प्रतिबन्धित औषधी र लागू औषध गाँजा सहित ३ जना पक्राउ
२०८२-०९-२९
- A
- A-
- A+
प्रतिबन्धित औषधी र लागू औषध गाँजा सहित ३ जना पक्राउ
सुनसरी, पुस २९ गते
सुनसरीको दुई छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित औषधी र लागू औषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको अस्थायी प्रहरी चौकी देउरालीबाट खटिएको प्रहरी टोलीले चकजाँचको क्राममा धरान उप-महानगरपालिका-५ का २७ वर्षिय विकाश भुजेललाई प्रतिबन्धित औषधी ७१० क्याप्सुल सहित र इलाका प्रहरी कार्यालय रामधुनीले कोशी गाउँपालिका-६ का उदय मुखिया र गणेश कुमार मुखियालाई १९ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ ।
लागूऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भइ रहेको छ ।