झापा, मोरङ र धनकुटा जिल्लाको बिभीन्न स्थानहरुबाट लागु औषध ब्राउन सुगर र गाँजा सहित २ जना पक्राउ
२०८२-१०-१६
- A
- A-
- A+
झापा, मोरङ र धनकुटा जिल्लाको बिभीन्न स्थानहरुबाट लागु औषध ब्राउन सुगर र गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
माघ १५ गते इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-३ भुटानी शरणार्थी सिविरका २८ वर्षिय अरुष दासको साथबाट १ ग्राम २७० मिलिग्राम लागु औषध ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको छ भने मोरङको इलाका प्रहरी कार्यालय रानी र लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले बिराटनगर-१५ एक नंम्बर ढाट स्थितमा भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको पैदल यात्री माथी शंका लागी चेकजाँच गर्दा दमक-४का एलिस कार्कीको साथबाट ९ ग्राम ३५० मिलिग्राम लागु औषध ब्राउन सुगर फेलपारी नियन्त्रणमा लिएको छ ।
त्यसैगरी धनकुटाको प्रहरी चौकी ओख्रेबाट खटिएको प्रहरी टोलीले साँगुरिगढी-५ स्थितमा को २२ प १०३९ नम्बरको मोटरसाईकललाई शंका लागी चेकजाँच गर्दा बोरामा १२ किलोग्राम लागु औषध गाँजा फेला पारी नियन्त्रणमा लिएको छ भने चालकको खोजी कार्य भई रहेको छ ।
पक्राउ परेका सबै जनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।