८२६ किलो ६६० ग्राम लागु औषध गाँजा बोकेको ट्रयाक्टर सहित ९ जना पक्राउ
२०८२-१०-१६
- A
- A-
- A+
भोजपुरको हतुवागढी गाँउपालिका-९ मचुवा स्थितबाट ८२६ किलो ६६० ग्राम लागु औषध गाँजा बोकेको ट्रयाक्टर सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
माघ १५ गते बिहान प्रहरी चौकी हसनपुर भोजपुरबाट प्रहरी टोलीले हतुवागढी गाँउपालिका-९ मचुवा मचुवादेखि धनकुटाको अखुवाटार तर्फ लैजादै गरेको ना ७ त ३५० नम्बरको ट्याक्टरलाई चेकजाँच गर्दा डिकि भित्र ४३ वटा बोरामा राखेको ८२६ किलो ६६० ग्राम लागु औषध गाँजा बरामद गरी आमचोक-९का रुद्र बहादुर श्रेष्ठ , निशान मगर, नीर बहादुर श्रेष्ठ,धनकुटाको सहिदभूमि-२का सुदिप पुर्कुटी, निल कुमार मगर, किशोर बिसुन्के, बिर्ख बहादुर बिसुन्के ,दिप कुमार बिसुन्के र ताप्लेजुङको मिरिङ्डेन-६का लाक्पा शेर्पालाई पक्राउ गरेको छ ।