क्यान्सर तथा स्त्रीरोग सम्बन्धी १ दिने निःशुल्क स्वास्थ्य शिविर तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
२०८२-१०-१९
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी कर्मचारीहरुलाई लक्षित गरी १ दिने क्यान्सर तथा स्त्रीरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर तथा प्रशिक्षण कार्यक्रम सन्चालन गरेको छ । माघ १९ गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजना तथा बिराट मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरको प्राविधिक सहयोगमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुबाट कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर र कोशी प्रदेश प्रहरी गण विराटनगरमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो भने अस्पतालका वरिष्ठ क्यान्सर रोग बिशेषज्ञ डा.अस्मिता रायमाझीले कुनै पनि रोगहरुलाई सुरुमै पहिचान गरी उपचार गर्न सकेमा रोगहरुबाट बच्न सकिने बताउदै क्यानसर रोगको पहिचान, उपचार पद्धति तथा सचेतना सम्वन्धि प्रशिक्षण प्रदान गर्नु भएको थियो । उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटगरका प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले प्रहरी कर्मचारीहरुलाई निःशुल्क स्वास्थ्य सेवा उपलव्ध गराउनु हुने चिकित्सक टोली तथा विराट मेडिकल कलेजलाई हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्नु भएको थियो । स्वास्थ्य शिविर तथा प्रशिक्षण कार्यक्रममा प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीया, सिनियर तथा जुनियर प्रहरी अधिकृत लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।