लागु औषध ब्राउन सुगर सहित १२ जना पक्राउ
२०८२-०९-२८
- A
- A-
- A+
झापा र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट लागु औषध ब्राउन सुगर सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस २७ गते इलाका प्रहरी कार्यालय गौरीगंज झापाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा गौरीगंज गाउँपालिका-२ का मानफ कुमार मेहतालाई ७ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।
यसै गरी इलाका प्रहरी कार्यालय बुधबारेले मेचीनगर-७ का बिमल मेचे, मेचीनगर-११ का प्रबिन राई, बासु राजबंशी, सुरेश खड्का, मेचीनगर-८ का कविस मेचे, बुद्धशान्ती-४ का कुमार गुरुङ, राजेन्द्र कुमार थापा, बुद्धशान्ती-३ का सन्दिप सराईली र बुद्धशान्ती-१० का घनश्याम माझीलाई ४ ग्राम ४५० मिलिग्राम ब्राउन सुगर र नगद ३७ हजार ५ सयँ रुपैया सहित नियन्त्रणमा लिएको छ । सोही दिन वडा प्रहरी कार्यालय धरानले धरान-११ का विकाश कार्की र धरान-१२ का अगृश तुलाधरलाई २२० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।