लागु औषध ब्राउन सुगर र गाँजा सहित २ जना पक्राउ
२०८२-१०-०१
- A
- A-
- A+
लागु औषध ब्राउन सुगर र गाँजा सहित २ जना पक्राउ
बिराटनगर, माघ १ गते
मोरङ र भोजपुर जिल्लाको विभिन्न स्थानहरुबाट लागु औषध ब्राउन सुगर र गाँजा सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पुस ३० गते इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलिले बिराटनगर-१ का रिहान अन्सारीलाई १ ग्राम २० मिलीग्राम लागु औषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय बालंखा, भोजपुरबाट खटिएको प्रहरी टोलीले आमचोक-१० स्थितमा कोठा भाडामा बस्ने भोजपुर नगरपालिका १० का ४६ वर्षिय मचिन्द्र राईलाई उनकै कोठाबाट ८७ किलो ५०० ग्राम लागु औषध गाँजा सहित नियन्त्रणमा लिएको छ ।