोज २४ गते माईजोगमाई गाउँपालिका–४ का ६० वर्षीय पूर्णबहादुर देवानले भरुवा बन्दुक लुकाइछिपाई राखेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी चौकी नाम्सालिङबाट खटिएको प्रहरी टोलीले उनको घर खानतलासी गर्दा घरभित्र लुकाइछिपाई राखिएको अवस्थामा एक थान भरुवा बन्दुक फेला परेपछि देवानलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका देवानको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।