प्रतिबन्धित औषधी र लागु औषध ब्राउन सुगर सहित ४ जना पक्राउ
२०८२-०९-२७
- A
- A-
- A+
प्रतिबन्धित औषधी र लागु औषध ब्राउन सुगर सहित ४ जना पक्राउ
विराटनगर, पुस २७ गते
झापा र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट लागु औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
झापाको इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा गौरीगंज नगरपालिका-६ का मोहमद रहिम मिँया र सक्षम उप्रेतीको साथबाट १ ग्राम लागु औषध ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको छ भने सुनसरीको इलाका प्रहरी कार्यालय लौकहीले उदयपुरको वेलका नगरपालिका-४ का अनु क्षेत्री र अनुप क्षेत्रीलाई प्रतिबन्धित औषधी ७०० क्यापसुल सहित पक्राउ गरेको छ ।
पक्राउ परेको सबैजनाको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भई रहेको छ ।