१०४ ग्राम लागु औषध ब्राउन सुगर सहित ३ जना भारतीय नागरिक पक्राउ
२०८२-०९-२७
- A
- A-
- A+
१०४ ग्राम लागु औषध ब्राउन सुगर सहित ३ जना भारतीय नागरिक पक्राउ
विराटनगर, पुस २७ गते
मोरङको विराटनगर महानगरपालिका-१७ स्थितबाट १०४ ग्राम लागु औषध ब्राउन सुगर सहित ३ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पुस २६ गते इलाका प्रहरी कार्यालय रानी र लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचको क्रममा आईसिपी रोडबाट विराटनगर तर्फ आउदै गरेको BR38AP 9049 नम्बरको मोटरसाईकल चालक भारत अररियाका २० वर्षिय सेठु कुमार , मोटरसाईकलमा सवार १९ वर्षिय राजकुमार साह र २० वर्षिय रोशन कुमारको साथबाट १०४ ग्राम लागु औषध ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो ।
पक्राउ परेको सबैजनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भई रहेको छ ।