लागू औषध सहित ५ जना पक्राउ
२०८२-१०-०८
- A
- A-
- A+
झापा, मोरङ, सुनसरी र पाँचथरबाट लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ ७ गते मोरङको विराटनगर- १५ स्थितमा इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्युरो विराटनगर खटिएको प्रहरी टोलीले सुनसरी इटहरी- ४ का सोनम विश्वकर्मा र इटहरी- ६ का बिक्की चौधरीलाई ६ ग्राम ब्राउन सुगर र नाईट्राजाम ५० चक्की सहित नियन्त्रणमा लिएको छ, भने झापाको मेचीनगर नगरपालिका-६ बाट लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाले बुद्धशान्ति गाउँपालिका- ४ का अनमोल राईलाई १ ग्राम ब्राउन सुगर सहित र जिल्ला प्रहरी कार्यालय पाँचथरले फिदिम- १ बाट सोहि स्थानका सौगत बस्नेतलाई ट्रमाडोल ५३ क्याप्सुल सहित नियन्त्रणमा लिएको छ । चेकजाँचकै क्रममा सुनसरीको धरान-२ स्थितबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले धनकुटा चौबिसे गाउँपालिका- ७ की मनमाया लिम्बुलाई ९ किलो ३०० ग्राम गाँजा र प्रदेश १-०२-०४६ प ८९९१ नम्बरको मोटरसाईकल सहित पक्राउ गरेको छ