लागू औषध गाँजा सहित २ जना पक्राउ
२०८२-११-०६
- A
- A-
- A+
धनकुटाको साँगुरीगढी गाउँपालिका-७ गर्जुवा स्थित जंगलबाट लागू औषध गाँजा सहित २ जनालाई पक्राउ गरीएको छ । फागुन ५ गते बिषेश सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समुह र प्रहरी चौकी मुलघाटबाट धनकुटाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सेतो प्लाष्टिको बोरा भित्र १० वटा बोरामा भएको २ सय ५ किलोग्राम गाँजा सहित सोहि स्थानका ३३ बर्षीय प्रकाश राई र ३४ बर्षीय अशोक राईलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको छ ।