लागू औषध सहित ३ जना पक्राउ
२०८२-१२-०५
- A
- A-
- A+
मोरङ जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत ०४ गते उर्लाबारी नगरपालिका- ७ बाट इलाका प्रहरी कार्यालय उर्लाबारीले चेकजाँचको क्रममा भारत सिट्टी बर्दाहका की सल्मा खातुनलाई ३ ग्राम ४४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने प्रहरी चौकी बुधबारेले लेटाङ- २ बाट सोहि स्थानका नारायण कार्की र गौरब परियारलाई स्पास्रेट १० र ट्रामाडोल १० चक्कि सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।