लागू औषध सहित १० जना पक्राउ
२०८२-११-०२
- A
- A-
- A+
झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन १ गते झापाको गौरीगंज गाउँपालिका- २ स्थितमा प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मे.१० प ८४३२ नम्बरको स्कुटि चालक कमल गाउँपालिका- ५ का संजोक राई र स्कुटी पछाडी सवार सुर्य बहादुर वि.क.लाई ४२ ग्राम ८१० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । त्यस्तै इलाका प्रहरी कार्यालय अनारमनी र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाले बिर्तामोड- २ बाट सोहि स्थानका गोबिन्द बस्नेत, तिलक बुढाथोकी, टंक गिरी, उदय साहलाई ८ ग्राम ४४० मिलिग्राम सहित र कनकाई- ८ बाट सोहि स्थानका अजय राजवंशीलाई २ ग्राम ४७० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । त्यस्तै मोरङको बिराटनगर- १५ बाट इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्युरो बिराटनगरले सुन्दरहरैचा- ६ का सरोज चौलागाईलाई ३ ग्राम सहित नियन्त्रणमा लिएको हो भने सुनसरीको धरान- १० बाट अस्थायी प्रहरी चौकी श्यामचौकले सन्दिप राई र भुमिका बर्देवालाई ट्रामाडोल र स्पास्पेन गरी जम्मा ४१६ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।