१४४ ग्राम ४०० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित ३ पक्राउ
२०८२-१०-२०
- A
- A-
- A+
झापाको भद्रपुर नगरपालिका-८ स्थित भद्रपुर बिमान स्थलबाट १४४ ग्राम ४०० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित १ जना र कारोवारमा संलग्न २ जनालाई काठमाण्डौ बुढानिलाकण्ठ-६ स्थितबाट प्रहरीले पक्राउ गरेको छ । माघ १९ गते साँझ झापाको भद्रपुर बिमानस्थल सुरक्षा गार्डमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भद्रपुरबाट काठमाण्डौं जान लागेकी हुम्लाको खार्पुनाथ गाउँपालिका-२ की २६ वर्षीया रोशनी बुढालाई १४४ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । ब्राउन सुगर सहित पक्राउ परेकी रोशनी बुढालाई सोधपुछ तथा अनुसन्धानको क्रममा अन्य कारोवारी समेत काठमाण्डौमा रहेको भनि बताए अनुसार लागू औषध नियन्त्रण ब्युरो काठमाडौबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ बुढानिलाकण्ठ-६ स्थितबाट कारोवारमा संलग्न सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-६ का ३० बर्षीय सन्तोष बञ्जारा र रामेछाप दोरम्वार गाउँपालिका-५ का २१ बर्षीय थोर्मस तामाङलाई पक्राउ गरेको हो । ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।