लागू औषध गाँजा, ब्राउन सुगर र औषधी सहित ७ जना पक्राउ
२०८२-१०-०७
झापा, मोरङ उदयपुर र सुनसरीबाट लागू औषध गाँजा, ब्राउन सुगर र औषधी सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ ६ गते उदयपुरको अस्थायी प्रहरी पोष्ट मैनामैनीबाट खटिएको प्रहरी टोलीले बेलका नगरपालिका-७ स्थितबाट सोहि स्थानका मिसन राई, बिकाश राई र उमेश राईलाई १ सय ४३ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ ।
चेकजाँचकै क्रममा इलाका प्रहरी कार्यालय छिटाहा सुनसरीले बा. २७ प १७६६ नम्बरको मोटरसाईकलमा सवार गढी गाउँपालिका-२ का अतिम मियाँ र इन्तियाज मियाँलाई ३५ किलो ८०० ग्राम गाँजा सहित पक्राउ गरेको छ । यसैगरी लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टा झापाले चेकजाँचको क्रममा गौरादह-५ का अमिर बास्कोटालाई ३ ग्राम ७२० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय रानी (सिमा) ले सुनसरीको दुहवी-६ का रोहित शर्मालाई प्रतिबन्धित औषधी ७ बोतल सहित नियन्त्रणमा लिएको छ ।
लागू औषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।