प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बिभिन्न मुद्दाका ६ जना फरार प्रतिवादीहरु पक्राउ

२०८३-०६-२३

  • A
  • A-
  • A+
Share

विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ६ जना प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले खोजतलासको क्रममा असोज २२ गते मोरङबाट १ जना, झापाबाट १ जना, सुनसरीबाट २ जना, भोजपुरबाट १ जना र इलामबाट १ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुबाट २ वर्ष ६ महिना २५ दिन कैद सजाय र ६८ हजार ४ सय ८ रुपैँया जरिवाना वापतको रकम असुल उपर भएको छ भने उनीहरुलाई कैद भुक्तानको लागी कारागार पठाईएको छ ।

 


सम्बन्धित समाचार
लागू औषध सहित १५ जना पक्राउ
२०८३-०६-२३

झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित १५ जनालाइ पक्राउ गरिएको छ । असोज २२ गते सुनसरीको अस्थायी प्रहरी चौकी नडाहाले उदयपुर चौढण्डीगढी नगरपालिका-३ का नरेश राई, अनुश मगरलाई डाईसाईक्लोमाइन १३९० ट्रयाब्लेट, ट्रामाडोल १३९० क्याप्सुल प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ । चेकजाँचकै क्रममा झापाको इलाका प्रहरी कार्यालय दमकले दमक-७ का आशिस कुमार तामाङ, शशिष कुमार तामाङ, समिर मल्लिक, पुजन सुन्दास र काठमाडौं तार्केशोर नगरपालिका-११ का समिर क्षेत्रीलाई १ ग्राम ८४० मिलिग्राम ब्राउन सुगर र ट्रामोल-२७ क्याप्सुल सहित र दमक-७ का राज गौतम र लक्ष्मी शंकरलाई ६० ट्याब्लेट प्रतिबन्धित औषधि सहित पक्राउ गरेको छ । त्यसैगरी मोरङको अस्थायी प्रहरी चौकी कानेपोखरीले भोजपुरको षडानन्द नगरपालिका-७ का सुर्य दर्जीलाई १ ग्राम २८० मिलिग्राम ब्राउनसुगर सहित, अस्थायी प्रहरी चौकी सोमबारेले बेलबारी नगरपालिक-६ का राहुल राईलाई ९ ट्याब्लेट प्रतिबन्धित औषधी सहित, इलाका प्रहरी कार्यालय लौकहीले दुहबी नगरपालिका- ५ का शिशिर कुँवरलाई ४२० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय पकलीले ईटहरी-१७ की जैमुल खातुनलाई ५०० ग्राम गाँजा सहित पक्राउ गरेको छ । उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले धरान-२० का बिशाल राईलाई ५ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ भने मोरङको इलाका प्रहरी कार्यालय मायागंजले धनपालथान गाउँपालिका-३ स्थितमा बेवारिसे अवस्थामा २४ किलो ७१० ग्राम लागू औषध गाँजा बरामद गरेको छ ।  

१०१ ग्राम ५३० मिलिग्राम ब्राउन सुगर सहित ३ जना पक्राउ
२०८३-०६-२२

मोरङको विराटनगर महानगरपालिका-११ अल्का मार्ग स्थितबाट १०१ ग्राम ५३० मिलिग्राम ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज २१ गते दिउँसो लागू औषध बेचबिखन भईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्यूरो विराटनगर र CRV केसलियाबाट खटिएको प्रहरी टोलीले भारत अररिया नरपथगंजका २३ बर्षीय मनोहर यादव, सुनसरी देवानगंज गाउँपालिका-२ का २२ बर्षीय अर्बिन्द्र कुमार यादव र २३ बर्षीय अनिल कुमार यादवलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा प्लाष्टिक भित्र लुकाई छिपाई राखेको १०१ ग्राम ५३० मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको आवश्यक थप अनुसन्धान तथा कानुनि कारवाही भईरहेको छ ।

बिभिन्न मुद्दाका १६ जना फरार प्रतिवादीहरु पक्राउ
२०८३-०६-२२

विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका १६ जना प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले खोजतलासको क्रममा असोज २१ गते मोरङबाट १० जना, झापाबाट ४ जना, सुनसरी १ जना र ओखलढुङ्गाबाट १ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट ५ वर्ष ३ महिना ११ दिन कैद सजाय र ३ लाख ३४ हजार ५ सय रुपैँया जरिवाना वापतको रकम असुल उपर भएको छ भने उनीहरुलाई कैद भुक्तानको लागी कारागार पठाईएको छ ।

लागू औषध सहित १० जना पक्राउ
२०८३-०६-२२

झापा, मोरङ र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट लागु औषध सहित १० जनालाई पक्राउ गरिएको छ । असोज २१ गते झापाको इलाका प्रहरी कार्यालय दमकले दमक-८ का दिपक कुमार साह, दमक-२ का निक्सल देवान, दमक-५ का राहुल गुरूङ र कमल गाउँपालिका-४ का अरुङ राईलाई ३ ग्राम ५६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । सुनसरीको इटहरी उप-महानगरपालिका-१९ स्थितबाट प्रदेशीक अनुसन्धान समुह र प्रहरी चौकी तरहराबाट खटिएको प्रहरी टोलीले इटहरी-१९ का अमन चौधरीलाई ५०० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बराहक्षेत्र नगरपालिका-३ का पुजन राजधामी, रमित राजधामी र समिर राजधामीलाई ८२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी मोरङको इलाका प्रहरी कार्यालय रानीले विराटनगर-१८ स्थितबाट भारत अररियाका प्रवेश कुमार साह र सुरेश कुमार साहलाई २४ किलो ४०० ग्राम लागू औषध गाँजा सहित पक्राउ गरेको छ । पक्राउ परेको सबैजना को थप अनुसन्धान भई रहेको छ ।

लागू औषध गाँजा बरामद
२०८३-०६-२१

 भोजपुर, धनकुटा र मोरङबाट ८ सय ५ किलो ८२९ ग्राम लागू औषध गाँजा प्रहरीले बरामद गरेको छ । असोज २० गते जिल्ला प्रहरी कार्यालय भोजपुर र इलाका प्रहरी कार्यालय घोडेटारबाट खटिएको प्रहरी गस्ती टोलीले  हतुवागढी गाउँपालिका-९ स्थित धिरिङ खोला छेउबाट ६ वटा प्लास्टिको बोरामा प्याक गरी राखेको २ सय ४४ किलो ७७९ ग्राम गाँजा सहित आमचोक गाउँपालिका-७ का एकराज मगरलाई नियन्त्रणमा लिएको छ । सोही दिन धनकुटाको इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले साँगुरीगढी गाँउपालिका-६ स्थित भित्रि सडक खण्डमा दुर्घटना भएको बा. १३ च ६२७५ नम्बरको स्कर्पियो गाडीमा बोरामा प्याक गरी राखेको अवस्थामा ३ सय ४१ किलोग्राम गाँजा बरामद गरेको छ भने संलग्न व्यक्तिको खोजी कार्य भईहरको छ । यसै गरी मोरङको जहदा गाउँपालिका-१ स्थित धान खेतमा बेवारिसे अवस्थामा रहेको २ सय २० किलो ५० ग्राम गाँजा प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण भ्रमण
२०८३-०६-२१

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले असोज २१ गते जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा उहाँले कार्यालय भवन, सम्पुर्ण शाखाहरु लगायत हिरासत कक्षको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनुभएको छ ।  आम नागरिकलाई प्रहरी सेवा सहज, सरल, पहुँचयोग्य र प्रभावकारी रूपमा उपलब्ध गराउन विशेष ध्यान दिन तथा नागरिकका समस्या, पीरमर्का र गुनासाहरूको तत्काल सुनुवाइ गर्दै प्रहरी र नागरिकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन, नियमित प्रहरी गस्ती परिचालन गर्न तथा समुदायसँग निरन्तर समन्वय र सहकार्य गर्दै नागरिकमा सचेतना अभिबृद्धि गर्न निर्देशन दिनु भएको छ । यसै गरी धनकुटाको डाँडा पाखामा आफै उम्रिएका तथा लगाईएका गाँजाको बोटबिरुवाहरु फडानी गरी नष्ट गर्न सक्रियरुपमा प्रहरी परिचालन गर्न साथै लागू औषधको प्रयोग र ओसार पसारलाई निरुत्साहित गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरुले आफ्नो जिम्मेवारीप्रति थप उत्तरदायी भएर काम गर्न निर्देशन दिनुभयो । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै जिल्लाको शान्ति सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन आवश्यकताअनुसार प्रहरी जनशक्ति परिचालन गर्न, मुख्य बजार, बसपार्क, सार्वजनिक स्थल तथा बढी भीडभाड हुने क्षेत्रमा प्रहरीको उपस्थिति बढाउन निर्देशन दिनुभएको छ । यसै गरी यात्रुलाई सुरक्षित, सहज र व्यवस्थित रूपमा गन्तव्यसम्म पुग्ने वातावरण निर्माण गर्न बसपार्क तथा यात्रुहरुको बढी भिड हुने स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गर्न, सवारी साधनको नियमित अनुगमन गर्न तथा सम्भावित दुर्घटना र आपराधिक गतिविधि नियन्त्रणका लागि प्रभावकारी सुरक्षा योजना बनाई कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ ।