लागु औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ५ जना पक्राउ
२०८२-१०-१५
- A
- A-
- A+
मोरङ जिल्लाको विभिन्न स्थानहरुबाट लागु औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ १४ गते मोरङको इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा बिराटनगर-१५ स्थितबाट १ ग्राम ६४ मिलिग्राम ब्राउन सुगर सहित धरान-१५का सुजन धमलालाई पक्राउ गरेको छ । यसै गरी प्रहरी चौकी गछीयाले सुन्दरहरैचा-६ का अनिष मगर, बिजय राई, पवन तामाङ र नबिन राईलाई २२८ चक्की प्रतिबन्धित औषधी र २ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।